विवादास्पद अन्तर्वार्ता पछि राहुल र पान्ड्यालाई बिसिसीआईद्वारा स्पस्टिकरण माग

  • विकेटनेपाल – पौष २५, बुधवार

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसिसिआई ) ले दुई युवा क्रिकेटरहरु लोकेश राहुल र हार्दिक पान्ड्यासंग स्पष्टीकरण माग गरेको छ।

एक टेलिभिजन कार्यकर्मका क्रममा दिएको विवादास्पद अन्तर्वार्ता पछि राहुल र पान्ड्या प्रति बिसिसीआईको प्रशासक समितिले कदम चालेको हो।

भारतीय चलचित्र निर्माता समेत रहेका करन जोहरले चलाउने चर्चित कार्यक्रम “कफी विथ करन ” मा दुई क्रिकेटर लोकेश राहुल र हार्दिक पान्ड्याले केहि प्रश्नहरुको उत्तेजक एवं अपाच्य उत्तर दिएका थिए।

कार्यक्रमका क्रममा दिएको जवाफको स्पष्टीकरण दिनका लागि दुबै खेलाडीलाई २४ घण्टाको समय सिमा दिइएको छ।

” हामीले हार्दिक र केएल दुबैलाई २४ घण्टाको समय दिएर कारण देखाउ आदेश पठाएका छौं। उनीहरु माथीको थप बिचार खेलाडीबाट आएको जवाफपछि अघि बढ्नेछ।” प्रशासक समितिका प्रमुख बिनोद रायले भने,

जनवरी ६ तारिमा प्रस्तुत सो कार्यक्रममा कार्यक्रम संचालक करन जोहरले पान्ड्या र राहुललाई केहि ब्यक्तिगत, सम्बन्ध र भारतीय टोलिसंग सम्बन्धित प्रश्न राखेका थिए। सो प्रश्नहरुको जवाफ दिनेक्रममा पान्ड्या र राहुल नश्लवादी बनेको र महिला तथा अन्य फ्यानहरु माथी अपमान राखेको भन्दै पछिल्लो केहि दिनमा आलोचना भएको हुँदै आएको छ।

कार्यक्रमको दौरान हार्दिक पान्ड्यालाई उनको महिलासंगको सम्बन्धसंग जोडिएको प्रश्न गर्दा हार्दिकले अचम्मित पार्ने खालको जवाफ दिएका थिए। पहिलो पटक एक महिलासंग शारीरिक सम्बन्ध बनाएपछि हार्दिकले आफ्नो घरमा पुगेर ‘आज करके आया है’ अर्थात नेपालीमा ‘आज गरेर आएँ”  भनेर सुनाएको बताएका थिए।

यस्तै एक पार्टीमा आफ्नो माता-पितासंग जाने क्रममा माता-पिताले हार्दिकलाई कुन केटिलाई हेरीराको छौ भनेर सोध्दा हार्दिकले एक-पछि अर्को  महिलातर्फ औला देखाएर सबैलाई हेरी राको छु भन्ने जवाफ दिएको बताएका थिए।  हार्दिकले आफ्नो माता-पिता खुला सोचको भएको बताउदै आफ्नो अनुभव खुलेरै बताएका थिए।

यस्तै कार्यक्रमकै क्रममा सचिन तेन्दुलकर र बिराट कोहलीमा को राम्रो ब्याट्सम्यान भन्ने प्रश्नको जवाफमा दुबै पान्ड्या र राहुलले बिराट कोहली भन्दै जवाफ दिएका थिए। सो जवाफलाई लिएर समेत दुई युवा क्रिकेटरहरुको सामाजिक संजालमा आलोचना हुँदै आएको छ।

बढ्दो आलोचना पछि हार्दिक पान्ड्याले सामाजिक संजाल मार्फत बुधवार माफी समेत मागेका थिए। आफ्नो इन्स्टाग्राम, फेसबुक र ट्वीटरमा पोस्ट गर्दै पान्ड्याले आफुले नियोजित ढंगले कसैको अपमान गर्न नचाहेको र कार्यक्रमको प्रकृति अनुसार प्रस्तुत हुन मात्र खोजेको बताएका थिए।

उता पान्ड्याका बुवा हिमांशु पान्ड्याले समेत आफ्ना छोराको बचाउ गर्दै हार्दिक निर्दोष रहेको र कार्यक्रमलाई गहिरो रुपमा लिन नहुने बताएका छन्। “मिड डे” नामक पत्रिकासंगको कुराकानीका क्रममा पान्ड्याका बुवाले भने, “मलाई लाग्दैन मान्छेले यति गहिरो रुपमा यसलाई लिनुपर्छ। त्यो एक नितान्त रुपमा मनोरञ्जनात्मक कार्यक्रम थियो र हार्दिकले त्यहाँ कुनै नियोजित ढंगले आफ्ना कुरा राखेको छैन।”

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy