PSL : सरफराज कप्तानीको क्वेटाको छैठौं हार, मिलरको आक्रामक ब्याटिंग

२०७८ जेष्ठ ३०, आईतवार ०६:२६

युएईमा जारी पाकिस्तान सुपर लिग अन्तर्गत १९ औं खेलमा वहाव रियाज कप्तानीको पेशावर जाल्मीले चौथो जित दर्ता गर्ने क्रममा क्वेटा ग्ल्याडीएटर्सलाई ६१ रनको विशाल अन्तरले पराजित गरेको छ।

अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा पेशावरले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा क्वेटाले २० ओभरमा ९ विकेट क्षेतीमा १३६ रन मात्र बनाउन सक्यो।

क्वेटाको ब्याटिंगमा कप्तान सरफराज एहमदले अविजित ३६ रन, सैम आयुबले ३५ तथा उस्मान खानले २८ रन बनाए। पेशावरका फास्ट बलर इरफान खानले ३ विकेट ( ४-०२७-३ ) लिए भने कप्तान वाहब रियाज ( ४-०-२०-२ ) र उमेद आसिफले ( ३-०-१७-२ ) र फाबियन एलेनले १ विकेट ( १-०-८-१ ) लिए।

क्वेटा ओपनर उस्मान खान र सैम आयुबले ६२ रनको साझेदारी गरेका थिए। इनिंग्सको दशौँ ओभरमा मोहम्मद इरफानले तिन विकेट लिंदै पेशावरलाई खेलमा फर्काएका थिए।

मिलरको आक्रामक पारि 

यस अघि टस हारेर ब्याटिंग गरेको पेशावरले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १९७ रन बनाएको थियो। उसको लागि डेभिड मिलरले ४६ बलमा ६ चौका र ४ छक्का मद्दतले सर्वाधिक ७३ रन बनाए। यस्तै कमरान अकमलले ३७ बलमा ६ चौका र २ छक्का मद्दतले ५९ रन तथा रोभम्यान पावेलले १९ बलमा १ चौका र ५ छक्का मद्दतले अविजित ४३ रन बनाए।

अकमल र मिलरले तेश्रो विकेटको लागि १२५ रनको साझेदारी गरेका थिए।

क्वेटाको बलिंगमा मोहम्मद नवाजले २ विकेट ( ४-०-३३-२ ) लिए भने मोहम्मद हसनेन ( ४-०-३०-१ ) र कुर्रम शाहजादले ( ४-०-२२-१ ) ले समान १ विकेट लिए।

अंकतालिका 

जितपछि पेशावर ७ खेलमा ४ जित र ३ हार बेहोर्दै ८ अंक सहित तेश्रो स्थानमा यथावत रहेको छ। समान ८ अंक रहेको इश्लामावाद दोश्रो स्थानमा छ। हार पछि सरफराज एहमद कप्तानीको क्वेटा भने ७ खेलमा १ जित र ६ हार बेहोर्दै २ अंक सहित छैठौं स्थानमा रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy