केपीएल : कुशल, हरि र राजेश चम्किदा आर्मी सेमीफाइनलमा

Rajesh Pulami
  • विकेटनेपाल – १७ बैशाख, मंगलवार

सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग अन्तर्गत छैठौं दिन सम्पन्न २ वटा खेलमा न्यु होराइजन बुटवल र त्रिभुवन आर्मी क्लब विजयी भएका छन्।

होराइजनको जितमा निश्चल चौधरी उत्कृस्ट 

दिनको पहिलो खेलमा शक्ति गौचन कप्तानीको न्यु होराइजन क्रिकेट एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्यो।

समुह ‘बि’ अन्तर्गत न्यु होराइजनले ३ खेल खेल्दा २ जित र १ हार बेहोर्दै ४ अंक पुगेको छ भने एपीएफको पनि २ खेल खेल्दा २ जितको साथ ४ अंक रहेको छ। महेन्द्रनगर क्रिकेट एकेडेमीको २ खेलमा १ जित र १ हार सहित २ अंक रहेको छ। अब भोलि बुधबार हुने एपीएफ र महेन्द्रनगर क्रिकेट एकेडेमी बीचको खेलले समुहबाट सेमीफाइनल पुग्ने २ टिम निश्चित हुनेछ।

कालिन्चोक मैदानमा मंगलबार बिहान सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको न्यु होराइजन क्रिकेट एकेडेमीले १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९२ रनको योगफल तयार गरेको थियो।

हिमालयनको लागि दिपेन्द्र ऐरीले सर्वाधिक २५ रन बनाए। होराइजनका बलर अर्जुन रायमाझीले सर्वाधिक ३ विकेट तथा शक्ति गौचन र गोविन्द खत्रीले २/२ विकेट लिए।

Nischal Chaudhary

९३ रनको लक्ष्य न्यु होराइजनले १४ ओभरमा ५ विकेट गुमाएर भेटायो। निश्चल चौधरीले विस्फोटक इनिंग खेल्दै २९ बलमा ४ छक्का र ३ चौका मदतले अविजित ५० रन बनाएपछि होराइजनले जित हाँसिल गर्यो। सुरज दराईले ११, अर्जुन रायमाझीले १० तथा शक्ति गौचनले अविजित १० रन बनाए।

हिमालयन क्रिकेट एकेडेमीका बलर पवन कार्कीले ३ विकेट तथा हेमन्त धामीले २ विकेट लिए पनि जित हाँसिल गर्न पर्याप्त रहेन।

खेलको प्लेयर अफ द म्याच निश्चल चौधरी चुनिए।

आर्मीको सहज जित 

दिनको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मध्यपश्चिम क्रिकेट क्लबलाई १०७ रनले पराजित गरेको छ।

समुह “ए” बाट ३ खेलमा २ जित दर्ता गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा समेत प्रवेश गरेको छ। सोहि समुहबाट ३ खेलमा ३ जित दर्ता गर्दै कर्णाली ११ ले यसअघि नै सेमिफाइनलमा स्थान बनाएको थियो। समुह “बि” बाट भने एपीएफ, न्यु होराइजन बुटवलको समान ४-४ अंक रहंदा बुधवारहुने खेलबाट सेमिफाइनलमा पुग्ने टोलीको निर्णय हुनेछ।

आर्मी क्लबलाई सहज जित दिलाउन राजेश पुलामीले उत्कृस्ट प्रदर्शन गरे।

Rajesh Pulami

कालिन्चोक मैदानमा मंगलबार टस जितेर ब्याटिंग गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७८ रन जोडेको थियो। उसका राजेश पुलामीले ५७ रन तथा हरि बहादुर चौहानले ५३ रन जोडेका थिए।

Hari Chauhan
Hari Chauhan

राजेशले ३५ बलमा ५ चौका र ३ छक्का सहित ५७ रन जोड्दा हरिले ३७ बलमा ७ चौका र १ छक्का सहित ५३ रन जोडे।

मध्यपश्चिमको बलिंगमा अमित तामांग र अजय साहनीको नाममा २ विकेट रह्यो।

जवाफमा १७९ रनको लक्ष्य पछ्याएको मध्यपश्चिम १६.४ ओभरमा ७१ रनमा समेटिन पुग्यो। उसका प्रनित थापा मगरले १९, तुलसीराम अहिमले १२ र मनोज सुनार र आकाश बिष्टले समान १०/१० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

आर्मीको बलिंगमा कुशल मल्लले सर्वाधिक ४ विकेट ( ४-०-१४-४ )  हात पारे। यस्तै सुसन भारी ( ३.४-०-६-२ ) र साहब आलमको ( ४-०-१७-२ ) नाममा समान २-२ विकेट रह्यो।

Kushal Malla
Kushal Malla

खेलको प्लेयर अफ द म्याच राजेश पुलामी घोषित भए।

प्रतियोगिता अन्तर्गत बुधवार समुह चरणको अन्तिम खेलमा एपीएफ र महेन्द्रनगर क्रिकेट एकेडेमी भिड्नेछन्।





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]