स्युचाटार क्रिकेट लिग पुष १२ गते देखि

२०८१ पुष ५, शुक्रबार १९:३६

तार्केश्वर युवा क्लबको आयोजनामा स्युचाटार क्रिकेट लिग टि-टेन प्रतियोगिता पुस १२ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहने प्राविधिक संयोजक रविन्द्र गुप्ताले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख रुपैयाँ खर्च हुने आयोजक क्लबका अध्यक्ष सन्तोष बुढागथोकीले बताए । तिन दिन चल्ने प्रतियोगिताका खेलहरु स्युचारटार स्थित तारकेश्वर युवा क्लबको इन्डोर खेल मैदानमा हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy