प्ले-अफ अघि दिल्लीलाई झट्का ! रबाडाले आगामी खेल गुमाउने

  • विकेटनेपाल, बैशाख २० – शुक्रबार

राजस्थान रोयल्स बिरुद्दको लिग चरणको अन्तिम खेल र त्यसपछि प्ले अफको खेलका लागि दिल्ली क्यापिटल्सलाई ठुलो झट्का लागेको छ। उसका तिब्रगतिका बलर कागीसो रबाडा घाइते हुँदै प्रतियोगिताबाट बाहिरिएका छन्।

जारि आइपिएल क्रिकेट अन्तर्गत अहिलेसम्म सर्बाधिक २५ विकेट लिएका उनलाई यहि मे ३० तारिखदेखि इंग्ल्याण्डमा हुने विश्वकपको लागि मध्यनजर गर्दै आराम दिएको हो। दक्षिण अफ्रिकाको लागि विश्वकपमा मुख्य हतियार रहेका उनले लिग चरणका रोयल च्यालेंजर्स बैंगलोर बिरुद्दको खेलमा शरीरको पछाडीको भागमा समस्या आएको बताएका थिए।

उक्त समस्यालाई बल्झिन नदिन उनले त्यसपछि चेन्नाई सुपर किंग्स बिरुद्दको खेलमा आराम गरेका थिए। तर विश्वकपलाई मध्यनजर गर्दै टिम दिल्ली क्यापिटल्सले दक्षिण अफ्रिकी क्रिकेट बोर्डलाई उनको मेडिकल रिपोर्ट पठाएपछि दक्षिण अफ्रिका फिर्ता बोलाएको क्रिकबजमा उल्लेख छ।

“प्रतियोगिताको यो समयमा दिल्ली क्यापिटल टिम छोड्नु मेरो लाइ निकै कठिन छ। तर विश्वकप १ महिना अघि रहेको अवस्थामा सल्लाहले यो निर्णय भएको हो। यो सिजन मेरो लागि निकै उत्कृस्ट रहेको छ र म विश्वास गर्छु हाम्रो टिमले उपाधि जित्नेछ” रबाडाले बताएका छन् ।

 

२३ बर्षीय उनले जारि आइपिएल अन्तर्गत १२ खेल्दै २५ विकेट लिएका छन्। उनले बिचमा नै आइपिएल छोडेर जाँदा दुख लागेको तर विश्वकपलाइ मध्यनजर गर्दै जान लागेको बताएका छन्।

दिल्लीले प्रतियोगिता अन्तर्गत खेलिएका १३ खेल मध्य ८ खेलमा जित र ५ खेलमा हार व्यहोरेको छ। ८ जितबाट १६ अंक बटुलेको उ यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको छ भने अहिलेको अवस्थामा अंक तालिकामा पनि तेस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा समान खेलबाट १८ अंक बटुलेको चेन्नाई र दोश्रो स्थानमा १६ अंक बटुलेको मुम्बई रहेका छन्।

दक्षिण अफ्रिकाका विश्वकप टिममा रहेका मध्य अधिकांश तिब्रगतिका बलर चोटबाट ग्रसित छन्। आइपिएलमा रोयल च्यालेंजर्स बैंगलोरबाट दुई खेल खेलेका डेल स्टेन तथा आइपिएल सुरु नहुँदै नाम फिर्ता लिएका लुंगी एन्गिडी र एन्रिच नोर्त्जे पनि घाइते छन्।

दक्षिण अफ्रिकाले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डको सामना गर्नेछ।

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy