फाइनलमा पुष्प थापा चम्किंदा बिराटनगरलाई मेयर कपको उपाधि

  • विकेटनेपाल – २७ चैत्र, बुधवार 

सुनसरीको इटहरीमा संचालित मेयर कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधि बिराटनगरले हात पारेको छ। बुधवार सम्पन्न फाइनल खेलमा विराटनगरले इटहरी रेडलाई ७८ रनले पराजित गर्यो।

टस जितेर पहिलो ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७३ रन बनाएको थियो। टोलीका लागि कप्तान पुस्प थापाले सर्वाधिक ९६ रन जोडेका थिए। बिष्फोटक ब्याटिंग गरेका पुष्पले मात्र ३४ बलमा १२ चौका र ६ छक्का सहित ९६ रन जोडे। यस्तै रबि रोएले २२ रन, फिर्दोस अन्सारीले २१ रन र मिनस थापाले १५ रनको व्यक्तिगत योगदान गरेका थिए।

इटहरीको बलिङतर्फ भुपाल लुइँटेलले सर्वाधिक ३ तथा रवि साहले २ विकेट लिएका थिए।

जवाफमा १७४ रनको ठूलो लक्ष्य पछ्याउन मैदान उत्रिएको इटहरीले १७.६ ओभरमा अलआउट हुदै मात्र ९५ रन मात्र जोडन सक्यो। इटहरीको चेजमा मनिष दाहालले अविजित २७ रन जोडे। यस्तै सरोज कटवालले २५ रन तथा सुमन पौडेलले २० रन बनाउन बाहेक अन्य कुनैपनि ब्याटसम्यानले दोहोरो अंकमा रन जोडन सकेनन्।

इटहरीलाई सस्तैमा समेट्न बिराटनगरका पुस्प थापा, दिपेश कंडेल, मुकुन्द यादव र अमृत सिंहले समान २-२ विकेट हात पारे। खेलको प्लेयर अफ दि म्याच पुष्प थापा घोषित भए।

यस्तै प्रतियोगिताको बेस्ट ब्याटसम्यान विराटनगरका फिर्दोश अन्सारी, बेस्ट बलर इटहरीका उज्ज्वल श्रेष्ठ र म्यान अफ दि सिरिज विराटनगरका दिपेश कंडेल घोषित भए। बिजेता र उपबिजेता खेलाडीहरुलाई नगदसहित, कप, मेडल र प्रमाणपत्र प्रदान स्थानीय मेयरले गरेका थिए।

 





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]