वर्ल्ड टेस्ट च्याम्पियनसिपको पुरस्कार राशि घोषणा

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको पहिलो संस्करणको उपाधिको लागि भारत र न्युजिल्यान्ड बीच प्रतिस्पर्धा हुँदैछ। जुन १८ तारिखमा एजेज बल साउथह्याम्पटमा फाइनल खेलिनेछ। खेलको लागि दुवै टिम हाल इंग्ल्यान्ड पुगीसकेका छन्।

इतिहासकै पहिलो टेस्ट च्याम्पियनसिपको उपाधि संगै आईसीसीले विजेता र उपविजताले पाउने पुरस्कार राशिको घोषणा गरेको छ।

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप जित्ने टिमले ट्रफी सहित १६ लाख अमेरिकी डलर अर्थात् करिब १८ करोड ५ लाख रुपैयाँ पुरस्कार रकम जित्नेछ। यस्तै उपविजेता टोलिले ८ लाख अमेरिकी डलर अर्थात् करिब ९ करोड ३७ लाख रुपैयाँ जित्नेछ। यस्तै फाइनल खेल बराबरीमा टुंगिएको खण्डमा विजेता रकम बाँडिनेछ। बराबरी भएको खण्डमा दुवै टिमले समान १२ लाख डलर प्रदान गरिनेछ।

यस्तै टेस्ट च्याम्पियनसिपको तेश्रो स्थान हाँसिल गर्न सफल टिम अस्ट्रेलियाले ४ लाख ५० हजार डलर, चौथो स्थानको टिम इंग्ल्यान्डले ३ लाख ५० हजार डलर र पाँचौ टिमले २ लाख डलर पुरस्कार स्वरूप पाउनेछ। यस्तै टेस्ट च्याम्पियनसिपमा सहभागी अन्य टिमले १ लाख डलर पाउनेछ।

आईसीसीले सन् २०१९ मा इंग्ल्यान्डमा आयोजित एकदिवसीय विश्वकपको विजेतालाई ४० लाख डलर तथा उपविजेतालाई २० लाख डलर पुरस्कार रकम दिएको थियो। यस्तै सेमीफाइनलमा पराजित हुने टिमले ८ लाख डलर प्रदान गरेको थियो।

सम्बन्धित :-

वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल : आईसीसीले बनायो यस्ता नियम

हार्दिक र पृथ्वीलाई बाहिर राख्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको लागि भारतीय टिमको घोषणा

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy