सुरेश रैनालेले पनि लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

भारतीय क्रिकेटर सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। भारतीय पुर्व कप्तान महेन्द्र सिंह धोनीले सन्यास लिएसंगै ३४ वर्षीय रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने घोषणा गरेका हुन्।

भारतको लागि १८ टेस्ट, २२६ एकदिवसीय तथा ७८ टि-२० खेलेका रैना अन्तिम पटक २०१८ मा भारतको जर्सीमा देखिएका थिए। उनले इंग्ल्यान्ड बिरुद्ध २०१८ जुलाईमा एकदिवसीय खेलेका थिए। अन्तिम टेस्ट भने उनले २०१५ मा अस्ट्रेलिया बिरुद्ध खेलेका थिए।

रैनाले भारतको लागि सन् २००५ मा श्रीलंका बिरुद्ध एकदिवसीयमा डेब्यु गरेका थिए भने २००६ मा टि-२० र २०१० मा टेस्ट डेब्यु गरेका थिए।

बायाँ हाते ब्याट्सम्यानले एकदिवसीय करियरमा ५ शतक र ३६ अर्धशतक मद्दतले ५,६१५ रन बनाएका थिए। यस्तै टेस्टमा १ शतक र ७ अर्धशतक मद्दतले ७६८ रन तथा टि-२० मा १ शतक र ५ अर्धशतक मद्दतले १,६०५ रन बनाएका छन्।

रैना भारतले २०११ को टि-२० विश्वकप जित्दा टिमको सदस्य रहेका थिए। उनि क्रिकेटको तिन वटै फर्म्याटमा शतक प्रहार गर्ने पहिलो भारतीय ब्याट्सम्यान समेत हुन्। उनले सन् २०१० को टि-२० विश्वकपमा शतक बनाउदै भारतकै पहिलो र विश्वकै तेश्रो टि-२० विश्वकपमा शतक प्रहार गर्ने ब्याट्सम्यान बनेका थिए।

रैना भारतको लागि डेब्यु टेस्टमा शतक बनाउदै १२ औं भारतीय खेलाडी समेत हुन्। यस्तै उनि टि-२० र एकदिवसीय विश्वकपमा शतक बनाउने एक मात्र भारतीय ब्याट्सम्यान पनि हुन्।

रैनाले सन् २०११ को वेस्टइन्डिज टुरमा भारतीय टिमको कप्तानी समेत गरेका थिए जुन सिरिज भारतले जितेको थियो। यस्तै २०१४ को बंगलादेश सिरिज मा समेत उनले भारतको दोश्रो पटक कप्तानी गरेका थिए।

पछिल्लो समय भारतीय टिममा नपरेता पनि रैना आईपीएलमा भने लगातार धोनी कप्तानीको टिममा उपकप्तानको रुपमा खेलीरहेका छन्। आईपीएलमा ५ हजार रन बनाउने रैना पहिलो क्रिकेटर समेत हुन्।

https://wicketnepal.com/dhoni-retirement-wn20/

https://wicketnepal.com/cpl-t20-jamaica-team-prev-wn20/

https://wicketnepal.com/5-companied-keen-ipl-title-spon-wn20/





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]