गेलको बिष्फोटक ब्याटिंगमा राजस्थान बिरुद्ध पन्जाबको जित ( आईपिएल )

Chris Gayle

इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सोमबार सम्पन्न एक मात्र खेलमा किंग्स ११ पन्जाबले राजस्थान रोयल्सलाई १४ रनले पराजित गरेको छ।

राजस्थानको घरेलु मैदानमा पहिले ब्याटिंग गर्दै पन्जाबले दिएको १८५ रनको लक्ष्य पछ्याउन चुक्दा घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७० रन मात्र जोड्न सक्यो। राजस्थानको चेजमा जस् बट्लरले सर्वाधिक ६९ रन जोडे।

ठूलो लक्ष्य पछ्याउने क्रममा कुनै समय १४८/२ को उत्कृस्ट अवस्थामा रहेको रोयल्सले लगातार विकेट गुमाउंदा खेलमा हार बेहोर्नु पर्यो। उसका जस् बट्लरले मात्र ४३ बलमा १० चौका र २ छक्का सहित ६९ रन जोड्दै टोलीलाई जिततर्फ लैजाने प्रयास गरेपनि सफल हुनसकेनन्। यस्तै संजु स्याम्सनले ३० र अजिंक्या रहानेले २७ रन जोडेपनि त्यो जितका लागि पर्याप्त रहेको थिएन।

बट्लरलाई आश्विनले मान्कड़ आउट गरेपछि खेलले दिशा परिवर्तन गरेको थियो। आश्विनले बलिंग गर्दै गर्दा बलरलाई नहेरी क्रिज छोडेको बेला आश्विनले बटलरले क्रिज छोडेपछि स्टम्प ढालेका थिए जसपछि थर्ड अम्पायरले आउट घोषणा गरेको थियो। बट्लरले क्रिज छोडीरहेको देखेपछि आश्विनले आफ्नो बलिंग याक्सन रोकेर स्टम्प ढालेका थिए। खेलको दौरान कमेन्टेटरले आश्विनको आलोचना गरेका थिए। खेलपछि आश्विनले पत्रकार सम्मेलनमा बोल्दै आफुले यो काम कुनै पुर्व योजना अन्तर्गत नगरेको बताएका छन्।

पन्जाबको बलिङ्गमा साम करन, अंकित राजपुत र मुजिब रहमानले सर्वाधिक २-२ विकेट लिए। यस्तै रबि अश्विनको नाममा १ विकेट रह्यो।

गेलको आक्रामक ब्याटिंग 

यसअघि खेलमा पहिले ब्याटिंग गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन जोडेको थियो। पन्जाबका लागि ओपनर ब्याट्सम्यान क्रिस गेलले सर्वाधिक ७९ तथा सरफराज खानले अविजित ४६ रनको योगदान गरेका थिए।

बिष्फोटक ब्याटिंग गरेका गेलले मात्र ४७ बलमा ८ चौका र ४ छक्का प्रहार गरेका थिए। कुनै समय १४४/२ को राम्रो अवस्थामा रहेको पन्जाबले गेलको विकेट पश्चात भने खुलेर रन जोड्न सकेको थिएन। इनिंगको अन्त्यतर्फ सरफराज खानले ठूला सट खेल्दै स्कोरलाई १८४ रन सम्म पुर्याएका थिए। २९ बलको सामना गरेका सरफराजले ६ चौका र १ छक्का प्रहार गरेका थिए।

यस्तै पन्जाबका निकोलस पुरनले १२, मन्दिप सिंहले अविजित ५ र लोकेश राहुलले ४ रन जोडेका थिए।

राजस्थानको बलिङ्गमा बेन स्टोक्सले सर्वाधिक २ विकेट हात पारेका थिए। यस्तै धवल कुल्कर्नी र कृष्नप्पा गौतमको नाममा समान १-१ विकेट रह्यो।

Photo : IPL





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]