३ भोटले नरेश राणालाई पराजित गर्दै राजु बस्नेत प्रदेश-३ को अध्यक्ष निर्वाचित

पुर्व राष्ट्रिय क्रिकेटर राजु बस्नेत नेपाल क्रिकेट संघ अन्तर्गत प्रदेश-३ प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्।

हेटौडामा शनिवार सम्पन्न विशेष साधारण सभाबाट अर्का अध्यक्ष उम्मेदवार ललितिपुर क्रिकेट संघका अध्यक्ष नरेश राणालाई ३ भोटले पराजित गर्दै बस्नेत अध्यक्ष चुनिएका हुन्। प्रदेश-३ मा रहेका ६ जिल्लाबाट आएका २४ प्रतिनिधि मध्ये २३ भोट मध्ये बस्नेतले १३ तथा रानाले १० भोट पाए।

प्रदेशको उपाध्यक्षमा मकवानपुरका प्रेम क्षेत्री सर्वसम्मत चुनिए भने सचिवमा नुवाकोटका दुर्गाराज पाठक र कोषाध्यक्ष चितवनका अनिल अधिकारी निर्वाचित भए। सचिवमा दुर्गाराज पाठकले ललितपुरका प्रशन्न शाक्यलाई तथा कोषाध्यक्षमा अनिल अधिकारीले भक्तपुरका रत्न हरि प्रधानांगलाई पराजित गरे।

यस्तै सदस्यहरुमा महेश्वरी डंगोल ( काठमाडौँ ) , प्रज्वल सापकोटा ( नुवाकोट ) , सुदिप पिया ( चितवन ) , रुपक रञ्‍जित ( भक्तपुर ), सुजन महर्जन ( ललितपुर ) , अजय वीर पाण्डे ( काठमाडौँ ) , अनुज मान श्रेष्ठ ( नुवाकोट ) , राजु गुप्ता ( मकवानपुर ) र उमेश पिया ( चितवन ) चुनिए।

को हुन् बस्नेत 

अध्यक्ष चुनिएका राजु बस्नेतले सन् २००३ देखि २००६ सम्म नेपाली राष्ट्रिय टिमको लागि खेलेका थिए। देब्रे हाते स्पिनर रहेका बस्नेतले डेब्युमै भुटान बिरुद्ध ५ विकेट लिएका थिए।

खेल जीवन पछि बस्नेत प्रशिक्षकको रुपमा कार्यरत रहेका छन्। यस क्रममा उनले नेपाली महिला राष्ट्रिय टिम, शशस्त्र प्रहरी बल क्रिकेट टिम, ललितपुर प्याट्रीएट्स, काठमाडौँ गोल्डेन्स तथा काठमाडौँ रोयल्स टिमको प्रशिक्षण सम्हालीसकेका छन्। यस्तै बस्नेतले कोरियन राष्ट्रिय क्रिकेट टिमको समेत प्रशिक्षक रहीसकेका छन्।

Coach Raju Basnyat
राजु बस्नेत

केन्द्रिय निर्वाचन असोज पहिलो साता 

यो संगै नेपाल क्रिकेट संघको सबै प्रदेशको निर्वाचन सकिएको छ। क्रमशः गण्डकीबाट देबेन्द्र प्रजु, सुदुरपश्चिमबाट हरि रेग्मी, प्रदेश-३ बाट राजु बस्नेत, प्रदेश-१ बाट डन्डु शेर्पा तथा प्रदेश-५र६ बाट दुर्गा थापा अध्यक्ष निर्वाचित भइसकेका छन्।

प्रदेशको निर्वाचन सकिए पछि केन्द्रिय निर्वाचन हुनेछ जसपछि नेपाल क्रिकेट संघले नयाँ नेतृत्व पाउनेछ। केन्द्रिय निर्वाचन सम्पन्न भएपछि नेपाल क्रिकेट संघलाई आईसीसीले लगाएको निलम्वन फुकुवा हुनेछ। नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षप भएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]