लाहोर कलन्दर्सलाई १८ रनले पराजित गर्दै क्वेटा ग्ल्याडीएटर्सले पाकिस्तान सुपर लिगमा आठौँ खेल खेल्दा दोश्रो जित दर्ता गरेको छ।
शेख जायद स्टेडियम, अबुधाबीमा सम्पन्न खेलमा क्वेटाले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा लाहोरले १८ ओभरमा सम्पूर्ण विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो।
लाहोरको लागि टिम डेभिडले सर्वाधिक ४६ रन, हरिस रौफले अविजित १९ रन, जिशान अशरफले १६ रन योगदान दिए।
अत्यन्त खराब सुरुवात गरेको लाहोरले ६६ रनको योगफलमा ७ विकेट गुमाएको थियो। छैठौं नम्बरमा ब्याटिंग गरेका टिम डेभिडले एक किनार सम्हालेर ब्याटिंग गरेता पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिएनन्। इनिंग्सको अन्तिममा हरिफ रौफले केहि आक्रामक सट प्रहार गरेता पनि गरेता पनि जितसम्म पुर्याउन सकेनन्।
क्वेटाको बलिंगमा उस्मान शिनवारि ( ४-०-३२-३ ) र खुर्रम शाहजाद ( ३-०-१४-३ ) ले समान ३ विकेट लिए भने मोहम्मद हसनैन ( ४-०-४०-२ ) र मोहम्मद नवाजले ( ४-०-१६-२ ) समान २ विकेट लिए।
Nothing could go wrong for @TeamQuetta today because these two were on a roll! #MatchDikhao l #HBLPSL6 I #LQvPZ pic.twitter.com/7XEwUtQ4MT
— PakistanSuperLeague (@thePSLt20) June 15, 2021
यस अघि टस हारेर ब्याटिंग गरेको क्वेटाले २० ओभर ब्याटिंग गर्दै ५ विकेट क्षेतीमा १५८ रन बनाएको थियो।
क्वेटाको ब्याटिंगमा ओपनर जेक वेदराल्डले सर्वाधिक ४८ रन, कप्तान सरफराज अहमदले अविजित ३४ रन, आजम खानले ३३ रन योगदान दिए। लाहोरका बलर जेम्स फल्कनरले सर्वाधिक ३ विकेट ( ४-०-२५-३ ) लिए भने मोहम्मद हफिज र राशिद खानले समान १ विकेट लिए।
अंकतालिका
जितपछि क्वेटा ८ खेलमा २ जित र ६ हारको साथ ४ अंकको साथ अंकतालिकाको पुछारमा यथावत रहेको छ। हार पछि पनि लाहोर १० अंक सहित दोश्रो स्थानमा रहेको छ जसले ८ खेलमा ५ जित र ३ हार बेहोरेको छ।

