युएई सिरिजको तयारी पुष २४ देखि

  • विकेटनेपाल, पुष १७ – मंगलबार 

युएईसंग खेल्ने एकदिवसीय र टि-२० सिरिजको लागि नेपाली क्रिकेट टिमले जनवरी ८ तारिक ( पुष २४ गते ) देखि बन्दसत्र तयारी थाल्ने भएको छ।

जनवरी २५ ( माघ १९ गते ) देखि नेपालले युएईमा ३ वटा एकदिवसीय अन्तर्रास्ट्रिय र ३ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्नेछ। सिरिजको लागि सोमबार अन्तर्राष्ट्रिय क्रिकेट परिषदले २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरिसकेको छ।

टि-२० र एकदिवसीय सिरिज एकसाथ खेल्न जाँदा पहिलो पटक दुवै फर्म्याटको लागि फरक टिम खेलाइने जानकारी विकेटनेपाललाई प्राप्त भएको छ। ईपिएल र पिपिएल टि-२० मा राम्रो प्रदर्शन गरेको आधारमा अविनाश बोहरा, पवन सर्राफ, सुशन भारि, सन्दिप जोरा, भिम शार्की जस्ता खेलाडीहरुले यो पटक प्रारम्भिक २० टिममा मौका पाएका छन्।

Bhim Sharki
Bhim Sharki

गत बर्ष अक्टोबरमा नेपालले खेलेको टि-२० बिश्व कप छनौट प्रतियोगितामा टिममा रहेका अनिल साह तथा त्यसबेला प्रारम्भिक टिममा रहेका सुनिल धमला, सागर पुन , दिपेश श्रेष्ठ र शाहब आलमले भने यो पटक प्रारम्भिक टिममा पनि स्थान बनाउन सकेनन्।

सुनिल धमलाले एभरेस्ट प्रिमियर लिगमा खेलेको ४ खेलमा १०८ रन बनाएका थिए र धेरै रन बनाउने नेपाली खेलाडीको सुचीमा छैठौं स्थानमा थिए। ब्याटिंग औशतको आधारमा हेर्ने हो भने धमला दिपेन्द्र ऐरि र करन केसी पछि तेश्रो उत्कृस्ट थिए।  ईपिएलमा धेरै रन बनाउने उत्कृस्ट ६ नेपाली खेलाडीहरु मध्ये रहेका अमित श्रेष्ठ, सागर पुन, सुनिल धमलाले बन्दसत्र टिममा स्थान बनाउन सकेनन्। सागर पुन ईपिएलको दौरान चोटको कारण ६-७ महिना मैदान बाहिर रहनेछन्।

ईपिएलमा धेरै रन बनाउने नेपाली ब्याट्सम्यान :  दिपेन्द्र ऐरि ( ६ इनिंगमा २३१ रन ) , प्रदिप ऐरि ( ८ इनिंगमा १३१ रन )  अमित श्रेष्ठ ( ७ इनिंगमा १२२ रन ) , शरद भेसावकर ( ८ इनिंगमा ११२ रन ) , सागर पुन ( ६ इनिंगमा १०९ रन ) , सुनिल धमला ( ४ इनिंगमा १०८ रन )

Sunil Dhamala
Sunil Dhamala

घरेलु टि-२० लिगमा खास प्रदर्शन गर्न नसक्नाका बाबजुत बिनोद भण्डारी र प्रदिप ऐरिले भने टिममा स्थान बनाएका छन्। अनिल साह टिममा नहुनाले विकेटकिपरको रुपमा बिनोद र प्रदिप बिकल्प रहेका छन् र त्यसैले दुवैले अन्तिम टिममा स्थान बनाउने प्रबल सम्भावना रहेको छ।

बन्दसत्र र सिरिजको लागि आईसीसीले नेपाललाई बिदेशी प्रशिक्षकको बन्दोबस्त गर्ने सम्भावना पनि रहेको भएता पनि त्यसको पुस्टि भने भएको छैन।

२० सदस्यीय प्रारम्भिक टिम :- पारस खड्का ( कप्तान ) , अविनाश बोहारा , बसन्त रेग्मी, भिम शार्की, बिक्रम सोब , बिनोद भण्डारी, दिपेन्द्र ऐरि, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी , ललित राजबंशी , आरिफ शेख, पवन सर्राफ, प्रदिप ऐरि , रोहित पौडेल, सन्दिप लामिछाने, शरद भेसावकर , सोमपाल कामि , सन्दिप जोरा , सुशन भारी

युएई सिरिज अन्तर्गत नेपालले जनवरी २५ तारिकमा पहिलो, जनवरी २६ मा दोश्रो तथा जनवरी २८ तारिकमा तेश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ। एकदिवसीय खेलहरु पछि जनवरी ३१ तारिकमा पहिलो टि-२० अन्तर्राष्ट्रिय तथा फेब्रुअरी १ मा दोश्रो र फेब्रुअरी ३ मा तेश्रो टि-२० अन्तर्राष्ट्रिय खेल्ने तालिका रहेको छ। सबै खेलहरु दुबईमा खेलिनेछ।

जनवरी २५ – पहिलो एकदिवसीय , जनवरी २६ – दोश्रो एकदिवसीय , जनवरी २८ – तेश्रो एकदिवसीय
जनवरी ३१ – पहिलो टि-२० , फेब्रुअरी १ – दोश्रो टि-२० , फेब्रुअरी ३ – तेश्रो टि-२०

नेपालले २०१८ मार्चमा एकदिवसीय मान्यता पाएपछि नेपालले अगस्टमा नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको थियो। २ मध्ये नेपालले पहिलो एकदिवसीयमा हार बेहोर्दा दोश्रोमा भने १ रनको जित हाँसिल गरेको थियो।

 

 

 

 

 





थप समाचार

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

काठमाडौँ । यू–१९ महिला विश्‍वकपको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा बुधबार भएको […]

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]