फाइनलमा पुष्प थापा चम्किंदा बिराटनगरलाई मेयर कपको उपाधि

  • विकेटनेपाल – २७ चैत्र, बुधवार 

सुनसरीको इटहरीमा संचालित मेयर कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधि बिराटनगरले हात पारेको छ। बुधवार सम्पन्न फाइनल खेलमा विराटनगरले इटहरी रेडलाई ७८ रनले पराजित गर्यो।

टस जितेर पहिलो ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७३ रन बनाएको थियो। टोलीका लागि कप्तान पुस्प थापाले सर्वाधिक ९६ रन जोडेका थिए। बिष्फोटक ब्याटिंग गरेका पुष्पले मात्र ३४ बलमा १२ चौका र ६ छक्का सहित ९६ रन जोडे। यस्तै रबि रोएले २२ रन, फिर्दोस अन्सारीले २१ रन र मिनस थापाले १५ रनको व्यक्तिगत योगदान गरेका थिए।

इटहरीको बलिङतर्फ भुपाल लुइँटेलले सर्वाधिक ३ तथा रवि साहले २ विकेट लिएका थिए।

जवाफमा १७४ रनको ठूलो लक्ष्य पछ्याउन मैदान उत्रिएको इटहरीले १७.६ ओभरमा अलआउट हुदै मात्र ९५ रन मात्र जोडन सक्यो। इटहरीको चेजमा मनिष दाहालले अविजित २७ रन जोडे। यस्तै सरोज कटवालले २५ रन तथा सुमन पौडेलले २० रन बनाउन बाहेक अन्य कुनैपनि ब्याटसम्यानले दोहोरो अंकमा रन जोडन सकेनन्।

इटहरीलाई सस्तैमा समेट्न बिराटनगरका पुस्प थापा, दिपेश कंडेल, मुकुन्द यादव र अमृत सिंहले समान २-२ विकेट हात पारे। खेलको प्लेयर अफ दि म्याच पुष्प थापा घोषित भए।

यस्तै प्रतियोगिताको बेस्ट ब्याटसम्यान विराटनगरका फिर्दोश अन्सारी, बेस्ट बलर इटहरीका उज्ज्वल श्रेष्ठ र म्यान अफ दि सिरिज विराटनगरका दिपेश कंडेल घोषित भए। बिजेता र उपबिजेता खेलाडीहरुलाई नगदसहित, कप, मेडल र प्रमाणपत्र प्रदान स्थानीय मेयरले गरेका थिए।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy