स्थानीय क्रिकेटरलाई राष्ट्रिय टिमका प्रशिक्षक वाटमोरले प्रशिक्षण दिने

२०७७ चैत्र ९, सोमबार १४:३३

सौरभ यादव, बिराटनगर

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेभ वाटमोरले सातै प्रदेशका स्थानीय क्रिकेटरलाई प्रशिक्षण दिने भएका छन् । क्यानले राष्ट्रिय खेलकुद परिषद (राखेप) सँगको सहकार्यमा सातै प्रदेशमा ’हाइ पर्फमेन्स क्रिकेट क्लिनिक’ को आयोजना गर्ने भएको हो ।

क्यानले मार्च र अप्रिल भित्र सातै प्रदेशमा क्रिकेट क्लिनिक संचालन गरिने जनाएको छ । चार दिने क्रिकेट क्लिनिकमा सहभागीलाई राष्ट्रिय टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरले प्रशिक्षण दिने छन् । क्रिकेट क्लिनिकका लागि सात प्रदेशका प्रशिक्षक स्थानीय खेलाडीहरु छनोट गर्ने छन्।

प्रदेश एकमा आगामी बुधबारदेखि प्रशिक्षण सुरु हुनेछ। प्रशिक्षण विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा हुनेछ । स्थानीय खेलाडीलाई क्रिकेटरमा आकर्षित गर्ने क्लिनिकको लक्ष्य रहेको क्यानको भनाइ छ ।

यस्तै स्थानीय प्रशिक्षकलाई आधुनिक तरिकाबाट सिकाउन क्लिनिकले सहयोग गर्ने क्यानले जनाएको छ।

आइसिसी विश्व क्रिकेट लिग–२ अन्तर्गतका सिरिज स्थगित भएपछि हाल राष्ट्रिय टिमको प्रशिक्षण पनि स्थगित गरिएको छ । त्यसैले वाटमोरको फुर्सदको समयलाई सदुपयोग गर्दै क्यानले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

धेरैले पढेको 

https://wicketnepal.com/rashtriy-crik-parishramik-paune-wn21/

https://wicketnepal.com/lalitpur-mayor-womens-champ-chaitra-21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy