खुकुरी कप : राजु रिजालले शतक बनाउदा आर्मीको लगातार जित

  • विकेटनेपाल, १९ माघ- शुक्रबार 

खुकुरी च्यालेन्जर्स कप प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न २ वटा खेलमा त्रिभुवन आर्मी क्लब र आईओई थापाथलीले जित हात पारेका छन्।आर्मीले आईओई थापाथलीलाई १०४ रनको फराकिलो अन्तरले तथा अल्टिमेट इन्डोर क्रिकेटले मलपोखरी क्रिकेट क्लबलाई ४० रनले पराजित गर्यो।

पहिलो खेल : राजु रिजालको आक्रामक शतकमा आर्मीको जित 

राजु रिजालले आक्रामक इनिंग खेल्दै शतक प्रहार गरेपछि आर्मीले आईओई थापाथलीलाई सहजै पराजित गर्यो। पहिलो खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीसंग पराजित भएको आर्मीको त्यसपछि यो लागतर दोश्रो जित हो।

टस हारेर ब्याटिंग गरेको आर्मीले निर्धारित २० ओभर पुरै ब्याटिंग गर्दै ४ विकेट गुमाई २१९ रनको बिशाल योगफल तयार गरेको थियो।

अघिल्लो खेलमा शतक प्रहार गरेका ओपनर भुपेन्द्र थापा २ रनमै आउट भएपछि अर्का ओपनर इन्द्र कमल मानन्धर र तेश्रो नम्बरका राजु रिजालले दोश्रो विकेटको लागि १५६ रनको बिशाल साझेदारी गरेका थिए। इन्द्र कमल ८० रन बनाएर आउट भए जस अघि उनले मात्र ४३ बलमा ११ चौका र २ छक्का प्रहार गरे।

अन्तिमसम्म ब्याटिंग गरेका रिजालले अविजित १०७ रन बनाए जुन क्रममा ६३ बलमा ४ छक्का र ८ चौका हिर्काए।

शतक पुरा गरेपछि राजु रिजाल

आईओई बलर सुमित महतोले सर्बाधिक २ विकेट आफ्नो नाम गरे।

२२० रन लक्ष्य पछ्याउने क्रममा आईओईले २० ओभर पुरै ब्याटिंग गरे पनि ११५/९ मात्रै बनाउन सक्यो। आर्मी बलर राहुल बिक, राजु चौधरी र लोकेन्द्र चन्दले समान २/२ विकेट हात पारे भने आईओईको लागि सुसिल भट्ट र आयुष थापाले समान २७ रन योगदान दिए।

खेलको स्कोरकार्ड हेर्न क्लिक गर्नुस 

अंक तालिका

Group C

TEAM MATCH WIN LOSS NO RESULT POINTS Run Rate
Wai Wai GHCA 4 4 0 0 12 +2.14
Tribhuwan Army Club 3 2 1 0 6 +3.82
Nepal Cricket School 3 1 2 0 3 +0.25
IOE Thapathali 4 1 3 0 3 -2.39
Oasis Cricket Academy 4 1 3 0 3 -2.97

दोश्रो खेल : अल्टिमेटको सान्त्वना जित 

लगातार ३ खेलमा पराजित हुँदै सेमीफाइनल पुग्ने सम्भावना गुमाएको अल्टिमेट इन्डोर क्रिकेटले मलपोखरी क्रिकेट क्लबलाई ४० रनले पराजित गर्यो।

टस जितेर ब्याटिंग गर्दै अल्टिमेटले २० ओभरमा १३६/६ को स्कोर बनायो। उसका दिपेन्द्र मैनालीले ३३ रन, रमेश भट्टले २५ रन तथा अभिनाश अधिकारीले २१ रन स्कोर गरे। मलपोखरी बलर भोज भट्टले सर्बाधिक ३ विकेट आफ्नो नाम गरे।

म्यान अफ द म्याच अभिनाश अधिकारी

लक्ष्य पछ्याउने क्रममा मलपोखरीले १७.५ ओभरमा ९६ रनमै सबै विकेट गुमाउन पुग्यो। बिराट भण्डारीले सर्बाधिक ३९ रन योगदान दिएता पनि अन्य ब्याट्सम्यानहरुले ठुलो स्कोर बनाउन सकेनन्।

अल्टिमेट बलर अभिनाश अधिकारीले किफायती बलिंग गर्दै ३ विकेट हात पारे जुन क्रममा ३ ओभरमा १ मेडन ओभर सहित मात्र ७ रन खर्चिए। नरेश थापाले पनि ३ विकेट हात पारे भने दिपेन्द्र मैनालीको खातामा २ विकेट रह्यो।

खेलको म्यान अफ द म्याच अभिनाश अधिकारी घोषित भए।

खेलको स्कोरकार्ड हेर्न क्लिक गर्नुस 

अंक तालिका 

Group A

TEAM MATCH WIN LOSS NO RESULT POINTS Run Rate
Shantinagar Youth Club 4 3 0 1 10 +1.94
RCA Pyuthan Challengers 4 2 1 1 7 +2.42
KCTC 3 1 1 1 4 +0.025
Ultimate Indoor Cricket 4 1 2 1 4 -0.39
Malpokhari Cricket Club 3 0 3 0 0 -3.97

 

भोलि (शनिबार) हुने खेलहरु :

पहिलो खेल – लर्ड बुद्ध क्रिकेट क्लब Vs रोयल पिसी फाइटर
दोश्रो खेल – बालुवाटार क्रिकेट क्लब Vs आईओई पुल्चोक

खुकुरी इन्टरटेन्मेन्टको आयोजनामा सुरु भएको प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ पाउने छ। यस्तै उत्कृस्ट खेलाडीले २० हजार तथा बलर/ब्याट्सम्यानले १०/१० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

कुल २० टिम सहभागी रहेको प्रतियोगिता २४ दिनसम्म चल्नेछ। २० टिमलाई ४ वटा समुहमा बिभाजन गरेर लिग-कम नक-आउट फर्म्याटमा खेलाइनेछ। प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा संचालन हुनेछ भने क्वार्टरफाइनल खेलहरु मुलपानी मैदानमा खेलिनेछ।

सहभागी टिम र समुह

समूह ‘ए’ : काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर , अल्टिमेट इन्डोर क्रिकेट, आरसिए प्युठान च्यालेन्जर्स, शान्तिनगर युवा क्लब, मलपोखरी क्रिकेट क्लब

समूह ‘बी’ : आई.ओ.ई. पुल्चोक, रोयल पिसी फाईटर्स, लर्ड बुद्ध क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब, त्रिमुर्ति व्वाइज

समूह ‘सी’ : ओएसिस क्रिकेट एकेडेमी, ग्रेट हिमालय क्रिकेट एकेडेमी, आई.ओ.ई थापाथली, नेपाल क्रिकेट स्कुल, त्रिभुवन आर्मी क्लब

समूह ‘डी’ : टिकापुर क्रिकेट, रौतहट-११, मकवानपुुर क्रिकेट क्लब, बुटवल क्रिकेट ब्वाइज, इन्टर- डिस्ट्रिक्ट क्रिकेट क्लब





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]