राजबिराजमा संचालित राजबिराज मेयर कप सप्तरी महिला प्राईड लिग टि ट्वान्टी क्रिकेट प्रतियाेगिताकाे उपाधी राजबिराजले उचालेकाे छ।
राजबिराज राेयल्सले खडक क्विन्सलाई ५ विकेटले पराजित गर्दै उपाधी माथि कब्जा जमाएकाे हाे।
राजबिराजका अपसरी बेगमले उत्कृष्ट ब्याटिंग गर्दै ६२ रन बनाएपछि राजबिराजका लागि जित सहज भएकाे हाे। यसैगरी अर्का ब्याटर अपेक्षा यादबले ३३ ले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।
शनिवार स्थानिय पविमाबिकाे खेलमैदानमा खडक क्युईन्स र राजबिराज राेयल्स बिच भएकाे फाईनल खेलमा टस जितेर खडकले निर्धारित २० ओभरमा
७ विकेट गुमाएर १ सय २९ रनकाे याेगफल खडा गरेका थिए।
जसमा ममता चाैधरीले उत्कृष्ट ब्याटिंग गर्दै ४९ बलमा ९ चाैकाकाे मदतले ६२ रन बनाएका थिए । यसैगरी अर्का ब्याटर टीका साहले ३७ रन र अलिसा यादबले १८ रन बनाएका थिए ।
यता बलिंग तर्फ राजबिराज राेयल्सका अपेक्षा यादबले २ बिकेट तथा सिवानी साह, साक्षी यादबले समान्य १/१ विकेट लिएका थिए।
प्रतिउत्तरमा १ सय ३० रनकाे लक्ष्य लिएका राजबिराज राेयल्सले १८ ओभरमा ५ विकेट गुमाएर जित हात पारेकाे हाे।
जसमा अपसरी बेगम ६२ रन, अपेक्षा यादब ३३, रन र चान्दनी खातुनले १२ रन बनाएका थिए।
बलिंग तर्फ खडक क्युईन्सका भुमी सिँह २ बिकेट तथा माेनिका सिँह र सुस्मिता यादबले १/१ बिकेट लिएका थिए।
प्रतियाेगिताकाे फाईनल प्लेयर अफ दि म्याच अपसरी बेगम घाेषित भइन्।
यसैगरी प्रतियाेगिताकाे बेस्ट ब्याटर ममता चाैधरी, बेस्ट बलर भुमी सिँह र प्लेयर अफ दि सिरिज अपसरी बेगम घाेषित भएकाे छ।
उक्त अवसरमा राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविन, सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठ, नेपाल क्रिकेट सँघका सलेक्टर मुर्तजा हवाडी, राजबिराज वडा ४ का वडा सदस्य राजेश्वरी थापा, राजबिराज वडा ५ का वडा सदस्य संताेष मण्डल, लगायतले विजेता, उपबिजेताहरूलाई कप, शिल्ड, प्रमाणपत्र पुरस्कार प्रदान गरेका थियाे भने कार्यक्रमकाे संचालन सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले गरेका थिए।