स्टेन र रबाडा चोटमुक्त, विश्वकपको उद्घाटन खेल खेल्ने

  • विकेटनेपाल, जेठ २ – बिहिबार

दक्षिण अफ्रिकाको तिब्र गतिका हतियार डेल स्टेन र कागीसो रबाडा मे ३० तारिखदेखि सुरु हुने विश्वकपको उद्घाटन खेलमा खेल्ने भएका छन्। दक्षिण अफ्रिकाले उद्घाटन खेलमा आयोजक  इंग्ल्याण्डको सामना गर्नेछ।

इन्डियन प्रिमियर लिगको दौरान दुवै खेलाडी घाइते भएका थिए। विश्वकपको लागि इंग्ल्याण्ड प्रस्थान गर्नुअघि एकहप्ता चलेको प्रशिक्षण सत्रको क्रममा प्रशिक्षक ओट्टिस गिब्सनले दुवै खेलाडी पूर्ण रुपमा चोटमुक्त हुने बताएका छन्। उनले भनेका छन्, “रबाडा र स्टेन दुवैजना आइपिएलको दौरान घाइते भएका थिए तर विश्वकपको पहिलो खेलअघि पूर्ण रुपमा तयार हुनेछन्।”

आइपिएल खेल्न भारतमा रहेका, दक्षिण अफ्रिकामा नै रहेका र इंग्ल्याण्डको घरेलु क्रिकेट खेलीरहेका विश्वकप टिमका सदस्यहरु मंगलबार केप टाउनमा भेट भएका थिए।

स्टेनले आइपिएल अन्तर्गत रोयल च्यालेंजर्स बैंगलोरलाई खेलेका दुवै खेलमा जित दिलाउन ४ विकेट लिएका थिए। यस्तै रबाडाले दिल्ली क्यापिटल्सको लागि १२ खेलमा २५ विकेट लिंदै प्रतियोगितामा सर्बाधिक विकेट लिने खेलाडीको सुचिमा इमरान ताहिरपछी दोश्रो नम्बरमा रहेका थिए।

इतिहासलाई बिर्सेर खेल्नेछौँ

दक्षिण अफ्रिकाले हरेक विश्वकपमा दाबेदारी प्रस्तुत गर्ने गर्छ, सुरुवाती खेलहरुमा उत्कृस्ट प्रदर्शन पनि गर्छ तर जब टिमलाई जित्नैपर्ने अवस्था आउँछ अनि पराजित भएर बाहिरिन्छ। बिगतका संस्करणमा हामीले देखेको दक्षिण अफ्रिकाको प्रदर्शन यहि किसिमको देखिन्थ्यो।

यहि प्रश्नको खण्डन गर्दै प्रशिक्षक गिब्सनले आफुहरुले नया सुरुवात गर्न चाहेको र यो संस्करणमा इतिहासलाई बिर्सेर अगाडी बढ्ने बिश्वास ब्यक्त गरे। “इतिहासका कुरा इतिहास भए, हामि यी कुराहरुलाई यो विश्वकपमा संगै लैजान चाहँदैनौं। हामि राम्रो क्रिकेट  खेल्न चाहन्छौं” उनले भने।

दक्षिण अफ्रिकाको लागि रबाडा र स्टेन चोटमुक्त हुनु खुसिको कुरा भएपनि ओपनर हसिम अमलाको पछिल्लो प्रदर्शन चिन्ताको बिषय रहेको छ। इंग्ल्याण्डमा उनको औसत ५६ भन्दा माथिको रहेपनि पछिल्लो समय पाकिस्तानसंगको सिरिज र त्यसअघि उनको प्रदर्शन कमजोर छ।   उनले आफ्नो प्रदर्शनलाई सुधार्न र दिमाग एकत्रित गर्नको लागि सीएसए च्यालेन्ज टि२० पनि बिचमा नै छाडेका थिए। त्यसपछि उनले ब्याटिंग प्रशिक्षकसँग धेरै समय बिताए।

दक्षिण अफ्रिकाको विश्वकप खेल्ने टिम: फाफ डु प्लेसिस (कप्तान), क्विन्टन डि कक्, हसिम अमला, रस्सी भान डर डसेन, डेविड मिलर, एण्डिले फेह्लुक्वायो, जेपी डुमिनि, ड्वैन प्रेटोरियस, डेल स्टेन, कागीसो रबाडा, लुङ्गी एन्गिडी, एन्रिच नोर्ट्जे, इमरान ताहिर, त्रबिज साम्सी

(स्टोरी: क्रिकइन्फो)





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]