CPL : स्यान्टनर र राशिद खानले अलराउण्ड प्रदर्शनमा बार्बेडोसको जित

करेबियन प्रिमियर लिग ( सिपिएल टि-२० ) अन्तर्गत बुधबार बिहान सम्पन्न दोश्रो खेलमा डिफेन्डिङ च्याम्पीयन बार्बेडोस ट्राइडेन्टसले सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सलाई ६ रनले पराजित गरेको छ। लिगको उद्घाटन खेलमा काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्सले गायना अमेजन वारियर्सलाई ४ विकेटले पराजित गरेको थियो। 

स्यान्टनर र राशिदको उत्कृस्ट बलिंग 

ब्रायन लारा क्रिकेट एकेडेमी स्टेडियम ट्रिनिडाड एण्ड टोबागोमा सम्पन्न खेलमा जेसन होल्डर कप्तानीको टिम बार्बेडोसले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा सेन्ट किट्सले २० ओभरमा ५ विकेट गुमाएर १४७ रन बनाउन सकेको हो।

लक्ष्य पछ्याउने क्रममा एक समय सेन्ट किट्स राम्रो अवस्थामा रहेको थियो। १७ ओभरमा १२३/३ को अवस्थामा १८ बलमा जित्न ३१ रन आवस्यक थियो। १८ औं ओभरमा बलिंग गर्न आएका राशिद खानले उत्कृस्ट बलिंग गर्दै ओभरको दोश्रो बलमा १३ रन बनाएका दिनेश रामदिन र तेश्रो बलमा जमार ह्यामिल्टनलाई खाता नखोल्दै बोल्ड गरेपछि बार्बेडोस खेलमा फर्किएको थियो।

Mitchell Santner (L) and Rashid Khan (R) of Barbados Tridents

राशिदको उक्त ओभर पछि २ ओभरमा २८ रन आवस्यक रहेको थियो। तर १९ औं ओभरमा रेमन रेफरले मात्र ८ रन खर्चिएपछि अन्तिम ओभरमा जित्न २० रन आवस्यक रह्यो। २० औं ओभरमा कायल मेयरले १३ रन मात्र खर्चेर जित सुनिस्चित गरे।

यस अघि बयान हाते स्पिनर मिचेल स्यान्टनरले ओपनर क्रिस लिन ( १९ ) र बेन डंक ( ३४ ) को महत्वपूर्ण विकेट लिएका थिए।

स्यान्टनरले २ विकेट लिन ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र १८ रन खर्चिए। लेग स्पिनर राशिदले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए।

सेन्ट किट्सको लागि जोशुवा दा सिल्भाले अविजित ४१ रन ( ४१ बलमा ३ चौका ) बनाएता पनि टिमलाई जित दिलाउन सकेनन्। सोहेल तन्भिरले अविजित १६ रन बनाए।

बार्बेडोसको ब्याटिंग 

टस हारेर ब्याटिंग गरेको बार्बेडोसले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो। उसको लागि कप्तान जेसन होल्डरले सर्वाधिक ३८, कायल मेयर्सले ३७, राशिद खानले अविजित २६ तथा मिचेल स्यान्टनरले २० रन योगदान दिए।

अत्यन्त खराब सुरुवात गरेको बार्बेडोसले पहिलो ३ विकेट ८ रनमै गुमाएको थियो। शेल्डन कटरेलले दोश्रो ओभरमा जोनाथन चार्ल्स र कोरे एण्डरसनको विकेट लिएका थिए।

चौथो विकेटको लागि कायल मेयर्स र जेसन होल्डरले ६१ रनको साझेदारी गरे। मेयर्सलाई आठौँ ओभरमा रायद इम्रितले पेभेलियन फर्काएपछि बार्बेडोसले लगातार विकेट गुमायो। तल्लो क्रममा स्यान्टनरले २० तथा दशौँ नम्बरमा ब्याटिंग गरेका राशिद खानले अविजित २६ रन बनाउदै टिमलाई १५० पार गराए। राशिदले २० बलमा २ चौका र १ छक्का प्रहार गरे। राशिदले दशौँ विकेटको लागि हेडन वाल्ससंग ( ४ रन ) अविजित २५ रनको साझेदारी गरेका थिए।

सेन्ट किट्सको बलिंगमा सोहेल तन्भिर, शेल्डन कटरेल र कप्तान रायद इम्रितले समान २ विकेट लिएका थिए। अल्जारी जोसेफ र इश सोढ़ीले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच अलराउण्ड योगदान दिएका किवी खेलाडी मिचेल स्यान्टनर घोषित भए।

आजको खेल 

लिग अन्तर्गत आज नेपाली स्पिनर सन्दिप लामिछानेको टिम जमैका तलावाजले सेन्ट लुसिया जुक्सको सामना गर्नेछ। खेल नेपाली समय राति ७:४५ बजे सुरु हुनेछ। दोश्रो खेलमा भोलि बिहान ३:१५ बजे गायना अमेजन वारियर्स र सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सले प्रतिस्पर्धा गर्नेछन्।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/cpl-t20-m-1-report-wn20/

https://wicketnepal.com/cpl-t20-jamaica-team-prev-wn20/

https://wicketnepal.com/ipl-5-player-to-debut-wn20/

https://wicketnepal.com/20-records-by-kohli-12th-year-wn20/

https://wicketnepal.com/cpl-t20-2020-from-tom-all-det-wn20/

https://wicketnepal.com/10-ind-cric-farwell-match-wn20/





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]