खुकुरी कप: टिकापुरलाई जिताउन रबिन्द्रको अविजित अर्धशतक

  • विकेटनेपाल, माघ २६ – शुक्रबार

काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा जारि खुकुरी च्यालेन्जर्स कप टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न दुई खेलहरुमा टिकापुर क्रिकेट क्लब र इन्टर डिस्ट्रिक स्पोर्ट्स क्लबले प्रतियोगितामा पहिलो जित हात पारेका छन्। दुवै टिमले पहिलो जित हात पार्दै क्वार्टरफाइनल पुग्ने सम्भावना जीवित राखेका छन् । अंकतालिका सबैभन्दा तल

 

पहिलो खेल: टिकापुर क्रिकेट क्लब Vs बुटवल क्रिकेट बोयज

आज भएको पहिलो खेलमा टिकापुर क्रिकेट क्लबले बुटवल क्रिकेट बोयजलाई १० रनले पराजित गर्यो।

टस हारेर पहिले ब्याटिंग गरेको टिकापुरले २० ओभरमा ३ विकेट गुमाएर १३९ रन बनाएको थियो। उसका लागि यु-१९ रास्ट्रिय क्रिकेट टिमको अनुभव पाईसकेका रबिन्द्र जंग शाहीले अविजित ६५ रन प्रहार गरे जुनक्रममा उनले ५२ बलमा ८ चौका र १ छक्का प्रहार गरे। उनले तेस्रो विकेटको लागि राजन शेरचनसँग ९५ रनको साझेदारी गरेका थिए। शेरचनले ५० रन बनाउन ४५ बलमा ९ चौका प्रहार गरे ।

शाहीले ३८ बलमा तथा शेरचनले ४३ बलमा अर्धशतक पुरा गरेका थिए ।

रबिन्द्र जंग शाही

जवाफमा उत्रेको बुटवलले २० ओभरमा ६ विकेट गुमाएर १२९ रनमात्र बनाउन सक्यो। उसका लागि ओपनर उदय पाण्डेले ४२ रन (५८ बल, ५ चौका) तथा रबिन क्षेत्रीले आक्रामक ४५ रन (२५ बल, ५ चौका, २ छक्का) बनाएपनि खेल जिताउन सकेनन् ।

खेल जिताउन अविजित ६५ रनको पारि खेलेका रबिन्द्र जंग शाही म्यान अफ द म्याच घोषित भए ।

दोश्रो खेल: इन्टर डिस्ट्रिक स्पोर्ट्स क्लब Vs रौतहट राइजिंग ११

यस्तै आजै भएको दोश्रो खेलमा इन्टर डिस्ट्रिक स्पोर्ट्स क्लबले रौतहट राइजिंग ११ लाई ५ विकेटले पराजित गरेको छ।

रौतहटले दिएको ११९ रनको लक्ष्य इन्टर डिस्ट्रिकले ७ बल बाँकी छँदानै ५ विकेट गुमाएर भेट्टायो। उसका लागि प्रकाश जैसीले अविजित ४५ रनको पारि खेल्दै खेल जिताए। ३७ बल सामना गरेका जैसीले ४ चौका प्रहार गरे भने मन्जिल गुरुङले पनि ३२ बलमा ३५ रन बनाए।

प्रकाश जयसवाल

यसअघि पहिले ब्याटिंग गरेको रौतहटले २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो। उसका अस्चल चौधरीले ४९ रनको पारि खेलेक। ३९ बलको सामना गरेका उनले ८ चौका र १ छक्का प्रहार गरे। धर्मेन्द्र शाहले पनि २३ रन बनाए ।

रौतहटलाई सस्तैमा रोक्न इन्टर डिस्ट्रिकका शेर मल्लले ३ विकेट (४-०-१०-३) लिए भने दुर्गेश कुर्मीले पनि २ विकेट हात पारे । ४५ रनको म्याच जिताउ पारि खेलेका प्रकाश जैसी म्यान अफ द म्याच घोषित भए ।

अंक-तालिका

Group D

TEAM MATCH WIN LOSS NO RESULT POINTS
Rautahat XI 3 2 1 0 6
Makwanpur Cricket Club 2 2 0 0 6
Inter – District Sport Club 2 1 1 0 3
Tikapur Cricket 2 1 1 0 3
Butwal Cricket Boys 3 0 3 0 0

POINTS TABLE

Group A

TEAM MATCH WIN LOSS NO RESULT POINTS Run Rate
Shantinagar Youth Club 4 3 0 1 10 +1.94
KCTC 4 2 1 1 7 +2.44
RCA Pyuthan Challengers 4 2 1 1 7 +2.42
Ultimate Indoor Cricket 4 1 2 1 4 -0.39
Malpokhari Cricket Club 4 0 4 0 0 -5.07

 

Group B

TEAM MATCH WIN LOSS NO RESULT POINTS
Baluwatar Cricket Club 3 3 0 0 9
Royal PC Fighter 3 3 0 0 9
IOE Pulchowk 3 1 2 0 3
Lord Buddha Cricket Club 4 1 3 0 3
Trimurty Boys 3 0 3 0 0

 

Group C

TEAM MATCH WIN LOSS NO RESULT POINTS Run Rate
WaiWai GHCA 4 4 0 0 12 +2.14
Tribhuwan Army Club 4 3 1 0 9 +3.25
Nepal Cricket School 4 1 3 0 3 -0.15
IOE Thapathali 4 1 3 0 3 -2.39
Oasis Cricket Academy 4 1 3 0 3 -2.97

शनिबार हुने खेलहरु:

पहिलो खेल: इन्टर डिस्ट्रिक स्पोर्ट्स क्लब Vs बुटवल क्रिकेट बोयज
दोश्रो खेल: मकवानपु क्रिकेट क्लब Vs टिकापुर क्रिकेट

 





थप समाचार

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]

स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि

काठमाडौँ। स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। ‎ नेपालका तीन विश्वविद्यालयका १२ कलेजका टिमको […]