प्रधानमन्त्री कप : आर्मी छाडेर राजु सुदूरपश्चिममा, सन्तोषको कप्तानीमा टिमको घोषणा

२०७८ पुष २५, आईतवार १९:२२

पुष २६ गते सोमबार देखि सुरु हुने प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशले १४ सदस्यीय टिमको घोषणा गरेको छ।

सन्तोष भट्ट कप्तानीको टिममा उपकप्तानको रुपमा शेर मल्ल छन्। मल्ल भर्खरै युएईमा सम्पन्न यु-१९ एसिया कपमा नेपालको उपकप्तान थिए। टिमको प्रशिक्षकमा खेम राज भट्ट तथा व्यवस्थापक लक्ष्मण दत्त भट्ट छन्।

त्रिभुवन आर्मी क्लबको लागि लामो समय देखि खेल्दै आएका विकेटकिपर ब्याट्सम्यान राजु रिजाल यस पटक आर्मी छाडेर सुदूरपश्चिमबाट खेल्ने भएका छन्। अनुभवी रिजालको आगमनले सुदूरपश्चिम टिम अझ बलियो हुने आशा गरिएको छ।

यु-१९ एसियाकपमा नेपाली टिममा रहेका अर्जुन साउद र बसन्त कार्की टिममा छन्। साउदले यु-१९ एसिया कपमा श्रीलंका बिरुद्ध अर्धशतक ( ६४ ) रन बनाएका थिए भने त्यस अघि यु-१९ राष्ट्रिय क्रिकेटमा प्रदेश-२ बिरुद्ध शतक ( ११६ ) रन बनाएका थिए।

सुदूरपश्चिम प्रदेश टिम : सन्तोष भट्ट ( कप्तान ) , शेर मल्ल ( उपकप्तान ) , राजु रिजाल ( विकेटकिपर ) , अर्जुन साउद ( विकेटकिपर ) , खडक बोहरा, नारायण जोशी, बसन्त कार्की, गजेन्द्र बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकाश आग्री, आदित्य मेहता, दिपक टमाटा कैलाश ऐर , बैकल्पिक खेलाडीहरु : नरेन भट्ट, अनुराग सिंह, सत्यराज विस्ट, मिलन बोहरा

गत वर्ष प्रधानमन्त्री कप एकदिवसीयमा कमजोर प्रदर्शन गरेको सुदूरपश्चिमले ४ खेल मध्ये एक खेलमा मात्र जित दर्ता गर्न सकेको थियो।

यस पटक सुदूरपश्चिम समुह ‘ए’ मा छ जुन समुहमा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब र प्रदेश-१ छन्। सुदूरपश्चिमले पहिलो खेल मुलपानी मैदानमा पुष २६ गते बिहान ९ बजे खेल्नेछ। दोश्रो खेल पुष २९ गते टियु मैदान कीर्तिपुरमा कर्णाली प्रदेशसंग, तेश्रो खेल पुष ३० गते त्रिभुवन आर्म्मी क्लबसंग मुलपानीमा तथा चौंथो खेल माघ २ गटा प्रदेश-१ संग खेल्नेछ।

प्रतियोगितामा ७ वटा प्रदेश र तिन वटा विभागीय गरि १० टोलि सहभागी हुनेछन्। १० टिमलाई समुह ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ। समुह चरणमा सबै टिमले एक-अर्कासंग एक/एक खेल खेलेपछि दुवै समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। खेलहरु टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुर र मुलपानी मैदानमा आयोजना हुनेछ।

समुह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर-१ छन्। समुह ‘बि’ मा नेपाल एपीएफ क्लब, प्रदेश-२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy