स्वर्गीय आमालाई राशिदले सम्झिए – “जब म्यान अफ द म्याच हुन्थे वहाँ सधै मसंग राति कुरा गर्नुहुन्थ्यो”

लेग स्पिनर राशिद खान मंगलबार दिल्ली क्यापिटल्स बिरुद्ध सनराइजर्स हैदरावादको १५ रनको जितमा नायक बने। लिगको ११ औं खेलमा डेभिड वार्नर कप्तानीको टिमले तेश्रो खेल खेल्दा पहिलो जित दर्ता गर्यो। १६३ रन को योगफललाई रक्षा गर्ने क्रममा अफगानिस्तानका खेलाडीले ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए। त्यस क्रममा उनले शिखर धवन, श्रेयस ऐयर र रिशभ पन्तको महत्वपूर्ण विकेट लिए।

राशिद आफ्नो सोहि प्रदर्शनको बलमा प्लेयर अफ द म्याच घोषित भए। घोषित भएपछि अन्तर्वार्ताको क्रममा राशिदले आफुलाई खेलको दौरान कप्तान वार्नरसंगको कुरा सम्झिए –

“वार्नर मलाई सधै हौसला दिन्छन् र बताएका थिए कि तिमिलाई थाहा छ टिमको लागि के गर्दा सबैभन्दा राम्रो हुन्छ। हामीले मैदानमा त्यही कुरा गरेका थियौं। मैले भने अनुसार कुराहरु भएन भने मात्रै म कप्तानलाई के गर्ने भनेर सोध्ने गर्छु।”

“मैले आफुलाई प्रभावशाली प्रदर्शन गर्नुपर्छ भन्ने दबाब दिईन।आफुलाई शान्त, व्यवस्थित र केन्द्रित राखे।”

“मैले मात्र आफ्नो मूल कुरा सहि राखे। मैले आज तेज गतिमा बलिंग गरे। जब मैले बलिंग सुरुवात गरे मैले महसुस गरे। २-३ बलमा तपाईलाई कहाँ बल फाल्ने थाहा हुन्छ। यस्तो परिस्थितिमा तपाईले ब्याट्सम्यानलाई पछाडीको लेन्थमा बल फाल्नु पर्छ।” आईसीसी टी-२० वरियतामा नम्बर-१ बलर खानले बताए।

पहिलो खेलमा बैंगलोर बिरुद्ध विकेटविहिन रहेका राशिदले त्यसपछि कोलकातासंग २५ रन खर्चेर १ विकेट लिएका थिए। उनले सहि समयमा ३ विकेट दिलाएका हुन्। लेग स्पिनरले आफु पछिल्लो डेढ वर्ष पिंडामा गुज्रीएको बताउदै आफ्नो स्वर्गीय आमा र बाबालाई सम्झिए –

“मेरो लागि डेढ वर्ष निकै मुस्किल थियो, पहिलो मेरो बाबा बित्नु भयो। त्यसपछि ३-४ महिना अघि मेरो आमा पनि बित्नु भयो। त्यसबाट फिर्ता आउन मलाई केहि समय लाग्यो। म मेरो म्यान अफ द म्याच दुवैलाई समर्पित गर्न चाहन्छु।”

“मेरो आमा मेरो सबैभन्दा ठूलो फ्यान हुनुहुन्थ्यो, अझ विशेषगरि आईपीएलको। वहाँ सबै खेल हेर्नु हुन्थ्यो र मैले लिएको विकेटमा रमाउनु हुन्थ्यो। जब पनि म म्यान अफ द म्याच हुन्थे वहाँ सधै मसंग राति कुरा गर्नु हुन्थ्यो र मैले यो गरे त्यो गरे भन्नु हुन्थ्यो। त्यो कुरा म निकै सम्झीरहेको छु। वहाँहरुको प्रार्थना र सुखद सम्झनाहरु म संग सधैं हुनेछ।” राशिदले सम्झिए।

शेख जायद स्टेडियम, अबुधाबीमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै हैदरावादले दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले पुरै ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो। आईपीएलमा यस अघि लगातार ५ खेलमा हार बेहोरेको हैदरावादले हारको खडेरी समाप्त गरेको छ।

मंगलबार खेल जितेपछि हैदरावाद अंकतालिकामा पुछारबाट २ स्थान माथि उक्लने क्रममा छैठौं स्थानमा उक्लेको छ। हैदरावादले लिगमा आगामी खेल अक्टोबर २ ( शुक्रबार ) चेन्नाईसंग खेल्नेछ।

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड 

राशिद चम्किदा हैदरावादको पहिलो जित, दिल्लीको पहिलो हार

दिल्लीले सन्दिपलाई मौका नदिदा नेपाली फ्यानहरुले बनाए यस्ता ट्रोल

“मात्र ६ बलको कुरा थियो, उनि ( इशान किशन ) ब्याटिंग गर्न जानुपर्थ्यो” – गावस्कर

पोलार्ड, इशान, एबि, फिंच, पडीक्कल छोडेर भारतीय प्रशिक्षक शास्त्रीले किन गरे युवा बलरको तारिफ





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]