खुकुरी कप: राजबिर सिंह विस्फोटक इनिंगमा च्यालेन्जर्स बिजयी

  • विकेटनेपाल, माघ १६ – मंगलबार

खुकुरी च्यालेंजर्स कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएका खेलहरुमा आरसीए प्युठान च्यालेंजर्स र शान्तिनगर युथ क्लबले जित दर्ता गरेका छन् ।

पहिलो खेल: आरसीए प्युठान च्यालेंजर्स   Vs मलपोखरी क्रिकेट क्लब

मुलपानी मैदानमा भएको दिनको पहिलो खेलमा आरसीए प्युठान च्यालेंजर्सले प्रतियोगितामा दोश्रो जित हातपार्ने क्रममा मलपोखरी क्रिकेट क्लबलाई ११७ रनको फराकिलो जित दर्ता गरेको छ । यसअघि उसले अल्टिमेट इन्डोर क्रिकेटलाई ८ विकेटले पराजित गरेको थियो ।

टस हारेर पहिले ब्याटिंग गरेको आरसीए प्युठान च्यालेंजर्सले राजबिर सिंहको अविजित ९३ रनको विस्फोटक इनिंगको मद्दतमा २० ओभरमा २ विकेट गुमाएर १९३ रन बनाएको थियो। यु-१९ रास्ट्रिय क्रिकेटर समेत रहीसकेका तथा एभरेस्ट प्रिमियर लिगमा ललित प्याट्रिएट्सको प्रतिनिधित्व गरेका राजबिर सिंहले ५८ बलमा ७ चौका र ७ छक्का छक्का प्रहार गरे।

राजबिर सिंह

पहिलो विकेटको लागि सुबेन्दु पाण्डेले ४५ रन (२० बल, ७ चौका, २ छक्का) र प्रेम तामांगले ३९ रन (३६ बल, ७ चौका) को पारि खेल्दै ६५ रनको साझेदारी गरेका थिए। त्यसपछि दोश्रो विकेटको लागि प्रेम तामांगले राजबिर सिंहसँग ९८ रनको साझेदारी गरे।

तेस्रो विकेटको लागि लोकेश बमसँग राजबिरले अविजित ३० रनको साझेदारी गरे। बमले ९ रन बनाउन ७ बलमा १ छक्का प्रहार गरे ।

१९४ रनको बिशाल लक्ष्य पछ्याएको मलपोखरी क्रिकेट क्लबले १६.४ ओभरमा सबै विकेट गुमाउदै ७६ रनमात्र बनाउन सक्यो । उसका लागि गौरभ कटुवाल दोहोरो अंकमा रन बनाउने एकमात्र खेलाडी रहे । उनले अविजित २४ रन बनाए।

मलपोखरीलाई सस्तैमा समेट्न म्यान अफ द म्याच समेत घोषित राजबिर सिंहले ४ विकेट हात पार्न ४ ओभरमा १ मेडन सहित मात्र १५ रन खर्चे। यस्तै यज्ञमान कुमालले ३ विकेट लिए।

खेलको स्कोरकार्ड हेर्न क्लिक गर्नुस 

दोश्रो खेल: शान्तिनगर युथ क्लब Vs केसीटीसी

आजै भएको दोश्रो खेलमा शान्तिनगर युथ क्लबले काठमाण्डौ क्रिकेट ट्रेनिंग सेन्टर (केसीटीसी) लाई ६ रनले पराजित गर्यो।

टस जितेर पहिले ब्याटिंग गरेको शान्तिनगरले अमित श्रेष्ठको ५१ रनको पारीको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो। अमितले ५२ बलमा ५ चौका प्रहार गरेका थिए।

ब्याटिंग गर्दै अमित श्रेष्ठ

२८ अतिरिक्त पाएको शान्तिनगरका लागि कुशल भुर्तेलले २५ रन प्रहार गर्न १६ बलमा ५ चौका प्रहार गरे भने योगेन्द्र कार्कीले १७ र मन्जित श्रेष्ठले १६ रनको पारी खेले। केसीटीसीका नन्दन यादव र आदील खानले २/२ विकेट हात पारे।

जवाफमा लक्ष्य पछ्याएको केसीटीसीले २० ओभरमा ६ विकेट गुमाउदै १५३ रन मात्र बनाउन सक्यो। बिबेक रानामगरले ४१ रन (३४ बल, ४ चौका, १ छक्का), आदील खानले ३९ रन (२९ बल, १ चौका, ३ छक्का) तथा संजय बस्नेतले अविजित २५ रन ( १२ बल, ३ छक्का ) बनाएपनि जित दिलाउन सकेनन्।

बलिंगतर्फ शान्तिनगरका सुनिल धमला र मुकुन्द यादवले समान २/२ विकेट हात पारे।

अर्धशतक प्रहार गरेका अमित श्रेष्ठ म्यान अफ द म्याच घोषित भए।

अंक तालिका 

Group A

TEAM MATCH WIN LOSS NO RESULT POINTS Run Rate
Shantinagar Youth Club 4 3 0 1 10 +1.94
RCA Pyuthan Challengers 4 2 1 1 7 +2.42
KCTC 3 1 1 1 4 +0.025
Ultimate Indoor Cricket 3 0 2 1 1 -1.68
Malpokhari Cricket Club 2 0 2 0 0 -4.89

भोलिहुने खेलहरु:

पहिलो खेल: जीएचसीए Vs नेपाल क्रिकेट स्कुल

दोश्रो खेल: ओएसीस क्रिकेट एकेडेमी Vs त्रिभुवन आर्मी क्लब

( फिचर फोटो – फाइल फोटो )





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]