ग्लोबल टि-२० : वर्षाले दुवै खेल रद्द, आज सन्दिपको टिमलाई गर या मरको अवस्था

ग्लोबल टि-२० लिगको दोश्रो चरण अन्तर्गत मंगलबार रातिको दुवै वर्षाको कारण नतिजाविहिन टुंगिएको छ।

सोमपालको टिम विन्नीपेग हक्स र भानकुभर नाइट्स तथा ब्राम्पटन वुल्भ्स र एडमोन्टन रोयल्स बीचको खेल सम्भव नभए पछि ४ वटै टिमले १/१ अंक बाँडेका छन्। १ अंक पाएपछि सोमपालको टिम विन्नीपेग हक्स तेश्रो स्थानमा उक्लेको छ भने सन्दिपको टिम टोरोन्टो भने १ स्थान तल झर्दै पाँचौ स्थानमा पुगेको छ।

अब आज हुने दोश्रो चरणको अन्तिम खेलमा टोरोन्टोले मोन्टरियल टाइगर्सलाई पराजित गरे उत्कृस्ट-४ हुँदै प्ले-अफ चरण प्रवेश गर्नेछ। ब्राम्पटन र भानकुभर प्ले-अफ चरण प्रवेश गरिसकेका छन् भने विन्नीपेग पुग्नको लागि टोरोन्टो र मोन्टरियलको खेलको नतिजा आए मात्रै पुग्छ।

टोरोन्टो नेसनल्स र मोन्टरियल टाइगर्स बीचको खेल बुधबार राति १०:१५ बजे खेलिनेछ। यस अघि लिग चरणमा पनि टोरोन्टो र मोन्टरियल आमनेसम्मने भएका थिए जसमा टोरोन्टो ४ विकेटले विजयी भएको थियो।

अंकतालिका 

प्ले-अफ चरणको खेलमा बिहिबार देखि सुरु हुनेछ। पहिलो क्वालीफायर खेल ब्राम्पटन र भानकुभर बीच बिहिबार राति १०:१५ बजे हुनेछ जसको विजेता फाइनल प्रवेश गर्नेछ। उक्त खेल हार्ने टिमले बिहिबारनै हुने तेश्रो र चौथो बीचको इलिमीनेटरको विजेतासंग शनिवार खेल्नेछ। फाइनल खेल आइतबार खेलिनेछ। प्रतियोगिताको गत संस्करणको उपाधि भानकुभरले जितेको थियो।


प्रतियोगितामा नेपाली स्पिनर सन्दिप लामिछानेले २ तथा सोमपाल कामिले १ खेल खेलेका छन्। सन्दिपले २ खेलमा २ विकेट लिएका छन् भने सोमपाल विकेटविहिन रहेका थिए। सोमपालले एनमोन्टन बिरुद्ध खेलमा २ ओभरमा ३३ रन खर्चे पनि विकेट लिन सकेका थिएनन्। सन्दिपले आफ्नो पहिलो खेलमा ब्राम्पटन बिरुद्ध १ विकेट लिन ४४ रन खर्चेका थिए भने दोश्रो खेलमा राम्रो पुनरागमन गर्ने क्रममा उनले मोन्टरियल बिरुद्ध २८ रन खर्चेर १ विकेट लिए।

 





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]