निकोलस पुरनको सिपिएल इतिहासकै तेश्रो छिटो शतक, गायनाको जित

निकोलस पुरनले सिपिएल टि-२० इतिहासकै तेश्रो छिटो शतक बनाएपछि सोमबार बिहान सम्पन्न लिगको २० औं खेलमा गायना अमेजन वारियर्सले सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्सलाई ७ विकेटले पराजित गरेको छ।

ट्रिनिडाड एन्ड टोबागो स्थित क्विन्स पार्क ओभल मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गर्दै सेन्ट किट्सले दिएको १५१ रनको लक्ष्य गायनाले १७.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेटायो।

शतक पुरा गर्दै खेल जिताएपछि पुरन र टेलर

खराब सुरुवात गरेको गायनाले २५ रनमा ३ विकेट गुमाएको अवस्थामा चौथो नम्बरमा ब्याटिंग गर्न आएका विकेट किपर ब्याट्सम्यान निकोलस पुरनले टिमलाई जितसम्म डोर्याए। यस क्रममा बायाँ हाते ब्याट्सम्यानले रस टेलरसंग १२८ रनको साझेदारी गरे। पुरनले १०० रन तथा टेलरले २५ रन बनाए।

टि-२० करियरकै पहिलो शतक बनाएका टेलरले १०० रन बनाउने क्रममा मात्र ४५ बलमा १० छक्का र ४ चौका हिर्काए। १८ औं ओभरको पहिलो ३ बलमा इश सोढ़ीलाई लगातार ३ छक्का प्रहार गर्दै पुरनले टिमलाई जित तथा शतक समेत पुरा गरेका थिए।

सिपिएल इतिहासकै तेश्रो छिटो शतक :- पुरनको शतक सिपिएल टि-२० को आठौँ संस्करण चल्दै गर्दा तेश्रो छिटो शतक हो। सबैभन्दा छिटो शतक बनाउने रेकर्ड सिपिएलमा आन्द्रे रसेलको नाममा रहेको छ। रसेलले २०१८ मा ट्रिनबागो बिरुद्ध सबैभन्दा छिटो ४० बलमा तथा ट्रिनबागो बिरुद्धनै २०१६ मा ४२ बलमा शतक बनाएका थिए। २०१८ मा शिमरन हेटमायरले ४७ बलमा तथा २०१६ मा क्रिस गेलले ४९ बलमा शतक बनाएका थिए।

सेन्ट किट्सको इनिंग 

यस अघि टस हारेर ब्याटिंग गर्दै सेन्ट किट्सले २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो। उसको लागि जोशुवा दा सिल्भाले सर्वाधिक ५९ रन ( ५६ बलमा ५ चौका र २ छक्का ) बनाए। यस्तै दिनेश रामदिनले ३७, बेन डंकले १९ तथा इभिन लुइसले १५ रन बनाए।

गायनाको बलिंगमा कप्तान क्रिस ग्रिनले २ विकेट ( २/३१ ) तथा केभिन सिन्क्लेयर ( १/९ ) र रोमारियो शेफर्ड ( /१३ ) ले समान १/१ विकेट लिए। इमरान ताहिर ४ ओभरमा २१ रन खर्चेर विकेटविहिन रहे।

अंकतालिका र आगामी खेल 

जितपछि गायना जमैका र बार्बेडोसलाई पछि पार्दै तेश्रो स्थानमा उक्लेको छ। सेन्ट किट्स भने लगातार तेश्रो हार पछि ७ खेलमा १ जित र ६ हार बेहोर्दै पुछारमा यथावत रहेको छ। अपराजित रहँदै ट्रिनबागो शिर्ष स्थानमा यथावत छ।

लिग अन्तर्गत आज कुनै पनि खेल खेलिनेछैनन्। मंगलबार राति ७:४५ बजे नेपाली स्पिनर सन्दिप लामिछानेको टिम जमैकाले ट्रिनबागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्नेछ। बुधबार बिहान ३:१५ बजे गायनाले बार्बेडोससंग प्रतिस्पर्धा गर्नेछ।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/stz-cpl-t20-mr-wn20/

https://wicketnepal.com/eng-vs-pak-2nd-t20i-rep-wn20/

https://wicketnepal.com/3-player-who-plyed-for-csk-rcb-wn20/

https://wicketnepal.com/tkr-vs-bt-wn20-17th-mtch-wn20/

https://wicketnepal.com/kohli-1st-net-session-after-5-mnth-wn20/

https://wicketnepal.com/stokes-father-brain-cancer-wn20/

https://wicketnepal.com/2-chennai-player-corona-wn20/

https://wicketnepal.com/ipl-purple-cap-jitna-sakne-3-bowler/





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]