“अफगानीस्तानले विश्वकप जितेपछि बिहे गर्छु” राशिद खान

अफगानिस्तानका विश्व चर्चित लेग स्पिनर राशिद खानले आफ्नो देशले विश्वकप जितेपछि पछि मात्र विवाह गर्ने बताएका छन्।

२१ वर्षिय राशिदले स्थानीय अजादी रेडियोसँगको कुराकानीको क्रममा अफगानिस्तानले आइसिसी विस्वोकप एक पटक जितेपछी आफुले विवाह गर्ने बताएका हुन् ।

“अफगानिस्तानले क्रिकेट विश्वकप जितेपछि मात्र म विवाह गर्नेछु” टि-२० अन्तर्राष्ट्रिय वरियतामा शिर्ष स्थानमा रहेका खानले बताए।

व्यक्तिगत रुपमा उत्कृस्ट बलर भएता पनि अफगानिस्तान भने विश्वकप जस्तो ठुलो प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गर्न बारम्बार चुक्ने गरेको छ। त्यसैले राशिदले विश्वकप पछि विवाह गर्ने कुरा संकल्प बताए पनि व्यवहारिक रुपमा भने छिट्टै पुरा हुन मुस्किल देखिन्छ।

विश्वकपमा अफगानिस्तानको रेकर्ड हालसम्म राम्रो छैन त्यसैले राशिदले विश्वकप पछि विवाह गर्ने कुरा संकल्प बताए पनि व्यवहारिक रुपमा भने छिट्टै पुरा हुन मुस्किल देखिन्छ।

सन् २०१५ र २०१९ को एकदिवसीय विश्वकपमा सहभागीता जनाएता पनि अफगानिस्तान पहिलो चरणबाटै बाहिरिएको थियो। सन् २०१० देखि टि-२० विश्वकपमा सहभागिता जनाएता पनि अफगानिस्तानले समुह चरण पार गर्न सकेको छैन।

अफगानिस्तान टिमका उपकप्तान समेत रहेका राशिद खान एक सफल लेग स्पिनर हुन्। सन् २०१५ मा अफगानिस्तानको लागि एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका राशिदले अहिले सम्मको सफल करियरमा कहिले पछाडी फर्केर हेर्नु परेको छैन। राशिद अफगानिस्तानको लागि टेस्टमा कप्तानी गर्ने विश्वकै कान्छो उमेरका खेलाडी हुन् जसले २० वर्ष ३५२ दिनको उमेरमा बंगलादेश बिरुद्ध २०१९ मा कप्तानी गरेका थिए।

राशिदले हालसम्म अफगानिस्तानको लागि ४ टेस्ट, ७१ एकदिवसीय अन्तर्राष्ट्रिय र ४८ टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन् जसमा क्रमशः २३, १३३ र ८९ विकेट आफ्नो नाम गरेका छन्।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]