CPL : वर्षाले खेल नतिजाविहिन, यस्तो छ जमैका सेमीफाइनल पुग्ने समीकरण

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत जमैका तलावाज र सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्स बीचको लिगको २५ औं खेल वर्षाका कारण नतिजा विहिन टुंगिएको छ। दुवै टिमले समान १/१ अंक बाँडेका छन्।

ट्रिनिडाड एन्ड टोबागो स्थित ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिंग गरेको सेन्ट किट्सले ५.४ ओभरमा विकेट नगुमाई ४६ रन बनाएको अवस्थामा भारि वर्षाले खेल रोकिएको थियो। त्यसपछि पनि निरन्तर वर्षाले मैदान तालमा परिणत भएको थियो जसपछि पुनः खेल सम्भव हुन सकेन।

खेल रोकिदा सेन्ट किट्सले विकेट नगुमाई ४६ रन बनाएको थियो

खेल रोकिदा ओपनर इभिन लुइस २१ ( १९ बलमा २ चौका र १ छक्का ) तथा क्रिस लिन २३ रन ( १५ बलमा १ चौका र २ छक्का ) बनाएर अविजित रहेका थिए। लिनले मुजिब उर् रहमानले गरेको पाँचौ ओभरको अन्तिम २ बलमा छक्का प्रहार गरेका थिए। लिगकै सर्वाधिक विकेटकर्ता रहमान २ ओभर बलिंग गर्दा २० रन खर्चेर विकेटविहिन रहे।

यस्तो छ जमैकाको सेमीफाइनल सम्भावना 

अंकतालिकामा जमैकाको २ खेल खेल्न बाँकी रहेको अवस्थामा ८ खेलमा ३ जित, ४ हार र १ नतिजाविहिन खेल पछि ७ अंक रहेको छ। जमैका चौथो स्थानमा यथावत रहेको छ। समान ८ खेल खेलेको बार्बेडोस ट्राइडेन्टको २ जित र ६ हार पछि ४ अंक रहेको छ। त्यसैले अब जमैकालाई पछि पार्दै सेमीफाइनल पुग्न बार्बेडोसले दुवै खेलमा जित हात पार्नेपर्छ।

अब बार्बेडोस र जमैका बीच १० कुनै १ टिम सेमीफाइनल पुग्ने चौथो टिम हुनेछ। यस अघिनै ट्रिनबागो नाइट राइडर्स, गायना अमेजन वारियर्स र सेन्ट लुसिया जुक्स सेमीफाइनल पुगीसकेका छन्।

अब जमैकाले बाँकि २ खेल मध्ये १ खेल जितेमा सेमीफाइनल पुग्नेछ। अब जमैकाले सेप्टेम्बर ५ मा बार्बेडोससंग तथा सेप्टेम्बर ६ मा सेन्ट लुसिया बिरुद्ध खेल्नेछ।

अब बार्बेडोस ट्राइडेन्टले खेल्न बाँकी दुवै खेलमा जिते मात्र जमैकालाई पछि पार्दै सेमीफाइनल प्रवेश गर्न सक्छ। बार्बेडोसले अब गायनासंग र जमैकासंग खेल्नेछ। भोलि बिहान हुने खेलमा गायनासंग बार्बेडोस पराजित भएमा जमैका स्वतः सेमीफाइनल प्रवेश गर्नेछ।

सेन्ट किट्स सेमीफाइनल रेसबाट बाहिर 

दुवै टिमले १/१ अंक पाएपछि ९ खेलमा १ जित ७ हार र १ खेल नतिजाविहिन रहेपछि सेन्ट किट्स १ खेल खेल्न बाँकी रहंदा सेमीफाइनल रेसबाट बाहिरिएको छ।

CPLT20 : सन्दिप सम्मिलित जमैका सेमीफाइनलमा, बार्बेडोस बाहिरियो

IPL : स्टेनको नाममा छ आईपीएलमा सबैभन्दा तिब्र गतिको बलिंगको रेकर्ड, जान्नुस कति थियो गति

नेपाली टिमको मुख्य प्रशिक्षक सहित १० पदको लागि क्यानद्वारा आवेदन माग

लंका प्रिमियर लिगको मिति घोषणा

बिग ब्यास टिममा लिन स्टुवार्ट म्याकगिलको सिफारिसले सुनम उत्साहित

१४ वर्ष अघि : नेपालले २ बलमै खेल जित्दै चकित बनाएको थियो





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]