रसिद र मोर्गनको प्रदर्शनमा इंग्ल्याण्डको लगातार जित

  • विकेटनेपाल, कार्तिक १ 

श्रीलंका भ्रमण अन्तर्गत इंग्ल्याण्डले तेश्रो एकदिवसीयमा घरेलु टोलिलाई ७ विकेटले पराजित गरेको छ।

जितसंगै ५ एकदिवसीयको सिरिजमा इंग्ल्याण्ड २-० ले अघि बढेको छ। पहिलो एकदिवसीय वर्षाको कारण सम्भब भएको थिएन भने दोश्रो एकदिवसीय इंग्ल्याण्डले ३१ रनले ( डीएलएस मेथड ) ले जितेको थियो।

वर्षाको कारण २१ ओभर प्रति इनिंगमा झारिएको खेलमा टस जितेर इंग्ल्याण्डले बलिङ्ग रोजेको थियो। श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १५० रन बनाउन सक्यो। इनिंगमा ओपनरद्वय निरोशन डिकवेला र सदिरा समराबिक्रमाले क्रमसः ३६ र ३५ रन योगदान दिए। कप्तान दिनेश चण्डीमालले ३४ र डासुन सनाकाले २१ रन बनाउनु बाहेक अन्य श्रीलंकन ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

इंग्ल्याण्ड लेग स्पिनर आदील रशिदले सर्वाधिक ४ विकेट ( ५-०-३६-४ ) तथा टम कुरानले ३ विकेट ( ४-०-१७-३ ) हात पारे।

इंग्ल्याण्डको ब्याटिंग 

१५१ रनको लक्ष्य पछ्याउन इंग्ल्याण्डले ३ विकेट गुमाएर १८.३ ओभरमै पुरा गर्यो।

सुरुवाती २ विकेट ३४ रनको योगफलमै गुमाएको भ्रमण टोलिको लागि जेसन रोय र आएन मोर्गनले तेश्रो विकेटको लागि ४६ रनको साझेदारी गरे। रोय ४१ रन बनाएर आउट भए पछि कप्तान मोर्गनले बेन स्टोक्ससंग चौथो विकेटको लागि ७३ रनको साझेदारी गर्दै सहज जित दिलाए।

मोर्गन ५८ ( ४९ बल, ७ चौका ) तथा स्टोक्स ३५ रन ( २४ बल, १ चौका र २ छक्का ) बनाएर अविजित रहे। श्रीलंकन बलर अमिला अपोन्सोले २ विकेट तथा अकिला दनन्जयले १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच आदील रशिद चुनिए।

सिरिज अन्तर्गत चौथो एकदिवसीय अक्टोबर २० तथा पाँचौ एकदिवसी अक्टोबर २३ तारिकमा खेलिनेछ। एकदिवसीय सिरिज पछि अक्टोबर २७ मा एउटा टि-२० र त्यसपछि ३ वटा टेस्ट सिरिज अक्टोबर ३० देखि सुरु हुने तालिका रहेको छ।

( फोटोहरु – आईसीसी )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy