नैबलाई हटाउदै राशिद खान अफगानिस्तानको सबै फर्म्याटको कप्तान नियुक्त

स्टार अफगानिस्तान लेग स्पिनर राशिद खानलाई अफगानिस्तान क्रिकेट बोर्डले ( एसीबि ) सबै फर्म्याटको कप्तान नियुक्त गरेको छ।

बोर्डले शुक्रबार राशिदलाई कप्तान नियुक्त गर्दै अस्घर अफ्गानलाई उप-कप्तान घोषित गरेको छ। अफ्गानलाई विश्वकप अघि कप्तान बाट हटाईएको थियो।

विश्वकप अघि अस्गरलाई कप्तानीबाट हटाएर बोर्डले गुल्बदीन नैबलाई एकदिवसीय, राशिद खानलाई टि-२० र रहमत शाहलाई टेस्टको कप्तानी दिएको थियो। विश्वकप अघिको उथलपुथललाई जारि राख्दै एसीबिले सबै फर्म्याटको कप्तान राशिदलाई बनाएको हो।

२०१९ विश्वकपमा अफगानिस्तानले अस्चार्यजनक नतिजा ल्याउने विश्वास गरिएपनि उसले सबै ९ वटा खेलमा हार बेहोर्दै अंकतलिकाको पुछारमा रहेको थियो। त्यस क्रममा कप्तान नैबको प्रदर्शन पनि खास रहेको थिएन। उनले ९ खेलमा ९ विकेट लिने क्रममा ६.३९ प्रतिओभर रन खर्चिएका थिए भए २१.५ को औशतले १९४ रन बनाएका थिए। यस्तै रणनीतिक रुपमा पनि नैब कमजोर  देखिएका थिए।

Gulbadin Naib

नैब अघि कप्तान रहेका अफ्गानको नेतृत्वमा अफगानिस्तानले एकदिवसीय अन्तर्राष्ट्रियमा ३१ जित र ४६ टि-२० खेल्दा ३७ जित हाँसिल गरेको थियो। यस्तै आयरल्याण्ड बिरुद्ध पहिलो टेस्ट जितमा समेत उनले नेतृत्व गरेका थिए। सन् २००९ देखि अफ्गान नियमित रुपमा टिमको सदस्य रहेका छन् र एकदिवसीयमा २०१३ र टि-२० मा १०५६ रन बनाएका छन्।

विश्वकप अघि अफ्गानलाई कप्तान हटाऊदा टिमका सिनियर खेलाडीहरुले बोर्डको निर्णयको बिरोध गर्दै ट्वीट समेत गरेका थिए।

अफगानिस्तानको विश्वकप यात्रा विवादले भरिपूर्ण रहंदा अफ्गानलाई केहि खेलमा अन्तिम-११ मा समेत मौका दिईएको थिएन। यस्तै मोहम्मद शहजादलाई फिट नभएको आरोपमा विवादास्पद तरिकाले विश्वकपबाट घर फर्काइएको थियो। टिमबाट बाहिरिएपछि शहजादले आफु फिट रहेको र आफूमाथि अन्याय भएको बताएका थिए। यस्तै अफ्ताब आलमलाई अनुशासनको कारबाही गर्दै बीचमा घर पठाईएको थियो।

Asghar Afghan

राशिद खानले बंगलादेशसंग आगामी सेप्टेम्बरमा खेलिने एक टेस्टमा र लगत्तै बंगलादेश र जिम्बाबे सम्मेलित त्रिकोणात्मक सिरिजमा समेत कप्तानी गर्नेछन्।  त्यसपछि भारतमा नोभेम्बर-५ देखि डिसेम्बर १ सम्म वेस्ट इन्डिजसंग ३ टि-२०, ३ एकदिवसीय र एउटा टेस्ट सिरिज खेल्ने तालिका समेत रहेको छ।

राशिदले अस्गर अफ्गान घाइते हुँदा गत वर्ष जिम्बाबेमा सम्पन्न एकदिवसीय विश्वकप छनौट प्रतियोगितामा टिमको कप्तानी गरेका थिए।

२०१९ विश्वकपमा राशिद खानको प्रदर्शन पनि राम्रो हुन सकेको थिएन। ९ खेलमा उनले मात्र ६ विकेट लिन सके भने इंग्ल्याण्डसंगको एकै खेलमा विकेट विहिन रहँदै ११० रन खर्चेका थिए।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]