IPL : राजस्थान-पन्जाब खेलमा बनेका १० रेकर्ड, टुट्यो १२ वर्ष पुरानो रेकर्ड

१३ औं आईपीएल अन्तर्गत आइतबार राति सम्पन्न नवौं खेलमा पन्जाबले दिएको २२४ रनको लक्ष्य पछ्याउदै राजस्थानले सनसनीपूर्ण जित दर्ता गर्यो। मायाँक अग्रवालले १०६ तथा केएल राहुलले ६९ रन बनाएपछि पन्जाबले टस हारेर २० ओभरमा २ विकेट मात्र गुमाएर २२३ रन बनाएको थियो। २२४ रनको लक्ष्य ३ बल बाँकी रहँदै पुरा गर्दा राजस्थानका सन्जु स्यामसनले ८५, राहुल तेवतियाले ५३ तथा स्टिभ स्मिथले ५० रन बनाए। खेलको क्रममा बनेका रेकर्डहरुको यस लेखमा चर्चा गरेका छौँ –

१) १२ वर्ष पुरानो आफ्नै रेकर्ड तोड्दै राजस्थानले पछ्यायो लिग इतिहासकै सबैभन्दा ठूलो लक्ष्य 

आईपीएलको सुरुवात संस्करण २००८ मा राजस्थानले बनाएको लक्ष्य १२ वर्ष पछि आफैले तोडेको छ। लामो समय अटुट रहेको रेकर्ड तोड्ने क्रममा राजस्थानले २२४ रनको लक्ष्य पछ्याएको हो। २००८ मा डेक्कन चार्जर्सले दिएको २१६ रनको लक्ष्य राजस्थानले पछ्याएको थियो। सन् २०१७ मा दिल्लीले गुजरातले दिएको ११० रनको लक्ष्य पछ्याएको थियो।

२) अन्तिम ५ ओभरमा सबैभन्दा धेरै रन ( सफलतापूर्वक लक्ष्य पछ्याएको खेलमा ) 

लक्ष्य पछ्याउने क्रममा राजस्थानले अन्तिम ५ ओभरमा ८६ रन बनायो जुन लिग इतिहासमै सफलतापूर्वक लक्ष्य पछ्याईएको खेलमा सर्वाधिक हो। यस अघि २०१२ मा चेन्नाईले बैंगलोर बिरुद्ध खेल जित्दा अन्तिम ५ ओभरमा ७७ रन बनाएको थियो। बैंगलोर, चेन्नाई र कोलकाताले संयुक्त रुपमा तेश्रो धेरै ७२ रन बनाएको थियो।

३) एकै खेलमा बनेको चौथो सर्वाधिक रन 

खेलमा पन्जाबले २२३ तथा राजस्थानले २२६ रन सहित कुल ४४९ रन बन्यो जुन लिग इतिहासमा एकै खेलमा बनेको चौथो सर्वाधिक रन हो। सबैभन्दा धेरै २०१० मा चेन्नाई र राजस्थान रोयल्स बीचको खेलमा ४६९ रन बनेको थियो। दोश्रो धेरै पन्जाब र कोलकता बीच २०१८मा ४५९ रन, तेश्रो धेरै मुम्बई र पन्जाब बीच २०१७ मा ४५३ रन बनेको थियो।

४) चौका प्रहार नगरी सबैभन्दा धेरै छक्का 

राहुल तेवतियाले खेलमा ७ छक्का प्रहार गर्दा कुनै पनि चौका प्रहार गरेनन्। लिग इतिहासमा कुनै पनि चौका प्रहार नगरी प्रहार गरिएको यो संयुक्त रुपमा सर्वाधिक छक्का हो। यस अघि संजु स्यामसन र नितिश रानाले २०१७ मा चौका प्रहार नगरी समान ७ छक्कानै हिर्काएका थिए।

५) भारतीय ब्याट्सम्यान ब्याट्सम्यानको दोश्रो छिटो शतक 

पन्जाब ओपनर मायाँक अग्रवालले ४५ बलमा पुरा गरेको शतक आईपीएलमा भारतीय ब्याट्सम्यानले बनाएको दोश्रो छिटो शतक हो। लिग इतिहासमा सबैभन्दा छिटो शतक प्रहार गर्ने भारतीय ब्याट्सम्यान युसुफ पठन हुन् जसले २०१० मा ३७ बलमा शतक बनाएका थिए। तेश्रो छिटो शतक मुरली विजयले ४६ बलमा २०१० मा राजस्थान बिरुद्ध बनाएका थिए। चौथो छिटो बिराट कोहलीले ४७ बलमा तथा पाँचौ छिटो विरेन्द्र सेहवागले ४८ बलमा बनाएका थिए।

६) पन्जाब ब्याट्सम्यानको दोश्रो छिटो शतक 

मायाँक अग्रवालको ४५ बलको शतक पन्जाबको ब्याट्सम्यानले लिगमा बनाएको दोश्रो छिटो शतक हो। २०१३ मा डेभिड मिलरले बैंगलोर बिरुद्ध ३८ बलमा शतक बनाएका थिए जुन पन्जाब ब्याट्सम्यानको लिग इतिहासमा सबैभन्दा छिटो शतक हो।

७) पहिलो विकेटको लागि इतिहासकै तेश्रो ठूलो साझेदारी 

राहुल र अग्रवालले पहिलो विकेटको लागि गरेको १८३ रनको साझेदारी आईपीएल इतिहासकै पहिलो विकेटको लागि तेश्रो ठूलो साझेदारी हो। यस्तै समग्रमा यो कुनै पनि विकेटको लागि आठौँ ठूलो साझेदारी हो। पहिलो विकेटको लागि सबैभन्दा ठूलो साझेदारी १८५ रनको थियो जुन तोड्न अग्रवाल र राहुल थोरैले चुके। जोनी बेयरस्टो र डेभिड वार्नरले गत सिजन बैंगलोर बिरुद्ध उक्त साझेदारी गरेका थिए। पहिलो विकेटको लागि दोश्रो ठूलो साझेदारी १८४ रनको हो जुन गौतम गम्भीर र क्रिस लिनले २०१७ मा गुजरात लायन्स बिरुद्ध गरेका थिए।

अग्रवाल लिग इतिहासमै दोश्रो छिटो शतक बनाउने भारतीय खेलाडी बने

८) पन्जाबको पहिलो विकेटको लागि सबैभन्दा ठूलो साझेदारी 

अग्रवाल र राहुल बीचको पहिलो विकेटको लागि १८३ रनको साझेदारी पन्जाब ब्याट्सम्यानहरुले लिग इतिहासमै पहिलो विकेटको लागि गरेको सबैभन्दा ठूलो साझेदारी हो। यस अघि एडम गिलक्रिस्ट र पल भाल्थाटिले २०१३ मा मुम्बई बिरुद्ध पहिलो विकेटको लागि १३६ रनको साझेदारी गर्दै रेकर्ड बनाएका थिए जुन रेकर्ड ७ वर्षपछि अग्रवाल र राहुलले तोडेका हुन्। समग्रमा भने यो पन्जाब ब्याट्सम्यानको कुनै पनि विकेटको लागि गरिएको दोश्रो ठूलो साझेदारी हो। पन्जाबको लागि सबैभन्दा ठूलो साझेदारीको रेकर्ड एडम गिलक्रिस्ट र शन मार्शको नाममा रहेको छ जसले २०११ मा बैंगलोर बिरुद्ध दोश्रो विकेटको लागि २०६ रनको साझेदारी गरेका थिए।

९) राजस्थान बिरुद्ध पन्जाबको सर्वाधिक योगफल 

२२३ रनको योगफल लिग इतिहासमा पन्जाबले राजस्थान बिरुद्ध बनाएको सर्वाधिक योगफल हो। १२ वर्ष अघि २००८ मा पन्जाबले २२१ रन बनाएको बनाएको थियो। २ पटक मात्र पन्जाबले राजस्थान बिरुद्ध २ सय रन बढी योगफल बनाउन सकेको छ। शारजाह मैदानमा पन्जाबले २०१४ मा राजस्थान बिरुद्ध १९३ रन बनाएको थियो।

१०) जारि सिजनमा पावरप्लेमा सर्वाधिक रन 

राजस्थानले लक्ष्य पछ्याउने क्रममा पावरप्लेको ६ ओभरमा ६९ रन बनाएको थियो जुन आईपीएल २०२० मा पहिलो ६ ओभरमा बनेको सर्वाधिक रन हो। यही खेलमा पन्जाबले पहिलो ६ ओभरमा ६० रन बनाएको थियो जुन दोश्रो धेरै रन हो। तेश्रो धेरै ५९ रन कोलकाता बिरुद्ध मुम्बईले बनाएको थियो।

सनसनीपूर्ण खेलमा राजस्थान विजयी, टुट्यो १२ वर्ष पुरानो रेकर्ड

पुरनको फिल्डिंग हेरे पछि सचिनले भने “जीवनमा देखेको सबैभन्दा उत्कृस्ट”

क्यानले गरेको खेलाडी वर्गीकरणको आधार प्रस्ट नभएको भन्दै पुनर्विचार गर्न सिप्यानको आग्रह

तयार भयो पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपीआर ( फोटो फिचर )





थप समाचार

यु १९ एसिया कप खेलतालिका सार्वजनिक

काठमाडौं । एसियान क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा यु १९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । पहिलो खेलमा […]

एनपीएल : गुर्खाजले भित्र्यायो इंग्ल्यान्डका अलराउण्डर ड्यान डौथवेट

काठमाडौँ, नेपाल – काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको प्रमुख क्रिकेट फ्रेन्चाइज काठमाडौँ गुर्खाजले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का लागि […]

अस्ट्रेलियामाथि पाकिस्तानको जित

काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानसँगको दोस्रो ओडिआईमा शुक्रवार ९ विकेटले पराजित भएको छ । ३ खेलको ओडिआई सिरिजमा पाहुना […]

ओमानले युएईलाई हरायो

काठमाडौं । ओमानले विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई पराजित गरेको छ । बिहीवार भएको खेलमा ओमानले युएईमाथि […]

विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित

नेपालले आइसिसी यु-१९ महिला विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । युएईमा जारी छनोटमा बिहीवार नेपालले कुवेतलाई […]

नेपाल र कुवेत खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-ट्वान्टी विश्वकपको एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतको सामना गर्दैछ । नेपाल र […]