“राष्ट्रिय टिममा कम्ब्याक बारे सोचेको छैन” राजु रिजाल

Raju Rijal

सन् २०१३ मा अन्डर-१९ राष्ट्रिय टिम हुँदै २०१६ मा बंगलादेशमा सम्पन्न अन्डर-१९ विश्वकपमा नेपाली टिमको कप्तानी सम्हालेका राजु रिजालले २०१६ मा नेपाली सिनियर राष्ट्रिय टिमबाट डेब्यु गरे। यु-१९ विश्वकपमा न्युजिल्याण्डसंग ४८ तथा बंगलादेशसंग क्वार्टरफाइनलमा बनाएको ७२ रन उनको डेब्यु गर्नुपछिको आधार थियो।

लगातार उमेर समुहमा राम्रो प्रदर्शन र टिमको सफल नेतृत्वपछि नेपालमै सम्पन्न विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत २०१६ मा नामिबियासंग डेब्यु गरेका रिजालले त्यसपछि च्याम्पियनसिप अन्तर्गतनै सोहि वर्ष नेदरल्याण्डसंग पनि २ खेल खेल्ने मौका पाए।

Raju Rijal
Raju Rijal ( picture : Raman Shiwakoti )

ज्ञानेन्द्र मल्लले ओपनिंग गर्न थालेपछि मध्यक्रममा भरपर्दो ब्याट्सम्यानको रिक्त स्थान पूर्ति गर्ने जिम्मेवारी आशा गरिएको रिजालले आशा अनुरुप प्रदर्शन गर्न सकेनन्। राष्ट्रिय टिमको लागि खेलेको ३ वटा खेलमा उनले नामिबियासंग बनाएको ६ रन सर्वाधिक व्यक्तिगत योगफल रह्यो।

राष्ट्रिय टिमको असफल यात्रा पछि राजुले पुनः राष्ट्रिय जर्सीमा सजिने मौका पाएनन्। त्यो मौका नपाए पनि राजु लगातार घरेलु लिग र त्रिभुवन आर्मी क्लबको लागि खेलीरहेका छन्। लगातार घरेलु क्रिकेट खेलीरहे पनि उनको ब्याटले ठुला घरेलु प्रतियोगितामा पुरानै लय बोल्न सकेको लामो समय भयो।

शुक्रबार प्रधानमन्त्री कपको उद्घाटन खेलमा प्रदेश-२ संग ९० रनको शानदार इनिंग खेलेपछि उनको मुहारको चमक छुट्टै थियो। लामो समय पछि लामो इनिंग खेल्ने क्रममा उनले ओपनिंग ब्याटिंग गर्दै कप्तान बिनोद भण्डारीसंग १२१ रनको साझेदारी गरे भने १०९ बल खेल्दै ५ चौका र २ छक्का पनि हिर्काए।

“बीचमा मेरो मानसिक रुपमा फोकस राम्रो भएन। बीचको समयमा हाम्रो टिमको अभ्यास निकै राम्रो भयो र नयाँ प्रशिक्षक पनि आउनाले टेक्निक भन्दा पनि मानसिक रुपमा धेरै फोकस गर्यौं। माथिल्लो स्तरमा टेक्निक भन्दा माइन्ड सेटले माथिल्लो स्तरमा खेल्न काम गर्दो रैछ”

इनिंग पछि रिजालले आर्मी क्लबका नयाँ प्रशिक्षक दिपेन्द्र चौधरीले आफुलाई मानसिक रुपमा तयार गर्न सहयोग गर्नु भएको बताए। २ दिन अघि मात्रै आर्मीको प्रशिक्षण सम्हालेका पुर्व राष्ट्रिय क्रिकेटर समेत रहेका चौधरीसंग रिजालले धनगढीमा रहंदा पनि सहयोग लिएको बताए।

९० रन बनाए पनि शतक पुरा गर्न नसकेकोमा भने रिजालले असन्तुस्टी व्यक्त गरे-

“एउटा टिमको हिसाबले नराम्रो लाग्यो , बीचमा छोडेर आए जस्तो लाग्यो। शतक भन्दा टिम माथि गएकोमा खुसि छु तर यसलाई अझ धकेल्न र टिमलाई अझ राम्रो गर्न सकिन्थ्यो”

प्रधानमन्त्री कपको गत संस्करणमा राम्रो प्रदर्शन गर्दै सुबास खकुरेल र प्रदिप ऐरी जस्ता ब्याट्सम्यानहरुले राष्ट्रिय टिममा कमब्याक गरेका थिए। राजुको इनिंग पछि पुनः राष्ट्रिय टिममा कमब्याक गर्न सक्ने चर्चा सुरु भएको छ। राष्ट्रिय टिममा पुनः स्थान बनाउन नसक्नुको कारण र कमब्याकको उद्देश्य बारे प्रश्नमा रिजालले प्रदर्शनमा निरन्तरता हुनुपर्नेमा जोड दिए –

“मानसिक रुपमा केन्द्रित गर्न सकिन जस्तो लाग्छ किनकि ठुलो स्तरमा टेक्निक भन्दा माइन्ड सेटले काम गर्ने रैछ। कुन बलरलाई कसरि खेल्ने, फिल्डमा ग्याप कहाँ छ, योजना बनाउने, आफ्नो बलियो पक्ष थाहा पाउने जस्ता कुरामा काम गरेपछि सजिलो हुने रैछ”

“राष्ट्रिय टिममा कम्ब्याक बारे सोचेको छैन तर एउटा खेलाडीको रुपमा यही प्रदर्शलाई निरन्तरता दिन चाहन्छु”

पछिल्लो समय मध्यक्रमबाट ओपनिंग ब्याटिंगमा उक्लेका रिजालले ओपनिंग फापेको र आफु अब ओपनिंग ब्याटिंग गर्न आउने बताए। यस अघि आर्मीको लागि बिनोद भण्डारीसंग अनिल मण्डल, हरेकृष्ण झा जस्ता ब्याट्सम्यान आएका थिए भने गत महिना सम्पन्न कर्णाली प्रिमियर लिग प्रतियोगिताबाट रिजाल ओपनिंग ब्याटिंग गर्न आएका हुन्।

राष्ट्रिय टिममा कमब्याक गर्ने सम्भावना छ – प्रशिक्षक दिपेन्द्र चौधरी 

प्रदेश-२ बिरुद्ध राजुको इनिंग पछि आर्मी क्लबका प्रशिक्षक दिपेन्द्र चौधरीले राजुको इनिंगको तारिफ गरेका छन् –

“राजु राम्रो ब्याट्सम्यान हुन्, उनिमा क्षमता छ तर आफुलाई ब्याटिंग गर्दा अझ खुलाउन जरुरि छ” चौधरीले रिजाललाई ब्याटिंग गर्दा अझ खुलेर सट खेल्न आत्मविश्वास आवस्यकता रहेको बताए। चौधरीले पनि रिजालले शतक पुरा नगरेकोमा चित्त दुखाए-

“९० रन बनाएपछि उनले शतक पुरा गर्नु पर्थ्यो, उनि सामु निकै राम्रो अवसर थियो। शतक पुरा गरेको भए उनको आत्मविश्वासमा ठुलो बल पुग्थ्यो”

पुर्व राष्ट्रिय क्रिकेटर समेत रहेका चौधरीले रिजालले पुनः राष्ट्रिय टिममा कमब्याक गर्न सक्ने सम्भावना समेत व्यक्त गरे-

“नेपालले धेरैवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न गइरहेको छ। यदी यस्तै प्रदर्शन राजुले गरिरहे उनले पुनः टिममा कमब्याक गर्न सक्छन् । एउटा विकेटकिपरको रुपमा पनि राजुले टिममा स्थान बनाउन सक्छन्। राष्ट्रिय टिमको विकेटकिपर ब्याट्सम्यानको अप्सनको रुपमा राजु अघि आउन सक्छन् जसको लागि उनले आफुलाई सकारात्मक राख्नुपर्छ।

 





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]