राजबिराज नगरपालिकाद्धारा क्रिकेट खेलाडि सम्मानित

११ बैशाख, राजबिराज

बिराटनगर महानगरपालिकाको आयोजनामा गत चैत्र २२ गते देखि २६ गते सम्म आयोजित मेयर कप अन्तर नगरपालिका स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत विजेता राजबिराज नगरपालिकाका क्रिकेट खेलाडिहरुलाई एक कार्यक्रमको आयोजना गरि राजबिराज नगरपालिकाद्धारा सम्मानित गरिएको छ ।

आईतवार सम्पन्न कार्यक्रममा राजबिराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र प्रसाद यादवद्धारा टोलिका १८ जना खेलाडि तथा अफिसियललाई जनहि १५ हजार बरावरको क्रिकेट सामाग्रि हस्तान्त्रण गरिएको छ । जस अन्तर्गत जनहि खेलाडिलाई क्रिकेट ब्याट, प्याड, ब्याटिंग ग्लोब्स, थाई गार्ड, किट ब्याग लगायतका सामाग्रि बितरण रहेकोे छ ।

प्रतियोगितामा प्रदेश नं. १ का बिराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिकाको सहभागिता रहेको थियो भने मधेश प्रदेशका बिरगंज महानगरपालिका, जनकपुर उपमहानगरपालिका तथा राजबिराज नगरपालिकाको सहभागि रहेको थिए । प्रतियोगिता अन्तर्गत फाईनलमा राजबिराज नगरपालिकाले जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै उपाधि जितेको थियो । उपाधि संगै राजबिराज नगरपालिकाको टोलिले १ लाख १ हजार समेत प्राप्त गरेका थिए ।

कार्यक्रममा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, उपाध्यक्ष धमेन्द्र चौधरी, राजबिराज नगरपालिकाका लेखा प्रमुख शत्रुघन दास, लेखापाल जयराम यादव, स्वास्थ्य शाखा प्रमुख निरन्जन यादव, पशुपंक्षि बिकास शाखाका प्रमेश्वर यादव, सुचना अधिकृत सुरेश यादव, अन्तराष्ट्रिय खेलाडिद्धय महवुव आलम तथा बिवेक यादव लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको संचालन शिक्षा शाखाका भगवति बिकले गरेका थिए ।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]