स्याम्सनको शतक गर्यो व्यर्थ, हैदराबादको पहिलो जित

इन्डियन प्रिमियर लिग अन्तर्गत आठौँ खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको छ। लगातार दोश्रो खेल हारेको राजस्थानको जितको प्रतिक्षा अझ लम्बिएको छ।

जितसंगै हैदराबाद अंकतालिकाको चौथो स्थानमा उल्केको छ भने राजस्थान अन्तिम स्थानमा झरेको छ। अंकतालिकामा लगातार २ जितको साथ कोलकाता र चेन्नाई पहिलो र दोश्रो स्थानमा छन्।

खेलमा पहिले ब्याटिंग गर्दै राजस्थानले दिएको १९९ रनको लक्ष्य हैदराबादले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो।

१९९ रनको लक्ष्य पछ्याउने क्रममा सनराइजर्स हैदराबादले उत्कृस्ट सुरुवात गर्यो। लगातार दोश्रो पटक डेभिड वार्नर र जोन्नी बेयरस्टोले पहिलो विकेटको लागि शतकीय साझेदारी गरे।

वार्नर ६९ रन तथा बेयरस्टो ४५ रन बनाएर आउट भए। विस्फोटक ब्याटिंग गरेका वार्नरले ३७ बलमा ९ चौका र २ छक्का तथा बेयरस्टोले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

दुवै ओपनर आउट भएपछि तेश्रो विकेटको लागि कप्तान केन विलियमसन र विजय शंकरले ४७ रनको साझेदारी गरे। विलियमसन १४ तथा विजय ३५ रन ( १५ बलमा १ चौका र ३ छक्का ) बनाएर आउट भए भने त्यसपछि मानिस पाण्डे पनि १ रन मात्रै बनाएर आउट भए। हैदराबादको योगफल ११०/१ बाट १५.४ ओभरमा १६७/५ पुग्यो।

त्यसपछि केहि दबाबमा आएको हैदराबादको इनिंगलाई युसुफ पठन र राशिद खानले छैठौं विकेटको लागि ३४ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

प्लेयर अफ द म्याच समेत चुनिएका राशिदले १९ औं ओभरको अन्तिम २ बलमा क्रमशः चौका र छक्का प्रहार गर्दै जितसम्म पुर्याएका थिए। रशिदले ८ बलमा १५ तथा युसुफले १२ बलमा १ छक्का मदतले १६ रन बनाएर अविजित रहे।

हैदराबाद बलर श्रेयस गोपालले सर्वाधिक ३ विकेट ( ४-०-२७-३ ) लिए भने बेन स्टोक्स ( ३-०-४०-१ ) र जयदेब उनदकत ( ३-०-२६-१ ) ले १/१ विकेट लिए।

संजु स्यामसनको शतक

टस जितेर ब्याटिंग गर्ने क्रममा राजस्थानले ओपनर जोस बटलरलाई व्यक्तिगत ५ रनमा गुमाएको थियो। दोश्रो विकेटको लागि कप्तान अजिंक्य रहाने र संजु स्यामसनले ११९ रनको साझेदारी गरे।

रहाने ४९ बलमा ३ छक्का र ४ चौका मदतले ७० रन बनाएर १६ औं ओभरमा आउट भए। त्यसपछि स्यामसनले आफ्नो पहिलो शतक पुरा गरे र अन्तिमसम्म अविजित रहे।

अविजित १०२ रन बनाउने क्रममा स्यामसनले ५५ बलमा १० चौका र ४ छक्का प्रहार गरे। अर्का अविजित ब्याट्सम्यान बेन स्टोक्सले अविजित १६ रन बनाउन ९ बलमा ३ चौका प्रहार गरे।

२० ओभरमा २ विकेट मात्र गुमाएर राजस्थानले १९८ रनको योगफल तयार गरेको थियो।

महँगो सावित हुने क्रममा सनराइजर्स हैदरावाद बलर भुवनेश्वर कुमारले ४ ओभरमा विकेटविहिन रहँदै ५५ रन खर्चिए। राशिद खान ( ४-०-२४-१ ) र शाहबाज नदीम ( ३-०-३६-१ ) ले १/१ विकेट लिए।

 





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]