प्रशिक्षक प्रभाकरद्वारा राजीनामा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भारतीय प्रशिक्षक मनोज प्रभाकरलें राजीनामा दिएका छन् । तीन दिन अघि सोमबार उनी भारत फर्किएका थिए ।

उनलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले नै जिम्मेवारीबाट मुक्त गरेको बताइएको छ। क्यानले उनको राजीनामा स्वीकृत गरिसकेको छ।

उनले आइतबार नेपाल क्रिकेट सङ्घ-क्यानका कार्यबहाक सचिव प्रशान्तविक्रम मल्ल, क्रिकेट म्यानेजर विनोद दासलगायतसँग छलफल गरेका थिए । क्यान अध्यक्ष चतुरबहादुर चन्दले प्रभाकरले आफूले गरेको प्रतिबद्धताअनुसार काम गर्न नसकेको र मनलाग्दी निर्णय गर्ने गरेकाले उनको प्रदर्सन सन्तोषजनक नरहेको बताए । त्यस बाहेक टिमका खेलाडीहरुसंग खराब सम्बन्धका कारण प्रभाकर पछिल्लो समय विवादित थिए।

अगस्टमा नेपाली टिमको केन्या भ्रमणमा  आसिफ र आरिफ शेख दाजुभाइसंग झगडा भएपछि खेलाडी-प्रभाकर सम्बन्ध छताछुल्ल बनेको थियो। उक्त टुरमा आरिफलाई तिन वटा एकदिवसीयमा बाहिर राखिएको थियो। नोभेम्बरमा युएईले नेपाल भ्रमण गर्दा आरिफले तेश्रो एकदिवसीयमा ८८ रन बनाएपछि ब्याट बोल्ने संकेत गर्दै विवादको हल्लालाई बल प्रदान गरेका थिए। विविध कारणले क्यानसंग प्रभाकरको सम्बन्ध समेत पछिल्लो समय खराब रहेकाले क्यान नामिबीय भ्रमण अघि देखिनै प्रभाकरलाई हटाउने बारे सोचीरहेको थियो।

त्यस बाहेक टिमको ब्याटिंग लाइन अपमा अनपेक्षित परिवर्तन, नयाँ खेलाडीहरुको डेब्यु, सिनियर खेलाडीलाई बेन्चमा राख्ने निर्णय प्रति क्यान असन्तुष्टि व्यक्त गरेको थियो। नामिबिया भ्रमणको ४ खेलमा करनलाई तिन खेलमा बेन्चमा राखिएको थियो।

तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत अगस्टमा विवादास्पद छविका प्रभाकरलाई प्रमुख प्रशिक्षक नियुक्त गरिएको थियो । तर टोलीले कमजोर प्रदर्शन गरेपछि उनले लिएको निर्णयको विरोध भएको थियो।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy