राजकुमार प्रधान कप्तानीको टिम जापान एम्बेस्सी कपमा उपविजेता

Rajkumar Pradhan
  • विकेटनेपाल-१० असोज 

जापानमा सम्पन्न एम्बेस्सी कप २०१८ अन्तर्गत पुर्व राष्ट्रिय खेलाडी राजकुमार प्रधानको कप्तानीमा रहेको नेपाल एम्बेस्सी टिमले समुह चरणको दोस्रो स्थान हासिल गरेको छ। आफ्नो समुहको फाइनल खेलमा नेपाल एम्बेस्सीको टोलि अष्ट्रेलिया-न्युजील्याण्ड एम्बेस्सी मिश्रित टिमसंग ३६ रनले पराजित हुन पुग्यो।

सन् २००२ मा सम्पन्न एसीसी ट्रफीबाट डेब्यु गरेका राजकुमार प्रधानले अन्तिम पटक नेपालका लागि सन् २०१४ मा अफगानिस्तान बिरुद्ध खेल खेलेका थिए जुन खेलमा उनले १ विकेट ( ६-०-२२-१ ) लिएका थिए। नेपाली क्रिकेटमा सन्दिप लामिछानेको आगमन हनु अघि प्रधानलाई नेपाली शेन वार्नको उपाधि दिने गरिएको थियो। सन् २०१४ को नेपाल प्रिमियर लिग ( ५० ओभर ) मा प्रधानले पन्चकन्या तेजलाई उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका थिए जुन क्रममा फाइनलमा जगदम्बा जायन्ट बिरुद्ध ६ विकेट लिएका थिए भने प्रतियोगिताभर कुल १४ विकेट लिंदै सर्वाधिक विकेट लिने खेलाडी समेत बनेका थिए।

सन् २०१४ मा कोरियामा भएको १७ औं एसियाली खेलकुदका लागि प्रारम्भिक टोलीमा रहे पनि उनि बन्द प्रशिक्षणमा सहभागी नभई बैदेशिक रोजगारीको लागि जापान प्रस्थान गरेका थिए। त्यसयता उनी जापानमा बस्दै आएका छन्।

Rajkumar Pradhan

खेलमा पहिले ब्याटिंग गर्दै अष्ट्रेलिया एण्ड न्युजील्याण्ड एम्बेस्सीले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल एम्बेस्सी १६.२ ओभरमा ११९ रनमा समेटिन पुग्यो। नेपालको चेजमा कप्तान राजकुमार प्रधानले सर्वाधिक २९ तथा बिजय थापाले १६ रन बनाएपनि टोलीलाई जित दिलाउन विफल रहे। अष्ट्रेलिया एण्ड न्युजील्याण्ड एम्बेस्सीको लागि म्याकटेम्नेले सर्वाधिक ३ विकेट हात पारे।

यसअघि पहिले ब्याटिंग गरेको अष्ट्रेलिया एण्ड न्युजील्याण्डको टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५५ रन जोडेको थियो। उसको इनिंगमा धुगल बेडिंगफिल्डले सर्वाधिक ६७ रनको योगदान गरेका थिए। ओपनिंग गर्न उत्रिएका धुगलले मात्र ४९ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए। नेपालको बलिंगतर्फ अर्जुन गौतमले सर्वाधिक २ विकेट लिएका थिए। यस्तै राजकुमार प्रधान, अभिषेक खत्री र बिक्रम रानाको नाममा समान १-१ विकेट रह्यो।

प्रतियोगिताको समुह ‘बि’ मा बंगलादेश, अष्ट्रेलिया एण्ड न्युजील्याण्ड र इंग्ल्याण्डसंग रहेको नेपाल एम्बेस्सीले पहिलो खेलमा बंगलादेश एम्बेस्सीलाई पराजित गरेको थियो।

नेपाल एम्बेस्सी टोलि : राजकुमार प्रधान (कप्तान), बिनम्र खत्री, दिपक खरेल, अभिषेक केसी, बिजय थापा, अर्जुन गौतम, सतिश मल्ल, सन्तोष पौडेल, आशिष जोशी, बिक्रम राना, किस्मत पौडेल, विजय पाण्डे र भुवन कार्की , टिम व्यवस्थापक : नेत्र रोका





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]