टेस्ट क्रिकेटबाट डीककको अचानक सन्यास “परिवार मेरो लागि सबथोक हो”

दक्षी अफ्रिकी विकेटकिपर ब्याट्सम्यान क्विन्टन डीककले अचानक तत्काल लागु हुने गरि टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन्।

भारत बिरुद्ध जारि टेस्ट सिरिजको दौरान दोश्रो र तेश्रो टेस्टको लागि यस अघिनै सुत्केरी विदा लिएका डीककले लामो फर्म्याटबाट सधैंको लागि विदा लिएका हुन्। उनि भारत बिरुद्ध टेस्ट सिरिज पछि खेलिने तिन एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि भने उपलब्ध छन्।

“यो निर्णयसम्म म सहजै पुगेको हैन।” क्रिकेट दक्षिण अफ्रीकाद्वारा जारि बिज्ञप्तिमा डीककले बताएका छन्। “मैले मेरो भविष्य कस्तो देखिन्छ बारे धेरै समय सोचे। मेरो जीवनको अर्को प्राथमिकता सशा ( श्रीमती ) र मैले हाम्रो पहिलो बच्चालाई जन्म दिंदै छौँ र परिवारलाई अझ अगाडी बढाउन चाहन्छौं। मेरो परिवार मेरो लागि सबथोक हो र म उनीहरुसंग मेरो जीवनको नयाँ र रोचक किस्सामा अझ धेरै समय हिस्सा लिन चाहन्छु।” डीककले बताए।

“मलाई टेस्ट क्रिकेट मन पर्छ र देशको प्रतिनिधित्व गर्नु त्यसै अन्तर्गत पर्छ। मैले मेरा सबै उतारचढावको मजा लिएको छु, सुखद र दुखद समयको, तर अहिले मैले त्यो कुरा पाएको छु जसलाई म अझै बढी माया गर्छु। जीवनमा समय बाहेक तपाई सबै कुरा किन्न सक्नुहुन्छ र हाल मैले मेरो सबैभन्दा महत्वपूर्ण मान्छेको लागि सहि गर्ने समय आएको छ।”

“म यो अवसरमा मेरो टेस्ट अच्रिकेट यात्रामा सुरुवात देखि साथ दिने मेरो प्रशिक्षकहरु, साथीहरु, व्यवस्थापन टिम, मेरो परिवारलाई धन्यवाद दिन चाहन्छु जसको साथ बिना यो सम्भव थिएन।”

“यो मेरो प्रोटि करियरको अन्त्य हैन। म सेतो बल क्रिकेटमा देशलाई प्रतिनिधित्व गर्न पूर्णतः यार छु। भारत बिरुद्ध बाँकी टेस्ट सिरिजको लागि साथी खेलाडीहरुलाई शुभकामना। एकदिवसीय र टि-२० मा भेटौंला।”

२९ वर्षीय डीककले सन् २०२१ को सुरुवात दक्षिण अफ्रीकाको अस्थाई कप्तानको रुपमा सुरु गरेका थिए जसला वर्षको अन्त्य टेस्टबाट सन्यासको रुपमा गरेका छन्। उनले दक्षिण अफ्रीकाको लागि ४ टेस्टमा कप्तानी गर्ने क्रममा २ जित र २ हार बेहोरे।

२०१४ मा टेस्ट डेब्यु गरेका उनले देशको लागि ५४ टेस्ट खेलेका उनले ३८.८२ को औशतले ३,३०० रन बनाउदा ६ शतक र २२ अर्धशतक प्रहार गरेका छन्। भारत बिरुद्ध अन्तिम टेस्टमा उनले ३४ र २१ रन बनाए भने ४ र ३ गरि विकेटकिपरको रुपमा कुल ७ क्याच समेत लिए। सन् २०१६ मा करियरको उच्च लयमा रहेका उनले उक्त वर्ष २ शतक र ५ अर्धशतक मद्दतले ६३.१८ को औशतमा रन बनएका थिए।

“क्विन्टन जस्तो क्षमताको खेलाडी जो युवा छ र अझै करियरको उच्च स्थानमा पुग्न बाँकी छ उनलाई गुमाउनु दुखदायी छ। तर परिवार सबैकुरा हो।” क्रिकेट दक्षिण अफ्रीकाका कार्यवाहक सीईओ फोलेट्सी मोसेकीले बिज्ञप्ति मार्फत बताएका छन्।





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]