IPL : “दुखाइ शान्त भएको छ” आश्विनले दिए दोश्रो खेल खेल्ने संकेत

२०७७ आश्विन ६, मंगलवार ००:०१

किंग्स-११ पन्जाब बिरुद्ध पहिलो खेलमा घाइते भएका टिमका प्रमुख अफस्पिनर रभीचन्द्रन आश्विनले दोश्रो खेल खेल्ने सम्भावना प्रवल भएको छ।

पहिलो खेलको दौरान पन्जाबले १५८ रनको लक्ष्य पछ्याउदा छैठौं ओभरमा बलिंग गर्न आएका आश्विनले करुण नायर र निकोलस पुरनको महत्वपूर्ण २ विकेट लिंदै दिल्लीलाई खेलमा हावी गराएका थिए। तर ओभर पुरा गर्ने क्रममा अन्तिम बलमा १ रन जोगाउन हामफाल्ने क्रममा आश्विनको ढाडमा चोट आएको थियो। त्यसपछि उनि टिम फिजियो प्याट्रिक फर्हार्टसंग मैदान बाहिरिएका थिए। त्यसपछि मैदान नफर्किएका आश्विन ड्रेसिंग रुममा ढाडमा आइस लगाएर बसिरहेको देखिएका थिए। उक्त खेल दिल्लीले सुपर ओभरमा जितेको थियो।

आश्विनले सोमबार राति ट्वीट गर्दै आफू अहिले दुखाइ मुक्त भएको बताएका छन्। “म दुखाइमा थिए हिजो राति मैदान छोड्दा, तर अहिले दुखाइ शान्त भएको छ र मेरो स्क्यान रिपोर्ट पनि उत्साहजनक आएको छ। तपाईहरुको माया र साथको लागि धन्यवाद।” ३४ वर्षीय अफ स्पिनरले ट्वीट गरेका छन्।

पहिलो सिजन दिल्लीको लागि खेलीरहेका आश्विनले लिग इतिहासमा १४० खेल खेल्दा १२७ विकेट लिएका छन्।

दिल्लीले लिग अन्तर्गत आगमी खेल सेप्टेम्बर २५ तारिखमा चेन्नाई सुपर किंग्स बिरुद्ध खेल्नेछ। चेन्नाईले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईलाई ५ विकेटले पराजित गरेको थियो।

बैंगलोरको पहिलो जितमा चाहलको उत्कृस्ट बलिंग

वार्नर दुर्भाग्यपूर्ण तरिकाले आउट

शाहिन अफ्रिदीले ४ बलमा लिए ४ विकेट ( भिडियो सहित )

“ठूलो गल्ति ?” सुपर ओभरमा मायाँकलाई नपठाएपछि पन्जाब टिमको आलोचना

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy