रबि इन्दर सिंहको बिष्फोटक ब्याटिंगमा शरदको पल्टन बिजयी

Ravi Inder Singh batting
  • विकेटनेपाल-१२ कार्तिक, सोमबार

पोखरा प्रिमियर लिग अन्तर्गत चौथो दिनको दोस्रो खेलमा शरद भेषवाकरको पोखरा पल्टनले पारस खड्काको चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ।| स्कोरकार्डअङ्कतालिका  |

पहिले ब्याटिंग गर्दै चितवनले दिएको १४१ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको पोखराले १७.२ ओभरमा ५ विकेट गुमाएर १४६ रन जोड्न सफल रह्यो।

पोखराको जितमा बिदेशी खेलाडी रबि इन्दर सिंहले बिष्फोटक ब्याटिंग गर्दै ६५ रन जोडे। यस्तै कप्तान शरद भेषवाकरको ब्याटबाट ३७ रन निस्कियो।

खराब सुरुवात गरेको पोखराले खाता नखोल्दै पहिलो दुई विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल र आसिफ शेख क्रमश करन केसी र सन्नी पटेलको शिकार बन्दा पोखरा समस्यामा परेको थियो।

त्यसपश्चात भने पोखराका लागि रोहित पौडेल र रबि इन्दर सिंहले तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्दै टोलीको इनिंगलाई उकासे। रोहित व्यक्तिगत १९ रनमा शक्ति गौचनको शिकार बनेका थिए।

Ravi Inder Singh
Ravi Inder Singh

रोहितको विकेट पश्चात समेत रबिले बिष्फोटक ब्याटिंग गर्दै आफ्नो अर्धशतक पुरा गरे। करन केसीको बलमा शक्ति गौचनको हातबाट क्याच आउट हुनअघि उनले ४८ बलमा ८ चौका र ३ छक्का सहित ६५ रन जोडे।

रबि खेलको म्यान अफ द म्याच समेत घोषित भए।

चितवनको बलिङ्गमा करन केसीले सर्वाधिक ३ विकेट (४-१-१९-३) हात पारेपनि त्यो जितका लागि पर्याप्त रहन सकेन। यस्तै सन्नी पटेल र शक्ति गौचनको नाममा समान १-१ विकेट रह्यो।

यसअघि खेलको पहिलो इनिंगको समाप्तिमा चितवनले ५ विकेट गुमाएर १४० रनको योगफल तयार गर्न सफल रहेको थियो। चितवनका सन्नी पटेलले सर्वाधिक ४६ तथा पारस खड्काले ४४ रनको योगदान गरेका थिए।

अविजित रहँदै ब्याटिंग गरेका सन्नीले २७ बलमा ३ चौका र समान छक्का प्रहार गरेका थिए। यस्तै पारसले ४४ रन जोड्न समेत समान ३ चौका र ३ छक्का प्रहार गरेका थिए।

यसअघि सोनु तामांग व्यक्तिगत २१ रन तथा अनिल साह १६ रनको स्कोरमा पभेलियन फर्किएका थिए।

पोखराको बलिङ्गमा बिक्रम भुषालले सर्वाधिक २ विकेट (३-०-३३-२) हात पारे। यस्तै मेहबुब आलम, मोहम्मद नबिद र शरद भेसवाकरको नाममा समान १-१ विकेट रह्यो।

Bikram Bhusal
Bikram Bhusal

जितपछि पोखरा ३ खेलमा २ जित र १ हार सहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। उता पोखरासंग पराजित बनेको चितवनभने लगातार दोस्रो हारपछि अंकतालिकाको अन्तिम स्थानमा झरेको छ।

२ खेल खेल्दै दुवैमा जित निकालेको बुटवल ब्लासटर्स ४ अंक सहित शिर्ष स्थानमा रहेको छ। तेस्रो स्थानको काठमाण्डौको २ खेलमा ४ अंक रहंदा चौथो स्थानको धनगढीको २ अंक रहेको छ। खेल जित्न नसकेको बिराटनगर भने अंकबिहिन रहेको छ।

प्रतियोगितामा मंगलवार कुनै खेल रहेको छैन। बुधवार हुने पहिलो खेलमा पारस खड्काको चितवन राइनोजले दिपेन्द्र ऐरीको धनगढी ब्लुजको सामना गर्दा दोस्रो खेलमा बिराटनगर टाईटन्सले बुटवल ब्लासटर्ससंग खेल्ने तालिका रहेको छ।

Ravi Inder Singh
Ravi Inder Singh

 





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]