अफगानिस्तानको सिरिज जितमा रासिदको उत्कृस्ट बलिङ्ग

  • विकेटनेपाल,भदौ – १५ 

अन्तिम एकदिवसीयमा ८ विकेटको शानदार जित निकाल्दै अफगानिस्तानले ३ एकदिवसीयको सिरिजमा आयरल्याण्डलाई २-१ ले पराजित गरेको छ।

सिरिज १-१ ले बराबरी भएको अवस्थामा टस जितेर ब्याटिंग गरेको आयरल्याण्डले ३६.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२४ रन मात्रै बनाउन सक्यो। ग्यारी विल्सनले बनाएको २३ रननै घरेलु टिमको लागि सर्वाधिक रन बन्न पुग्यो।

अफगानिस्तानको लागि रासिद खानले सर्वाधिक ३ विकेट लिन ८ ओभरमा २ मेडन ओभर सहित मात्र १८ रन खर्चिए। अफताब आलम, गुल्बदीन नैब र मोहम्मद नाबीले समान २/२ विकेट हात पारे।

१२५ रनको लक्ष्य अफगानिस्तानले २३.५ ओभरमा पुरा गर्यो। इन्शाउल्लाह जनतले अविजित ५७ रन तथा हश्मतुल्लाह शहिदिले अविजित ३४ रन बनाउदै जित सहज बनाए। रहमत शाहले पनि ३३ रन योगदान दिए।

यस अघि पहिलो एकदिवसीयमा अफगानिस्तानले २९ रनको जित निकालेको थियो भने दोश्रो एकदिवसीयमा आयरल्याण्ड ३ विकेटले बिजयी भएको थियो। यस अघि सम्पन्न ३ टि-२० को शृंखला पनि अफगानिस्तानले २-० ले आफ्नो पक्षमा पारेको थियो।

३ खेलमा १२ को औशतले ८ विकेट लिएका राशिद खान सिरिजको उत्कृस्ट खेलाडी चुनिए।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]