राजकुमार प्रधान कप्तानीको टिम जापान एम्बेस्सी कपमा उपविजेता

२०७५ आश्विन १०, बुधबार १९:४६

Rajkumar Pradhan
  • विकेटनेपाल-१० असोज 

जापानमा सम्पन्न एम्बेस्सी कप २०१८ अन्तर्गत पुर्व राष्ट्रिय खेलाडी राजकुमार प्रधानको कप्तानीमा रहेको नेपाल एम्बेस्सी टिमले समुह चरणको दोस्रो स्थान हासिल गरेको छ। आफ्नो समुहको फाइनल खेलमा नेपाल एम्बेस्सीको टोलि अष्ट्रेलिया-न्युजील्याण्ड एम्बेस्सी मिश्रित टिमसंग ३६ रनले पराजित हुन पुग्यो।

सन् २००२ मा सम्पन्न एसीसी ट्रफीबाट डेब्यु गरेका राजकुमार प्रधानले अन्तिम पटक नेपालका लागि सन् २०१४ मा अफगानिस्तान बिरुद्ध खेल खेलेका थिए जुन खेलमा उनले १ विकेट ( ६-०-२२-१ ) लिएका थिए। नेपाली क्रिकेटमा सन्दिप लामिछानेको आगमन हनु अघि प्रधानलाई नेपाली शेन वार्नको उपाधि दिने गरिएको थियो। सन् २०१४ को नेपाल प्रिमियर लिग ( ५० ओभर ) मा प्रधानले पन्चकन्या तेजलाई उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका थिए जुन क्रममा फाइनलमा जगदम्बा जायन्ट बिरुद्ध ६ विकेट लिएका थिए भने प्रतियोगिताभर कुल १४ विकेट लिंदै सर्वाधिक विकेट लिने खेलाडी समेत बनेका थिए।

सन् २०१४ मा कोरियामा भएको १७ औं एसियाली खेलकुदका लागि प्रारम्भिक टोलीमा रहे पनि उनि बन्द प्रशिक्षणमा सहभागी नभई बैदेशिक रोजगारीको लागि जापान प्रस्थान गरेका थिए। त्यसयता उनी जापानमा बस्दै आएका छन्।

Rajkumar Pradhan

खेलमा पहिले ब्याटिंग गर्दै अष्ट्रेलिया एण्ड न्युजील्याण्ड एम्बेस्सीले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल एम्बेस्सी १६.२ ओभरमा ११९ रनमा समेटिन पुग्यो। नेपालको चेजमा कप्तान राजकुमार प्रधानले सर्वाधिक २९ तथा बिजय थापाले १६ रन बनाएपनि टोलीलाई जित दिलाउन विफल रहे। अष्ट्रेलिया एण्ड न्युजील्याण्ड एम्बेस्सीको लागि म्याकटेम्नेले सर्वाधिक ३ विकेट हात पारे।

यसअघि पहिले ब्याटिंग गरेको अष्ट्रेलिया एण्ड न्युजील्याण्डको टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५५ रन जोडेको थियो। उसको इनिंगमा धुगल बेडिंगफिल्डले सर्वाधिक ६७ रनको योगदान गरेका थिए। ओपनिंग गर्न उत्रिएका धुगलले मात्र ४९ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए। नेपालको बलिंगतर्फ अर्जुन गौतमले सर्वाधिक २ विकेट लिएका थिए। यस्तै राजकुमार प्रधान, अभिषेक खत्री र बिक्रम रानाको नाममा समान १-१ विकेट रह्यो।

प्रतियोगिताको समुह ‘बि’ मा बंगलादेश, अष्ट्रेलिया एण्ड न्युजील्याण्ड र इंग्ल्याण्डसंग रहेको नेपाल एम्बेस्सीले पहिलो खेलमा बंगलादेश एम्बेस्सीलाई पराजित गरेको थियो।

नेपाल एम्बेस्सी टोलि : राजकुमार प्रधान (कप्तान), बिनम्र खत्री, दिपक खरेल, अभिषेक केसी, बिजय थापा, अर्जुन गौतम, सतिश मल्ल, सन्तोष पौडेल, आशिष जोशी, बिक्रम राना, किस्मत पौडेल, विजय पाण्डे र भुवन कार्की , टिम व्यवस्थापक : नेत्र रोका

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy