राशिद खान र मुजिबको बलिङ्गमा अफगानिस्तानको बिशाल जित

  • विकेटनेपाल – ७ भदौ, बिहिवार

आयरल्याण्ड बिरुद्धको ३ खेलको ट्वान्टी-२० शृंखला पाहुना टोलि अफगानिस्तानले एक खेल अगावै आफ्नो नाम गरेको छ। ब्रेडी क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा अफगानिस्तानले आयरल्याण्डमाथि ८१ रनको बिशाल जित दर्ता गरेको हो। जितसंगै ३ खेलको सिरिज २-० ले अफगानिस्तानले आफ्नो पक्षमा पारेको छ।

टस जितेर ब्याटिंगगर्ने निर्णय लिएपछि मैदान उत्रिएको अफघान टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउंदै १६० रन जोडेको थियो। उसका हज्रतुलाह जजाईले सर्वाधिक ८२ रनको इनिंग खेले। यस्तै कप्तान अस्घर स्टानिक्जाईले व्यक्तिगत ३७ तथा नाजिबुल्लाह जद्रानले व्यक्तिगत २० रनको योगदान गरेका थिए।

लगातार दुई खेलमा अर्ध-शतक बनाउने क्रममा जजाईले ५४ बलको सामना गर्दै ८२ रन जोडेका थिए। डक्रेलको बलमा सिमि सिंहबाट समातिन अघि उनले ६ चौका र ७ छक्का प्राहार गरे। यसअघि सम्पन्न सिरिजको पहिलो खेलमा समेत उनले अर्ध-शतकीय पारि खेलेका थिए। यस्तै कप्तान स्टानिक्जाईले ३४ बलमा ३७ तथा नाजिबुल्लाह जद्रानले मात्र १० बलमा २० रन जोड्न भ्याए।

आयरल्याण्डको बलिंगमा पिटर चेजले सर्वाधिक ३ विकेट चट्काएका थिए। यस्तै बोय्ड र्यान्किनको नाममा भने २ विकेट रह्यो।

राशिद र मुजिबको बलिङ्गमा आयरल्याण्ड निरिह  

जवाफमा १६१ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको आइरिस टोलि १५ ओभर ब्याटिंग गर्दै मात्र ७९ रनमा समेटिन पुग्यो। आयरल्याण्डको चेजमा विलियम पोर्टरफिल्डले सर्वाधिक ३३ रन जोडेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन। यस्तै कप्तान ग्यारी विल्सनले २२ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।

घरेलु टोलीको ब्याटिंगलाई घुंडा टेकाउन मुजिब उर् रहमान र राशिद खानको स्पिन जोडी प्रभावकारी बन्यो। मात्र ३ ओभरको स्पेलमा राशिदले १७ रन खर्चिएर ४ विकेट हात पारे। यस्तै आफ्नो ४ ओभरको स्पेलमा मुजिबले १७ रन खर्चिएर ३ विकेट लिए। स्पिन जोडीले गरेको ७ ओभरमा आयरल्याण्डले ३४ रन लिंदा ७ विकेट गुमाउन पुग्यो। सिरिजको अन्तिम खेल अगष्ट २४ तारिकमा हुनेछ। टि-२० शृंखलापछि दुई टोलिबीच ३ वटा खेलको एक दिवसीय शृंखला संचालन हुनेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]