“पहिलो २० बल जीवनकै खराब थियो” तेवतिया

२०७७ आश्विन १२, सोमबार ०२:०७

किंग्स-११ पन्जाब बिरुद्ध आइतबार राति आईपीएल इतिहासकै कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा राजस्थान ब्याट्सम्यान राहुल तेवतियाले उत्कृस्ट योगदान दिए। जितको लागि १८ बलमा ५१ रन आवस्यक रहेको बेला तेवतियाले शेल्डन कटरेलले गरेको १८ औं ओभरमा लगातार ४ छक्का सहित ५ वटा छक्का प्रहार गर्दा टिम असम्भव अवस्थाबाट जिततिर लम्कन सकेको थियो। लिग करियरकै पहिलो अर्धशतक बनाएका देब्रे हाते ब्याट्सम्यानले ३१ बलमा ७ छक्का प्रहार गर्दै ५३ रन बनाए। उनले सन्जु स्यामसनसंग तेश्रो विकेटको लागि ६१ रनको साझेदारी गरे।

खेलपछि टिमका खेलाडीहरुबाट घेरिएका तेवतिया

तर तेवतियाले इनिंगको क्रममा धेरैको गालि पनि खाएका थिए। किनकि विशाल लक्ष्य पछ्याउने क्रममा उनले सुरुवाती २३ बलमा मात्र १७ रन बनाएका थिए। राजस्थान हारेको भए र उनि त्यही अवस्थामा आउट भएको भए उनि खेलको भिलेन बन्न सक्थे। तर अर्को किनारमा उत्कृस्ट ब्याटिंग गरेका संजु स्यामसन आउट भएपछि उनले आफ्नो गेर परिवर्तन गरे र टिमलाई अविस्मरणीय जित दिलाउन अहम योगदान दिए।

खेलपछि कुराकानी गर्ने क्रममा २७ वर्षीय क्रिकेटरले इनिंगको क्रममा खेलेको पहिलो २० बल आफुले खेलेको जीवनकै खराब २० बल रहेको प्रतिक्रिया दिएका हुन् –

“अहिले म ठिक छु। पहिलो २० बल मैले जीवनमा खेलेको अहिलेसम्मकै सबैभन्दा खराब थियो।” तेवतियाले बताए।

“म नेटमा राम्रोसंग बल हिर्काइरहेको थिए त्यसैले मलाई आफुमा विश्वास थियो र अघि बढीरहे। सुरुवातमा म बल राम्रो हिर्काउन सकिरहेको थिईन। मैले डग-आउटमा हेरे सबै जना मैले लामो सट हान्न सक्छु कि सक्दिन भनेर चासो मानिरहेका थिए। मैले सोचे मैले आफूलाई विश्वास गर्नुपर्छ।”

“एउटा छक्काको कुरा थियो, जब त्यो लग्यो त्यसपछि म रोकिईन। एकै ओभरमा ५ वटा अद्भूत थियो। कोचले मलाई लेग स्पिनरलाई छक्का हान्न पठाउनु भएको थियो तर दुर्भाग्य मैले उनलाई हान्न सकिन। तर ठूलो कुरा मैले अरु बलरलाई हान्न सके” तेवतियाले थपे।


२०१४ मा राजस्थानबाट आईपीएल करियर सुरुवात गरेका तेवतिया त्यसपछि दिल्ली क्यापिटल्सबाट खेलेका थिए। यो वर्ष पुनः उनि राजस्थान फर्केका हुन्। लेग स्पिनले खेलमा बलिंगमा भने १ ओभरमा १९ रन खर्चेर विकेटविहिन रहे। अघिल्लो खेलमा उनले चेन्नाई बिरुद्ध जितमा ३७ रन खर्चेर ३ विकेट लिएका थिए।

जितपछि राजस्थान कप्तान स्टिभ स्मिथले पनि तेवतियाको तारिफ गरे-

“तेवतियाले कटरेल बिरुद्ध गजबको खेल देखाए। त्यो गजबको चेज थियो। उनि नेटमा बल राम्रो हिर्काइरहेको थिए जसरि कटरेललाई आज हिर्काए। उनलाई श्रेय जान्छ।”

स्मिथले आफ्ना बलरहरुको पनि श्रेय दिए – “मलाई एक समय लागेको थियो कि हामीले २५० को लक्ष्य पछ्याउनु पर्छ तर बलरहरुलाई श्रेय दिनु पर्छ जसले त्यसो हुन दिएनन्।”

पराजित टिम पन्जाबका कप्तान केएल राहुलले दबाबमा राजस्थानले राम्रो ब्याटिंग गरेको बताए –

“हेर्नुस यो टि-२० क्रिकेट हो र यस्तो हामि धेरै वर्ष देखि देख्दै आएका छौँ। हामीले धेरै कुरा राम्रो गर्यौं। हामीले टाउको उठाएर अर्को खेलमा बलियो भएर आउनु पर्छ। आज धेरै सकारात्मक कुराहरु थिए तर क्रिकेटको महान खेलमा यस्तो कुरा हुन्छ।”

“म इमान्दार भएर भन्छु कि मलाई लागेको थियो कि खेल हाम्रो हुन्छ। तर अन्त्यमा उनीहरुले दबाबमा राम्रो ब्याटिंग गरे भने हाम्रो बलरहरुले गल्ति गरे। प्रतियोगिताको पछि भन्दा सुरुवातमा गल्ति हुनु राम्रो हो जसले आगामी खेलमा बलियो रुपमा प्रस्तुत हुन मद्दत गर्नेछ।”

राजस्थानले पछ्याएको २२४ रन आईपीएल इतिहासमै पछ्याईएको सर्वाधिक लक्ष्य हो।

लिग अन्तर्गत पन्जाबले आगामी खेल अक्टोबर १ तारिख बिहिबार मुम्बई इन्डीएन्स बिरुद्ध खेल्ने छ। राजस्थानले आगामी खेल कोलकाता बिरुद्ध सेप्टेम्बर ३० तारिख बुधबार खेल्नेछ।

४ खेलाडी जसले राजस्थानलाई कीर्तिमानी लक्ष्य भेटाउन अहम योगदान दिए

IPL : राजस्थान-पन्जाब खेलमा बनेका १० रेकर्ड, टुट्यो १२ वर्ष पुरानो रेकर्ड

सनसनीपूर्ण खेलमा राजस्थान विजयी

पुरनको फिल्डिंग हेरे पछि सचिनले भने “जीवनमा देखेको सबैभन्दा उत्कृस्ट”

तयार भयो पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपीआर ( फोटो फिचर )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy