प्रधानमन्त्री कप विजेतालाई दश लाख पुरस्कार, कुल बजेट एक करोड पचास लाख

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम र नेपाल क्रिकेट संघको आयोजनामा कार्तिक १३ गते देखि २६ गते सम्म काठमाडौँ स्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तयारी पुरा भएको नेपाल क्रिकेट संघ ( क्यान ) ले बताएको छ।

शनिवार विज्ञप्ति जारि गर्दै क्यानले तयारी पुरा भएको बताएको हो। प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरि १० टिमको सहभागिता छ।

सहभागी १० टिमलाई दुई समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा मधेश प्रदेश, नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश-१ छन्। समुह ‘ए’ मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश छन्। सबै टिमले समुह चरणमा एक/एक खेल खेलेपछि समुहको शिर्ष दुई टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

विजेतालाई १० लाख 

प्रतियोगिताको कुल बजेट एक करोड पचास लाख रहेको छ जसमध्ये साठी लाख रुपैयाँ राखेपले क्यानलाई दिनेछ। अन्य खर्च क्यानले बेहोर्नेछ।

प्रतियोगिताको विजेता टिमले दश लाख रुपैयाँ पाउने क्यानले बताएको छ। यस्तै उपविजेताले पांच लाख पाउनेछन् भने सेमीफाइनल पुग्ने टिमहरुले पचास हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको उत्कृस्ट खेलाडीले पचास हजार रुपैयाँ, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यानले जनही बिस हजार तथा उदयमान खेलाडीले दस हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले रु पांच हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्नेछ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन दुई खेल हुनेछन्। टियु मैदानमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब तथा मुलपानी मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेश बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल विहान ९ बजे सुरु हुनेछन्।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]