राजन डाँगीको शतकमा जी.यस.यान/यस बंगाले बिजयी – चौथो दिन ( एनकासा इन्टर फर्म टी-२० )

  • विकेटनेपाल, ११ माघ- बिहिबार 

किर्तिपुर स्थित ल्याबरेटरि स्कुल मैदानमा जारि सातौं एनकासा इन्टर फर्म टी-२० क्रिकेट प्रतियोगिताको पाँचौ दिन ३ खेल सम्पन्न भएका छन्।

पहिलो खेल

१५ ओभरमा झारिएको खेलमा जी यस यान/ यस बंगालेले बी के ए जीलाई १०८ रनले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै जी यस यान/ यस बंगालेले बनाएको २०३ रनको पिच्छा गर्ने क्रममा बी के ए जीले निर्धारित १५ ओभरमा मात्र ९५ रन जोड्न सक्यो। पहिले ब्याटिंग गर्दै जी यस यान/ यस बंगालेका लागि मात्र ३५ बलमा १०७ रनको आक्रामक शतकीय इनिंग खेलेका राजन डाँगी खेलको म्यान अफ दि म्याच घोषित भए।


दोस्रो खेल 

दिनको दोस्रो खेलमा पी आर एस एच/ एण्ड पौडेल/ एण्ड लामिछानेले बश्याल/ रॉबिन सुबेधि एसोसिएटलाई १७ रनले हरायो। पहिले ब्याटिंग गरेको पी आर एस एच/ एण्ड पौडेल/ एण्ड लामिछानेले खेलको म्यान अफ दि म्याच घोषित भएका सलिल पोखरेलको ४५ रनको मदतमा १४४ रन जोडेको थियो। जवाफमा १४५ रनको लक्ष्य पछ्याएको बश्याल/ रॉबिन सुबेधि एसोसिएटले ५ विकेट गुमाउंदै १२७ रन मात्र जोड्न सक्यो। उसका सन्दिप ठगुन्नाले ४० रनको योगदान गरेपनि यो जितका लागि पर्याप्त भएन।

 

मैत्रीपूर्ण खेल सम्पन्न

एनकासा र व्हीलचेयर क्रिकेट एसोसिएशन अन्तर्गतको पारा स्टैंडिंग क्रिकेट टीम बीच मॉत्रिपुर्ण खेल भएको छ। फेब्रुअरी २१ र २२ तारिखमा भारतमा हुने प्रतियोगितामा सहभागी हुन लागेको पारा स्टैंडिंग क्रिकेट टीमले एनकासा बिरुद्ध तयारि स्वरूप मैत्रीपूर्ण खेल खेलेको थियो।

पहिले ब्याटिंग गर्दै एनकासाले दिएको ७९ रनको लक्ष्य पछ्याएको पारा स्टैंडिंग क्रिकेट टीमले १ रनको झिनो हार बेहोर्न पुग्यो। म्यान अफ दि म्याच बनेका ऋषि पोखरेलले उत्कृस्ट प्रदर्शन गर्दा एनकासाले रोमान्चक जित दर्ता गर्यो।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]