- विकेटनेपाल, माघ २५- बिहिबार
नेपाल र नामिबिया बीच आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत पहिलो खेलमा १३९ रन लक्ष पछ्याउने क्रममा नेपालले ४३ ओभरमा ८ विकेट गुमाएर १११ रन बनाएको अवस्थामा खेल रोकिएको छ।
नेपालको लागि सोमपाल कामि ११ रन तथा बसन्त रेग्मी ३ रन बनाएर क्रिजमा अविजित छन्। ज्ञानेन्द्र मल्ल ( १५ ) , पारस खड्का ( १९ ) , दिलिप नाथ ( ० ) , आरिफ शेख ( ० ) , शरद भेसावकर ( २९ ) , दिपेन्द्र ऐरी ( ६ ) , करन केसी ( ३ ) र रोहित पौडेल ( १७ ) आउट भएपछि नेपाल कठिन मोडमा पुगेको हो।
नेपाललाई जितको लागि ७ ओभरमा २८ रन आवस्यक छ र यसपछि सन्दिप लामिछाने मात्र ब्याटिंग गर्न बाँकी छन्।
अब के हुन्छ ?
मैदानमा हल्का वर्षा जारि छ । यो अवस्थामा खेल रोकिए नेपाल डी/एल मेथडको आधारमा हार्नेछ । नेपाली समय ९:३० बजे भित्र खेल सुचारु नभए खेलमा नामिबियालाई डी/एल मेथडको आधारमा बिजेता घोषणा गरिनेछ। नेपालको स्कोर १११/८ ( ४३ ओभर ) रहेको छ, नेपालको योगफल यो बेला १२४ रन भएको भए खेल रोकिएपनि नेपाल बिजयी हुने थियो। अब खेल सुरु गर्न प्रार्थना गर्नु बाहेक नेपालको अर्को उपाय छैन।
Officially, there is slim hope for Nepal. Because they bowled out Namibia so quickly in first innings, they have until 5:45 for a restart. So that’s an hour and 40 minutes before the match is officially called. It’s slightly sunny in distance & rain not as heavy but still falling
— Peter Della Penna (@PeterDellaPenna) February 8, 2018
यस अघि
खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नामिबियाले ३४.२ ओभरमा सबै विकेट गुमाउदै मात्र १३८ रन मात्रै बनाउन सक्यो ।
नामिबियाका लागि क्रेग विलियमसनले ४१ रनको आक्रामक पारि खेलेका थिए। ३४ बलमा ८ चौका प्रहार गरेका उनलाई जान फ्रान्कलिन तथा जेने ग्रीनले पनि समान २२/२२ रनको पारि खेलका थिए।विलियमसनलाई सन्दिप लामिछानेले एलबिडब्लु आउट गरे।
कुनै समय ७५/२ मा रहेको अवस्थाबाट बसन्त रेग्मी र सन्दिप लामिछानेले कसिलो बलिंग गरेपछि नामिबियाले थप ६ रन जोड्दा ४ विकेट गुमाउन पुगेको थियो ।
ओपनर स्टेफन बार्डले १८ रनको योगदान दिएको खेलमा तल्लोक्रममा ब्याटिंग गर्दै जेजे स्मिटले पनि १८ रनको योगदान गरे ।
जवाफमा नेपालका लागि लेग स्पिनर सन्दिप लामिछानेले ४ विकेट लिन ८.२ ओभरमा २ मेडन राख्दै १८ रन खर्चे भने सोमपाल कामिले ७ ओभरमा ३५ रन खर्चिदै ३ विकेट हात पारे । पारस खड्का, शरद भेसावाकरले १/१ विकेट झारे।