अफगानिस्तानको सिरिज जितमा रासिदको उत्कृस्ट बलिङ्ग

  • विकेटनेपाल,भदौ – १५ 

अन्तिम एकदिवसीयमा ८ विकेटको शानदार जित निकाल्दै अफगानिस्तानले ३ एकदिवसीयको सिरिजमा आयरल्याण्डलाई २-१ ले पराजित गरेको छ।

सिरिज १-१ ले बराबरी भएको अवस्थामा टस जितेर ब्याटिंग गरेको आयरल्याण्डले ३६.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२४ रन मात्रै बनाउन सक्यो। ग्यारी विल्सनले बनाएको २३ रननै घरेलु टिमको लागि सर्वाधिक रन बन्न पुग्यो।

अफगानिस्तानको लागि रासिद खानले सर्वाधिक ३ विकेट लिन ८ ओभरमा २ मेडन ओभर सहित मात्र १८ रन खर्चिए। अफताब आलम, गुल्बदीन नैब र मोहम्मद नाबीले समान २/२ विकेट हात पारे।

१२५ रनको लक्ष्य अफगानिस्तानले २३.५ ओभरमा पुरा गर्यो। इन्शाउल्लाह जनतले अविजित ५७ रन तथा हश्मतुल्लाह शहिदिले अविजित ३४ रन बनाउदै जित सहज बनाए। रहमत शाहले पनि ३३ रन योगदान दिए।

यस अघि पहिलो एकदिवसीयमा अफगानिस्तानले २९ रनको जित निकालेको थियो भने दोश्रो एकदिवसीयमा आयरल्याण्ड ३ विकेटले बिजयी भएको थियो। यस अघि सम्पन्न ३ टि-२० को शृंखला पनि अफगानिस्तानले २-० ले आफ्नो पक्षमा पारेको थियो।

३ खेलमा १२ को औशतले ८ विकेट लिएका राशिद खान सिरिजको उत्कृस्ट खेलाडी चुनिए।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy