आईसीसीको आगामी मिटिंगले क्यानको निलम्बन फुकुवा गर्नेछ – सदस्य सचिव शिलवाल

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले असोज १० र ११ गते हुने क्रिकेट संघको निर्वाचन पछि नेपाललाई आईसीसीले लगाएको प्रतिवन्ध फुकुवा हुने बताउनु भएको छ।

सिंगापुर र ओमानमा टि-२० सिरिज खेल्न बुधबार सिंगापुर प्रस्थान गर्ने क्रममा आयोजित विदाई कार्यक्रममा बोल्दै शिलवालले निर्वाचन पछि नेपाली क्रिकेटले नयाँ दिशा लिने विश्वास व्यक्त गर्नुभयो ।

“क्रिकेट संघको साधारणसभाले क्रिकेटको नयाँ बाटो लिन्छ। आईसीसीसंग ३७ पटक यो बीचमा कुरा गरे। मलाई के बिश्वास छ भने यो १० र ११ गते हुने क्यानको निर्वाचनले क्रिकेटलाई एउटा बाटोतिर लैजान्छ।”

“अक्टोबर १३ मा आईसीसीको मिटिंग छ त्यसबाट म ९९.९ प्रतिशत नेपालको प्रतिबन्ध फुकुवा हुने देख्छु। त्यसपछि क्रिकेटले एउटा गति लिन्छ।”

सिंगापुर र ओमान सिरिज खेल्ने नेपाली टिमलाई विदाई गर्दै सिलवाल

शिलवालले निलम्बनको अबधिमा क्रिकेट बचाउन खेलाडी र क्रिकेट प्रेमीहरुले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे –

“यो प्रतिबन्धको अविधिमा क्रिकेट बचाएको खेलाडीले हो र क्रिकेट प्रेमीहरुले हो। त्यसैले स्यालुट गर्नुपर्छ।”

संघको निलम्बन फुकुवा भएता पनि आगामी दिनमा क्रिकेट विकास गर्न बिभिन्न पक्षमा ध्यान पुर्याउनुपर्नेमा समेत उनले जोड दिए –

“क्रिकेट बचाउने मान्छे कति संघमा आउछन् भन्नेले निर्धारण गर्छ। प्रतिबन्ध त फुकुवा होला तर त्यसपछि ३ वटा पक्षमा विचार गर्नु पर्छ।”

“अबको क्रिकेट सिस्टममा जान्छ कि जाँदैन , अबको क्यानमा पारदर्शीता हुन्छ कि हुँदैन , गुड गभरनेन्स हुन्छ कि हुँदैन , त्यसको आधारमा नेपालले सहयोग कति पाउने , कति रकम पाउछ भन्ने कुरा निर्धारण गर्छ। अबको संघले आर्थिक पारदर्शिता , सुशासन र सिस्टम भित्र बसेन भने नेपाली क्रिकेट अगाडी बढ्दैन।”

“ग्रास रुटमा कसरि क्रिकेट विकास हुन्छ त्यो अनुसार हाम्रो भविष्य के हुन्छ निर्धारण हुन्छ। खेलकुद परिषदले ८ वटा रंगशाला निर्माण गरेर खेल्न योग्य बनाउदै छौँ।”

नेपाल क्रिकेट संघको नेतृत्वको लागि चतुर बहादुर चन्द, विनय राज पाण्डे , बिनोद मैनालीले आफुलाई अघि सारेका छन्। निर्वाचनमा जिल्ला र प्रदेशका ५९ जना प्रतिनिधिहरु सहभागी हुनेछन्।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]