राजु बस्नेत कोरियन क्रिकेट टिमको मुख्य प्रशिक्षक, पारिश्रमिक झन्डै ७ लाख

Coach Raju Basnyat
  • विकेटनेपाल, फाल्गुन १४ – काठमाडौँ

पुर्ब रास्ट्रिय क्रिकेटर तथा नेपाली महिला रास्ट्रिय क्रिकेट टिमका प्रशिक्षक राजु बस्नेत कोरियन क्रिकेट टिमका मुख्य प्रशिक्षक पदमा नियुक्त भएका छन् l

प्रशिक्षक बस्नेतले शुक्रबार कोरिया क्रिकेट संघको मुख्य प्रशिक्षक पदको १ बर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् l सम्झौता पत्रमा हस्ताक्षर पछि बस्नेत नेपाल बाहेकको देशको मुख्य प्रशिक्षक हुने पहिलो नेपाली बन्ने सौभाग्य पाएका छन् l

प्रशिक्षक बस्नेतले विकेटनेपालसंग कुराकानी गर्दै यति ठुलो जिम्मेवारी पाएकोमा गर्व महसुस गरेको बताउदै नेपाली क्रिकेटकै लागि यो खुसिको खबर रहेको बताए-

‘यति ठुलो अवसर पाउदा रमाइलो पनि लागिरहेको छ र त्यतिकै दबाब पनि महसुस भएको छ’

बस्नेतका अनुसार प्रशिक्षक भए बापत कोरियन क्रिकेट संघले तलबको रुपमा ५० लाख कोरियन रुपैया र भत्ताको रुपमा २० लाख कोरियन रुपैया दिनेछ जुन हिसाब गर्दा झन्डै ७ लाख नेपाली रुपैया हुनपुग्छ l

बस्नेतका अनुसार अन्य ३-४ जना नेपाली प्रशिक्षकहरुले पनि यस पदको लागि आबेदन दिएका थिए l

सन् २००३ देखि २००६ सम्म नेपाली रास्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरेका देब्रे हाते स्पिनर बस्नेतले समग्र कोरियन क्रिकेटलाई बाटो देखाउने जिम्मेवारी पाएको बताउदै यसले नेपाली प्रशिक्षकहरुको लागि उदाहरणको काम गर्ने समेत विश्वास ब्यक्त गरे-

‘नेपाली प्रशिक्षकहरुले यो ठुलो सफलता हो र मुख्य प्रशिक्षकमा नियुक्तिले प्रशिक्षकहरुको लागि कोशेढुंगाको समेत काम गर्नेछ l यसले नेपाली प्रशिक्षकहरुलाई विदेशमा पनि अवसर छ भनेर बाटो खुलेको छ र नेपाली प्रशिक्षकहरु पनि सक्षम छौ भन्ने संदेश दिएको छ’

nepal womens cricket team
नेपाली महिला क्रिकेट टिमको साथ प्रशिक्षक राजु बस्नेत

घरेलु क्रिकेटमा शशस्त्र प्रहरी बल एपीएफको महिला तथा पुरुष क्रिकेट टिम, नेपाल प्रिमियर लिगमा पन्चकन्या तेजको सफल प्रशिक्षण गर्दै थुप्रै उपाधि जिताएका बस्नेतले कोरियन क्रिकेट टिमको हालको लक्ष जकार्ता एसियन गेम्स रहेको विकेटनेपाललाई बताए-

‘समग्र कोरियन क्रिकेटनै मैले हेर्नुपर्नेछ र मेरो योजनाले अभ्यास चल्ने हो l कोरियन क्रिकेट टिमको हाल लक्ष २०१८ जकार्ता एसियन गेम्समा राम्रो गर्नु हो मैले त्यसैलाई लक्ष बनाएर योजना बनाउनु पर्नेछ l’

प्रशिक्षक पदको लागि कोरियाले कम्तिमा लेभल २ प्रशिक्षक कोर्स गरेको, रास्ट्रिय क्रिकेट टिमलाई प्रशिक्षक गरेको, रास्ट्रिय क्रिकेट टिमको लागि खेलीसकेको हुनु पर्ने सर्तहरु राखेको थियो l सन् २०१३ मा कोरियन महिला क्रिकेट टिम ग्वान्जाउ एसियन गेम्सको लागि नेपालमा प्रशिक्षणको लागि आउदा बस्नेतले महिला टिमलाई प्रशिक्षक गर्ने मौका पाएका थिए र नजिक बाट हेर्ने मौका पाएका थिए l

‘कोरियन महिला क्रिकेटलाई त मैले नजिक बाट हेर्ने मौका पाएको छु तर पुरुष क्रिकेट टिमको बारे भने कम थाहा छ त्यसैले इन्टरनेटमा भिडियोहरु हेरेर उनीहरुको स्तरको अध्ययन गरिरहेको छु”

बस्नेत सहित कोरियन क्रिकेट संघले २ जना सहायक प्रशिक्षक पनि नियुक्त गरेको छ जसले बस्नेतलाई सघाउने छन् l सम्झौता पत्र अनुसार बस्नेत मार्च १० तारिक अघि कोरिया पुगीसक्नु पर्नेछ l

२०१४ ग्वान्जाउ दक्षिण एसियाली गेम्समा कोरियन महिला क्रिकेट टिमको प्रशिक्षण गर्न दिपेन्द्र चौधरी र निरा राजोपाध्याय कोरिया पुगेका थिए तर उनीहरुलाई त्यसपछि कोरियन क्रिकेट संघले निरन्तरता दिएको थिएन l

प्रशिक्षक बस्नेतले अक्टोबरमा हंगकंगमा सम्पन्न महिला बिश्व कप छनौट एसिया क्षेत्र अन्तर्गतको प्रतियोगितामा नेपाली टिमको प्रशिक्षण गरेका थिए जुन प्रतियोगितामा नेपाल उपविजेता रहँदै एसिया कप खेल्न छनौट भएको थियो l 

यो पनि पढ्नुस : 





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]