राजन डाँगीको शतकमा जी.यस.यान/यस बंगाले बिजयी – चौथो दिन ( एनकासा इन्टर फर्म टी-२० )

२०७४ माघ ११, बिहीबार २१:०८

  • विकेटनेपाल, ११ माघ- बिहिबार 

किर्तिपुर स्थित ल्याबरेटरि स्कुल मैदानमा जारि सातौं एनकासा इन्टर फर्म टी-२० क्रिकेट प्रतियोगिताको पाँचौ दिन ३ खेल सम्पन्न भएका छन्।

पहिलो खेल

१५ ओभरमा झारिएको खेलमा जी यस यान/ यस बंगालेले बी के ए जीलाई १०८ रनले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै जी यस यान/ यस बंगालेले बनाएको २०३ रनको पिच्छा गर्ने क्रममा बी के ए जीले निर्धारित १५ ओभरमा मात्र ९५ रन जोड्न सक्यो। पहिले ब्याटिंग गर्दै जी यस यान/ यस बंगालेका लागि मात्र ३५ बलमा १०७ रनको आक्रामक शतकीय इनिंग खेलेका राजन डाँगी खेलको म्यान अफ दि म्याच घोषित भए।


दोस्रो खेल 

दिनको दोस्रो खेलमा पी आर एस एच/ एण्ड पौडेल/ एण्ड लामिछानेले बश्याल/ रॉबिन सुबेधि एसोसिएटलाई १७ रनले हरायो। पहिले ब्याटिंग गरेको पी आर एस एच/ एण्ड पौडेल/ एण्ड लामिछानेले खेलको म्यान अफ दि म्याच घोषित भएका सलिल पोखरेलको ४५ रनको मदतमा १४४ रन जोडेको थियो। जवाफमा १४५ रनको लक्ष्य पछ्याएको बश्याल/ रॉबिन सुबेधि एसोसिएटले ५ विकेट गुमाउंदै १२७ रन मात्र जोड्न सक्यो। उसका सन्दिप ठगुन्नाले ४० रनको योगदान गरेपनि यो जितका लागि पर्याप्त भएन।

 

मैत्रीपूर्ण खेल सम्पन्न

एनकासा र व्हीलचेयर क्रिकेट एसोसिएशन अन्तर्गतको पारा स्टैंडिंग क्रिकेट टीम बीच मॉत्रिपुर्ण खेल भएको छ। फेब्रुअरी २१ र २२ तारिखमा भारतमा हुने प्रतियोगितामा सहभागी हुन लागेको पारा स्टैंडिंग क्रिकेट टीमले एनकासा बिरुद्ध तयारि स्वरूप मैत्रीपूर्ण खेल खेलेको थियो।

पहिले ब्याटिंग गर्दै एनकासाले दिएको ७९ रनको लक्ष्य पछ्याएको पारा स्टैंडिंग क्रिकेट टीमले १ रनको झिनो हार बेहोर्न पुग्यो। म्यान अफ दि म्याच बनेका ऋषि पोखरेलले उत्कृस्ट प्रदर्शन गर्दा एनकासाले रोमान्चक जित दर्ता गर्यो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy