भारतले अनुमति नदिंदा मुख्य प्रशिक्षक राजपुत बिनै पाकिस्तान पुग्यो जिम्बाब्वे क्रिकेट टिम

२०७७ कार्तिक ४, मंगलवार १९:००

कोभिड-१९ महामारी पछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय टुरको क्रममा जिम्बाब्वे क्रिकेट टिम पाकिस्तानको रावलपिण्डी पुगेको छ। पाकिस्तानले जिम्बाबेसंग अक्टोबर ३० मा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ। सिरिजमा ३ वटा वानडे र त्यतिनै टि-२० खेल खेलिनेछ। टि-२० सिरिज नोभेम्बर ७ देखि सुरु हुनेछ।

जिम्बाब्वे टिम मंगलबार दिउसो पाकिस्तान पुग्दा टिमका मुख्य प्रशिक्षक लालचन्द राजपुत भने टिमसंग पाकिस्तान जान पाएनन्। जिम्बाब्वे क्रिकेटले ट्वीट गर्दै यसको कारण बारे जानकारी गराएको छ।

जिम्बाबे क्रिकेट बोर्डद्वारा जारि बिज्ञप्तिमा बताईएको छ कि राजपुतलाई पाकिस्तान जानको लागि भिसा प्राप्त भएको थियो तर जिम्बाबेको राजधानी हरारेमा भारतीय दुतावासले जिम्बाब्वे क्रिकेट बोर्डलाई पत्र लेखेर राजपुतलाई भ्रमणमा नलैजान अपिल गरेको थियो।

“जिम्बाब्वेका मुख्य प्रशिक्षक लालचंद राजपुत हरारेमा भारतीय राजदुतावासको अनुरोध पछि पाकिस्तान दौरामा जानेछैनन्। पाकिस्तान दूतावासले भिसा जारि गरेको थियो।” जिम्बाब्वे क्रिकेट बोर्डले ट्वीट गरेको छ।


राजपुत नहुँदा जिम्बावेका पूर्व फास्ट बलर तथा वर्तमानका बलिंग प्रशिक्षक डगलस होन्डोलाई टिमको अन्तरिक मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

५८ वर्षीय राजपुतले भारतीय क्रिकेट टिमको लागि १९८५ र १९८७ को दौरान ४ वानडे र २ टेस्ट खेलेका थिए। जिम्बाब्वे २०१९ विश्वकप छनौट हुनअसफल भएपछि २०१८ अगस्टमा राजपुत जिम्बाब्वेको पूर्णकालीन प्रशिक्षकमा नियुक्त भएका थिए।

जिम्बाब्वेले २०१५ पछि पहिलो पटक पाकिस्तानको भ्रमण गर्न लागेको हो।

राजपुतलाई टिमसंग पाकिस्तान भ्रमणमा जान नदिएपछि सामाजिक संजालमा भारत र आईसीसीको आलोचना भएको छ।

राजपुत नेपाल आउने हल्लापछि जिम्बाब्वे क्रिकेटको ट्वीट, ‘हात्ती आयो फुस्सा’

अनुभवी खेलाडीहरुलाई बाहिर राख्दै जिम्बाब्वे सिरिजको लागि पाकिस्तान टिमको घोषणा

युवा खेलाडीबारे धोनीको प्रतिक्रिया पछि चर्को आलोचना – “स्कुटर जाधबमा त्यो चमक छ ?”

अंकतालिकाको पुछारमा पुगेपछि चेन्नाई कप्तान धोनीले के भने

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy