अपन राधेमाईलाई नेक्सस कप क्रिकेट उपाधि

अपन राधेमाई युथ क्लब, वीरगन्जले यू–१६ नेक्सस कप टी–२० क्रिकेट उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा अपन राधेमाईले आयोजक नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले हरायो ।

पहिले ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा अलआउट हुनुअघि ८२ रन बनाएको थियो । राधेमाईका सगिर मियाले २१ तथा सफ्वान अलीले १९ रन बनाए । बलिङमा नेक्ससका हिमाल न्यौपाने र चन्दु यादवले दुई दुई विकेट लिए ।

८३ रनको विजयी लक्ष्य पछ्याएको नेक्सस ११.४ ओभरमा सवै विकेटको क्षतिमा ४३ रनमा समेटिएको थियो । नेक्ससका सन्दिप विष्टले ३० रन बनाए । बलिङमा राधेमाईका अनिश साह कानु एक्लैले पाँच विकेट लिनुभयो । उहाँ ‘म्यान अफ दि म्याच’ भए।

उपाधिसंगै राधेमाईले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेता नेक्ससले ७५ हजार रुपियाँ पायो । राधेमाईका अनिश उत्कृष्ट बलर पनि घोषित भए । नेक्ससका उत्तम थापामगर उत्कृष्ट व्याट्सम्यान, काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) का कमल शाही उदीयमान खेलाडी चुनिए । बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको प्रतियोगितामा मोफसलका पाँच सहित १२ टोलीले भाग लिएका थिए ।





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]