कतारद्वारा मलेसिया ४ विकेटले पराजित, अंकतालिकामा को कति नम्बरमा

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न दोश्रो खेलमा कतारले मलेसियालाई ४ विकेटले पराजित गरेको छ। पहिलो खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको थियो।

खेलमा टस जितेर ब्याटिंग मलेसियाले १९.१ ओभरमा सबै विकेट गुमेर १४४ रन बनाएको थियो। कतारले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

पहिलो ५ विकेट ८६ रनको योगफलमा गुमाएको कतारको लागि नौमन सरवारले अविजित ४७ रन बनाउदै जित दिलाएका थिएय। उनले ३७ बलमा २ चौका र २ छक्का प्रहार गरे। छैठौं विकेटको लागि उनले कलन्दर खानसंग ५७ रनको साझेदारी गरे।  यस अघि मलेसियाको ब्याटिंगमा भिरनदिप सिंहले सर्वाधिक ४९ रन बनाएका थिए। कतार बलर मोहम्मद नदीम र इकबाल हुसेनले ३/३ विकेट लिए।

कतारले पहिलो खेलमा सिंगापुरसंग ३३ रनको हार बेहोरेको थियो भने दोश्रो खेलमा नेपाललाई ४ विकेटले पराजित गरेको थियो। तेश्रो खेलमा कतारलाई कुवेतले १० रनले पराजित गरेको थियो। मलेसियाले भने पहिलो खेलमा कुवेतलाई ४२ रनले पराजित गरेको थियो तर त्यसपछि नेपालसंग ७ विकेटले, सिंगापुरसंग ८ विकेटले पराजित भएको थियो।

अंकतालिका, सिंगापुरसंग गर या मरको अवस्थामा नेपाल 

दोश्रो जित पछि कतारको सबै ४ खेल खेल्दा २ जित र २ हार सहित ४ अंक भएको छ र अंक तालिकामा तेश्रो स्थानमा रहेको छ। मलेसिया भने ४ खेलमा १ जित र ३ हार बेहोर्दै २ अंक सहित अन्तिम स्थानमा रह्यो। ३ अंक रहेको कुवेत चौथो स्थानमा छ।

१/१ खेल खेल्न बाँकी रहेको अवस्थामा अंक तालिकामा पहिलो स्थानमा रहेको सिंगापुरको ५ अंक रहेको छ भने दोश्रो स्थानमा नेपालको ४ अंक रहेको छ। नेपालले अन्तिम खेलमा भोलि सिंगापुरलाई जिते नेपालको ६ अंक हुनेछ। फाइनल खेल वर्षाले अबरुद्ध भएको अवस्थामा १/१ अंक बाड्नु पर्यो भने नेट रन रेटमा अघि रहेकोले सिंगापुर विजेता बन्नेछ।

अब आइतबार नेपाल र सिंगापुर बीचको खेल जित्ने टिम प्रतियोगिताको विजेता हुनेछ। भोलिको खेल अघोषित फाइनल जस्तै भएको छ।

टि-२० अन्तर्राष्ट्रिय वरियतामा सिंगापुर २३ औं स्थानमा रहेको टिम हो। प्रतियोगितामा अपराजित रहेको सिंगापुरले पहिलो खेलमा कतारलाई ३३ रनले पराजित गरेको थियो भने कुवेतसंगको दोश्रो खेल वर्षाले नहुँदा १/१ अंक बाँडेको थियो। तेश्रो खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो।

सिंगापुरसंग हेड टु हेड 

इतिहासको कुरा गर्दा नेपाल र सिंगापुरले सिंगापुरसंग हालसम्म ३ वटा टि-२० खेल खेलेको छ। त्यस मध्ये २ वटा नेपालले जितेको छ भने एउटा खेल वर्षाले सम्पन्न हुन पाएको थिएन।

सन् २००९ को एसीसी टि-२० मा नेपालले सिंगापुरलाई ९ विकेटले तथा त्यसपछि २०१३ को एसीसी टि-२० मा १२१ रनले पराजित गरेको थियो। गत वर्ष अक्टोबरमा मलेसियामा आयोजित टि-२० विश्वकप एसिया छनौट ( बि ) को खेल वर्षाले पुरा हुन पाएको थिएन। उक्त खेलमा सिंगापुरले पहिले ब्याटिंग गर्दै ८१ मा सबै विकेट गुमाएको थियो। दोश्रो इनिंगको ३ बल मात्रै खेल भएको थियो। उक्त खेलमा सन्दिप लामिछानेले ४ तथा सोमपाल कामि र करन केसीले २/२ विकेट लिएका थिए।

 

 





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]