रहमतको विकेट पछि पलायो नेपालको आशा

आईसीसी एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपाल र अफगानिस्तान बीच खेल जारि छ।

टस जितेर नेपालले ब्याटिंग गर्दै दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले २९ ओभरमा १२६ रन बनाउदा ३ विकेट गुमाएको छ। मोहम्मद नाबी २२ रन ( १६ बल, १ चौका र १ छक्का ) तथा नाजिबुल्लाह जद्रान ७ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

ओपनिंग ब्याटिंग गर्न आएका रासिद खानलाई २१ रन ( १४ बल, ५ चौका ) को स्कोरमा आउट गर्दै विकेटको खाता खोलेको नेपालले २८/१ को अवस्थाबाट दोश्रो विकेट लिन ६५ रन थप दिनु पर्यो। दोश्रो विकेटको रुपमा सन्दिप लामिछानेले ओपनर जाभेद अहमदीलाई २६ रन ( ५४ बल, १ चौका र १ छक्का ) आउट गरेपछि अफगानिस्तानले ४६ रन बनाएका रहमत शाहको विकेट पनि गुमाउन पुग्यो। रहमतलाई दिपेन्द्र ऐरीले खेलको २६ औं ओभरमा बोल्ड गरेका थिए जसले ७५ बलमा ५ चौका हिर्काए।

करन केसी, सन्दिप लामिछाने र दिपेन्द्र ऐरीले नेपालको लागि समान १/१ विकेट दिलाएका छन् ।

नेपालको ब्याटिंग 

यस अघि नेपालले टस जितेर पहिले ब्याटिंग गर्दै १९४ रन बनाएको थियो।

दिलिप नाथको सट्टा ओपनिंग ब्याटिंग गरेका अनिल साह ७ रनमा आउट भएपछि ज्ञानेन्द मल्ल र पारस खड्काले दोश्रो विकेटको लागि ९२ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। अनिललाई मुजिब उर् रहमानले आउट गरेका थिए।

१३/१ को अवस्थाबाट नेपालले १०५ रनको योगफलमा ज्ञानेन्द्र मल्ललाई दोश्रो विकेटको रुपमा गुमाउन पुग्यो। मल्ल २३ रन ९ ६९ बल, २ चौका ) रासिद खानको बलमा एलबिडब्लु धरापमा परे। मल्लको विकेट लगत्तै पारस खड्का पनि आउट भए। १० चौका र १ छक्का मदतले ७५ रनको इनिंग खेलेका पारसलाई मोहम्मद नाबीले लंग अन बाउन्ड्रीमा क्याच आउट गराएका थिए।

Paras Khadka
Paras Khadka

पारसको प्रतियोगितामा यो दोश्रो अर्धशतक हो र लिस्ट ‘ए’ क्रिकेटमा आठौँ अर्धशतक पनि हो।

पारसको विकेट पछि पाँचौ नम्बरमा ब्याटिंग गरेका रोहित पौडेल मात्र १ रन ( १३ बल ) बनाएर आउट भए। पाँचौ विकेटको लागि दिपेन्द्र ऐरी र आरिफ शेखले २६ रनको साझेदारी गरेपछि दिपेन्द्र ३२ रन ( ४१ बल, ३ चौका र १ छक्का ) आउट हुनपुगे। दिपेन्द्रलाई पछ्याउदै आरिफ पनि नाबीको शिकार हुन पुगे जसले २३ रनको योगदान दिए।

सोमपाल कामि पनि ९ रनमा नाबीको शिकार भए जसपछि शरद भेसावकर घाइते हुँदा प्रतियोगितामा पहिलो पटक मौका पाएका करन केसी पनि १ छक्का प्रहार गर्दै ६ रन बनाएर शापुर जद्रानको बलमा आउट हुन पुगेका थिए। सन्दिप लामिछाने र ललित राजबंशी खाता नखोली आउट हुँदा बसन्त रेग्मी ९ रनमा अविजित रहे।

४९.५ ओभर ब्याटिंग गरेको नेपालले १९४ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

अफगानिस्तानको लागि उत्कृस्ट बलिंग गरेका अफ स्पिनर मोहम्मद नाबीले ४ विकेट लिए जुन क्रममा १० ओभरमा मात्र ३३ रन खर्चिए। रासिद खानले ३ विकेट ( ९.५-१-४५-३ ) तथा  शापुर जद्रानले २ विकेट ( ८-१-३२-२ ) हात पारे। मुजिब उर् रहमानले किफायती बलिंग गर्दै १ विकेट हात पार्न १० ओभरमा मात्र २४ रन खर्चिए।

महत्वपूर्ण खेलमा स्टार ब्याट्सम्यान शरद भेसावकर बिना नेपाली टिम मैदानमा उत्रेको छ। शरद ह्याम्सट्रिन्ग इन्जुरी का कारण आजको खेल गुमाएका हुन्। यस्तै विकेट किपर ब्याट्सम्यान दिलिप नाथलाई आज अन्तिम ११ मा राखिएको छैन। शरद र दिलिपको सट्टा अन्तिम ११ मा करन केसी र अनिल साहले पहिलो पटक मौका पाएका छन्।साहले विकेट किपरको भूमिका समेत निभाउनेछन्।





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]