स्टार लेग स्पिनर राशिद खानलाई मंगलबार अफगानिस्तानको टि-ट्वान्टी फर्म्याटको कप्तान नियुक्त गरिएको छ।
अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा आयोजना हुने टि-ट्वान्टी विश्वकपलाई मध्यनजर राखेर अफगानिस्तान क्रिकेट बोर्डले राशिदलाई कप्तान नियुक्त गरेको हो। देब्रे हाते ब्याट्सम्यान नजिबुल्लाह जद्रानलाई उपकप्तान नियुक्त गरिएको छ।
“अलराउण्डर राशिद खानलाई टिम अफगानिस्तानको टि-२० अन्तर्राष्ट्रियको लागि कप्तान नियुक्त गरिएको छ।” अफगानिस्तान क्रिकेट बोर्डले बिज्ञप्ति जारि गर्दै घोषणा गरेको छ।
“राशिद विश्व क्रिकेटमै चर्चित नाम हो जसको अनुभव, उत्कृस्ट प्रदर्शन र नेतृत्व क्षमताका कारण कप्तान नियुक्त गरेका हौँ।” बोर्डले बताएको छ।
All-rounder @rashidkhan_19 has been appointed the T20I captain & @iamnajibzadran as V-captain. Rashid, one of the well-known global faces of the game, was selected by senior ACB leadership led by ACB Chairman @Farhan_YusEfzai
More: https://t.co/cmIU8G4C02 pic.twitter.com/s1WsoKva6m
— Afghanistan Cricket Board (@ACBofficials) July 6, 2021
टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा राशिद बलिंगमा दोश्रो नम्बरमा रहेका छन्। राशिदले कप्तान नियुक्त भएकोमा बोर्डलाई धन्यवाद व्यक्त गरेका छन् –
“म विश्वास गर्छु कप्तान त्यति राम्रो हुन्छ जति उसको टिम हुन्छ। अफगानिस्तानले मलाई राशिद खान नाम र देशलाई प्रतिनिधित्व गर्ने मौका दिएको हो। धन्यवाद अफगानिस्तान क्रिकेट बोर्ड मलाई विश्वास गरेकोमा। समर्थकहरुको साथ मेरो यात्रामा महत्वपूर्ण हुनेछ।” राशिदले ट्वीट गरेका छन्।
I’m a great believer that a captain is as good as his team. It is Afghanistan 🇦🇫 that gave me the name RASHID KHAN & it is my duty now to serve my country & my team. Thank you @ACBofficials for the trust & believing in me. It is a dream journey & my fans support will be the key.
— Rashid Khan (@rashidkhan_19) July 6, 2021
रोचक त के छ भने यस अघि राशिदले अफगानिस्तानको टि-२० टिमको कप्तानी गर्न अस्विकार गर्दै आएका थिए। उनले त्यसको पछाडी कप्तान भन्दा आफु खेलाडीको रुपमा बढी योगदान दिन सक्ने बताएका थिए।
यस अघि २ वर्ष अघि २०१९ मा राशिदलाई सबै फर्म्याटमा अफगानिस्तानको कप्तान नियुक्त गरिएको थियो। वेस्टइन्डिजसंग टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा हार पछि उनलाई अस्घर अफ्गानले प्रतिस्थापन गरेका थिए। जिम्बाब्वे बिरुद्ध मार्चमा सम्पन्न तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अफगानिस्तानले ३-० ले जित्दा अफ्गानले टिमको कप्तानी गरेका थिए। अफ्गाननै टेस्ट र एकदिवसीय फर्म्याटमा कप्तान रहेका छन्।
२३ वर्षीय राशिदले अफगानिस्तानको लागि ५ वटा टेस्ट, ७४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र ५१ टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन् जुन क्रममा ३४, १४० र ९५ विकेट आफ्नो नाम गरेका छन्।
२०२१ टि-२० विश्वकपमा अफगानिस्तान भारत, इंग्ल्यान्ड र दक्षिण अफ्रीका रहेको समुह ‘बि’ मा रहेको छ। समुहको बाँकी दुई टिमको चयन टि-२० विश्वकपको पहिलो चरणको खेलबाट हुनेछ।
टि-२० विश्वकप २०२१ कोरोना महामारीका कारण भारत भर्खरै भारतबाट युएईमा सारिएको हो।
