ब्याटिंग-बलिङ्ग दुवैमा राशिद चम्किदा अफगानिस्तानको शानदार जित : एसिया कप

  • विकेटनेपाल, असोज ५ 

एसीय कप क्रिकेट २०१८ अन्तर्गत बिहिबार सम्पन्न खेलमा अफगानिस्तानले बंगलादेशलाई १३६ रनले पराजित गरेको छ। राशिद खानले आफ्नो जन्मदिनको दिन अलराउण्ड प्रदर्शन गर्दा अफगानिस्तानले सहज जित दर्ता गरेको हो।

जितसंगै अफगानिस्तान समुह ‘बि’ को बिजेता बन्दै सुपर-४ चरण प्रवेश गरेको छ। उपविजेता बनेको बंगलादेश समेत सुपर-४ मा प्रवेश गर्दा श्रीलंका भने समुह चरणबाट घर फर्किएको हो।

टस जितेर पहिले ब्याटिंग गर्दै अफगानिस्तानले दिएको २५६ रनको लक्ष्यको पछ्याउन उत्रिएको बंगलादेशले ४२.१ ओभरमा मात्र ११९ रन जोड्दा अलआउट हुन पुग्यो। बंगलादेशको इनिंगमा शकिब अल हसनले सर्वाधिक ३२, महाम्दुल्लाहले २७ तथा मोसाद्दिक हुसेनले २६ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

मुख्य खेलाडीहरु तमिम इक्बाल र मुश्फिकुर रहिम बिनानै मैदान उत्रिएको बंगलादेशले अफगानिस्तानको धारिलो बलिंगको सामना गर्न नसक्दा १३६ रनको बिशाल हार बेहोर्नु पर्यो।

अफगानिस्तानको बलिंगतर्फ बर्थडे बोई राशिद खान तथा मुजिब उर् रहमान र गुल्बद्दीन नैबले समान २-२ विकेट हात पारे। यस्तै अफ्ताब आलम, मोहम्मद नाबी र रहमत साहको नाममा समान १-१ विकेट रह्यो।

ब्याटिंगतर्फ बिष्फोटक अर्ध-शतक बनाएका तथा बलिंगतर्फ २ विकेट लिएका रशिद खेलको म्यान अफ दि म्याच घोषित भए।

राशिदको आक्रामक इनिंग 

यस अघि अफगानिस्तानले टस जितेर ब्याटिंग गर्दै बंगलादेशलाई २५६ रनको लक्ष्य दिएको थियो। पुरै ५० ओभर ब्याटिंग गर्दै अफगानिस्तानले ७ विकेट गुमाएर उक्त योगफल तयार गरेको थियो।

शेख जायद स्टेडियममा टस जितेर ब्याटिंग रोजेको अफगानिस्तानको सुरुवात राम्रो हुन सकेको थिएन। ओपनर इह्सानउल्लाह ८ तथा रहमत शाह १० रन बनाएर आउट हुँदा छैठौं ओभरमा २८/२ को अवस्थामा पुगेको अफगानिस्तानलाई त्यसपछि ओपनर मोहम्मद शहजाद र हस्मतुल्लाह शहिदिले अर्धशतकीय साझेदारी गर्दै अघि बढाए।

 

 

तेश्रो विकेटको साझेदारी ५१ रन पुग्दा शहजाद ३७ रन बनाएर आउट भएका थिए। अर्धशतक पुरा गर्दै ५८ रन बनाएर शहिदि पनि आउट भए जसले ९२ बलमा ३ चौका प्रहार गरे। कप्तान अस्घर ८ तथा समिउल्लाह शेनवारि १८ रन तथा मोहम्मद नाबी १० रन बनाएर आउट हुँदा २०० भन्दा कम रनमा सम्भावना देखिएको थियो।

१६०/७ को योगफलमा पुगेको अफगानिस्तानलाई आठौँ विकेटको लागि गुल्बदीन नैब र राशिद खानले अविजित ९५ रनको साझेदारी गर्दै योगफल २५५ रन पुर्याएका थिए। ९.१ ओभर ब्याटिंग गर्ने क्रममा गुल्बदीन र राशिदले १०.४ प्रतिओभर रन बटुल्दै अफगानिस्तानको स्कोर २५० पार गराए।

बर्थ-डे ब्वाई समेत रहेका राशिदले अविजित ५७ रन तथा नैबले अविजित ४२ रन बनाए। रासिदले मात्र ३२ बलमा १ छक्का र ८ चौका तथा नैबले ३८ बलमा ५ चौका प्रहार गरे। अन्तिम ओभरको पाँचौ बलमा चौका प्रहार गर्दै राशिदले एकदिवसीय अन्तरास्ट्रिय क्रिकेटमा तेश्रो अर्धशतक पुरा गरेका थिए।

अफगानिस्तान बलर शाकिब अल हसनले सर्वाधिक ४ विकेट तथा डेब्यु गरिरहेका बलर अबु हैदरले २ विकेट हात पारे। हसनले १० ओभरमा ४२ रन तथा हैदरले ९ ओभरमा ५० रन खर्चिए।





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]